स्वास्थ्य सेवा कार्यालय डोल्पा

स्वास्थ्य सेवा कार्यालय डोल्पा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य सेवा कार्यालय डोल्पा, Government Organization, Surkhet.

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 27/05/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा मिति २०८३ जेष्ठ ११ र १२ गते आधारभूत अौषधीहरूको Quantification तथा Forecasting सम्बन्धि २ दिने कार्यशाला गोष्ठी यस कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा.सिजन रावल ज्यूको अध्यक्षता तथा स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख ,तथ्यांक फोकल पर्सन ज्यूहरूको सक्रिय सहभागीता र FHI 360 कर्णाली प्रदेशका संयोजक श्री प्रविण तिमिल्सेनाको सहजिकरणमा संचालन गरि सम्पन्न गरियो।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 08/05/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा मिति २०८३।बैशाख २५ गते आदर्श मा वी जुफाल र त्रीपुरा मा बी त्रीपुराकोट बिधार्थीहरूलाई एच आई भी सम्बन्धि भेदभाब कम गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 30/04/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजना मिति २०८३।०१।१७ गते एच आई भी सम्बन्धि लान्छना र भेदभाव कम गर्न सरोकारवाला हरूलाई अभिमुखीकरण सम्पन्न गरिएको छ।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 26/04/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजना तथा मुड्केचुला गाउपालिका स्वास्थ्य शाखाको समन्वयमा मिति २०८३।०१।१३ गते कालीकामा पुरूष बन्ध्याकरण तथा लामो अबधिको परिवार योजना ईम्पलान्ट सेवा शिविर सम्पन्न गरिएको छ।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 23/04/2026

स्वास्थ्य सेवा कार्यालय, ड‍ोल्पाक‍ो आय‍ोजनामा यस कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सिजन रावल ज्यूको अध्यक्षतामा मिति२०८३ बैशाख ८ गते देखि १० गतेसम्म स्वास्थ्यकर्मीहरूलाई HMIS/LMIS/eLMIS( PAMSV2 )सम्बन्धि ३ दिने रिफ्रेसर तालिम पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागीतामा संचालन गरि सम्पन्न गरियो।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 19/04/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा मिति २०८३ बैशाख ४ गते देखि ६ गतेसम्म यस कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सिजन रावल ज्यूको अध्यक्षतामा नयाँ नियुक्त भएका, तालिम लिन छुट भएका एवम् प्रणाली डिजिटाईजेसन गर्न HMIS, eHIMS/DHIS2 सम्बन्धि ३ दिने तालिम तथा अभिमुखिकरण कार्यक्रम पालिकाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी तथा डोल्पा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा यस कार्यालयका कार्यक्रम फोकल पर्सनहरूको सहजिकरणमा संचालन गरि सम्पन्न गरियो।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 12/04/2026

स्वास्थ्य सेवा कार्यालय, डोल्पाको आयोजनामा मिति २०८२ चैत्र २८ र २९ गते यस कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सिजन रावल ज्यूको अध्यक्षतामा डोल्पा जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा.अजय प्रसाद पाण्डेय ,MDGP विशेषज्ञ डा.विदुर तिवारी, डेन्टल सर्जन डा.अस्मिता कुमारी भण्डारी, स्थानीय तहका पालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख, तथ्यांक फोकल पर्सन र यस कार्यालयका कार्यक्रम फोकल पर्सन ज्यूहरूको सक्रिय सहभागीतामा "आ.व.२०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय अर्ध वार्षिक समिक्षा" कार्यक्रम संचालन गरि सम्पन्न गरियो।

12/04/2026

नेपाल सरकारको २०८२/१२/२२ गर्नेका निर्णय अनुसार सप्ताहको दुई दिन सनिवार र आईतबार सार्वजनिक विदा हुने जानकारी सम्बन्धमा ।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 03/04/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा मिति २०८२।१२।१६ गते देखि २० गते सम्म छार्काताङसोङ गाउपालिकाका राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका ज्युहरूलाई पुर्नताजगी तालीम सम्पन्न भएको छ ।

Photos from स्वास्थ्य सेवा कार्यालय डोल्पा 's post 02/04/2026

स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा मिति २०८२।१२।१६ गते देखि १८ गते सम्म छार्काताङसोङ गा पा अन्तर्गत मुकोट बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूलाई Clinical onsite coaching mentoring कार्यक्रम सम्पन्न गरिएको छ।

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address


Surkhet
21400