09/03/2026
https://www.facebook.com/share/18Q65EdrZb/
गगनलाई रक्षाको सुझाव: ढिलो विद्रोह गर्नुभयो, अब बीपी र प्रदीप गिरिको कांग्रेस बनाउनुस्
२५ फागुन, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले भर्खरै सम्पन्न आम निर्वाचनमा पराजित नेपाली कांग्रेसका सभा....
06/10/2023
असोज १७, २०८०
प्रेस विज्ञप्ति
बझाङ जिल्लामा हिजो गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नु भएको छ ।
सभापति देउवाले— युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गर्नु भएको छ ।
साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्नु भएको छ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
29/11/2022
प्रतिनिधि सभा सदस्यका विजयी पश्चात प्रमाणपत्र ग्रहण गरेको छु । सदैव तपाईहरुको साथमा रहने प्रण गर्दछु
जय नेपाल !
25/11/2022
स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी
स्याङ्जा – स्याङ्जाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे .....