Galyang

Directions

Galyang OLDEST AND MOST RELIABLE PAGE OF GALYANG BAJAR
हामी सबै गल्याङ्ग बासीको आफ्नै पेज ।

नेपालको फुटबल: नेपाल फुटबल संघका अध्यक्ष, कोषाध्यक्ष, महासचीव र लेखापालले जानीजानी दशरथ रंगशाला अयोग्य बनाएर नेपालमा हुन...
08/10/2026

नेपालको फुटबल: नेपाल फुटबल संघका अध्यक्ष, कोषाध्यक्ष, महासचीव र लेखापालले जानीजानी दशरथ रंगशाला अयोग्य बनाएर नेपालमा हुनुपर्ने खेल बहराइनमा सारेको CIB ले निष्कर्ष निकालेको छ, भने तीन वर्षमा मात्रै १५ करोड बराबरको खेलकुद सामग्रीमा अनियमितता समेत भएको पाइएको छ।

अक्टोबर ७ — एउटा कालो दिनहमासको ७ अक्टोबर २०२३ को आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। त्यस घटनापछि नेपाली व...
08/10/2026

अक्टोबर ७ — एउटा कालो दिन
हमासको ७ अक्टोबर २०२३ को आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। त्यस घटनापछि नेपाली विद्यार्थी विपिन जोशी पनि बन्धक बनाइएका थिए र उनको निधनको औपचारिक पुष्टि २०२५ मा भयो।

आज अक्टोबर ७, २०२६ — त्यो त्रासदीको तीन वर्ष पूरा भएको छ।
कति क्रूर हुन सक्छ मानिस?
र अझ पीडादायी कुरा—हामी मानिसहरू यस्ता गहिरा घाउहरू पनि कति छिटो बिर्सिदिन्छौँ।

08/10/2026

लौ, लोभलाग्दो भिडियो ❤️🏏

रम्भा–१ असर्दीमा स्थानीय खेलकुदप्रेमी तथा स्थानीय तहको पहलमा बन्दै गरेको स्तरीय क्रिकेट मैदान।

हाम्रो गल्याङमा खेलाडीको प्रतिभा र सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा प्रतियोगिता आयोजना गर्न असर्दीकै मैदानमा भर पर्नुपर्ने अवस्था छ।

असर्दीमा निर्माण हुँदै गरेको यो मैदान त्यसको एउटा राम्रो उदाहरण हो। खेलाडीका लागि आवश्यक आधारभूत पूर्वाधार निर्माणमा योगदान गर्नुहुने सम्पूर्ण सरोकारवालालाई हार्दिक धन्यवाद।
विश्वास गरौँ—यो मैदानले भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने एउटा बलियो आधार बनोस्।

08/10/2026

आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल २०२६ कै दौरान आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको बताएका हुन् ।

आईसीसीको बोर्ड बैठक एनपीएलकै सन्दर्भमा नेपालमै राख्ने कुरा लगभग एउटा तहसम्म कुरा पुगिसकेको छ, केही कुराहरू बाँकी छन् । चाँडै नै आधिकारिक जानकारी आउनेछ’ सिंहले भनेका छन् ।

गल्याङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुबाट प्रधानमन्त्री दैवि प्रकोप राहतकोषमा रू ३३,१५,१५९ रुपियाँ जम्मा गरिए...
08/10/2026

गल्याङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुबाट प्रधानमन्त्री दैवि प्रकोप राहतकोषमा रू ३३,१५,१५९ रुपियाँ जम्मा गरिएको छ ।

Sad newsगोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।
08/10/2026

Sad news
गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो।

दशैंको आगमनसँगै गल्याङमा भलिबल र क्रिकेटको उत्सव! 🏐🏏राष्ट्रिय युवा संघ नेपाल, गल्याङको आयोजनामा असोज २२ गतेदेखि रु. १ ला...
08/10/2026

दशैंको आगमनसँगै गल्याङमा भलिबल र क्रिकेटको उत्सव! 🏐🏏

राष्ट्रिय युवा संघ नेपाल, गल्याङको आयोजनामा असोज २२ गतेदेखि रु. १ लाख धनराशिको भलिबल प्रतियोगिता हुँदैछ। खेल गल्याङ लिम्भित्ता मगर भवनमा हुनेछ।

त्यसैगरी, मालुङ्गा क्रिकेट क्लब (MCC) को आयोजनामा असोज २३ गतेदेखि रु. ४०,००० धनराशिको क्रिकेट प्रतियोगिता हुँदैछ। खेल सार्वजनिक मा.वि.को खेलमैदानमा हुनेछ।

दशैंसँगै गल्याङमा खेलकुदको माहोल पनि तात्दैछ।

08/10/2026

Akalawaj
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा २० नेताको उम्मेदवारी -विवरण सहित
===================
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जाबाट केन्द्रीय उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म २० जनाले उम्मेदवारी दिएका छन्। दुई निर्वाचन क्षेत्र (कुल ८२ महाधिवेशन प्रतिनिधि) रहेको स्याङ्जाबाट पूर्वउपसभापति, बैंकर, जनप्रतिनिधि, इन्जिनियर, व्यवसायीदेखि किसान/श्रमिक पृष्ठभूमिका नेताहरूले विभिन्न क्लस्टर र वैदेशिक विभागमार्फत केन्द्रीय नेतृत्वमा सशक्त दाबी प्रस्तुत गरेका छन्। यति ठूलो संख्यामा उम्मेदवारी पर्नुलाई जिल्लामा नेतृत्वप्रतिको बढ्दो आकांक्षाका रूपमा हेरिएको छ।
===============
१. धनराज गुरुङ (अर्जुनचौपारी गाउँपालिका) - केन्द्रीय उपसभापति (खुला)
२. प्रकाश तिवारी (अर्जुनचौपारी गाउँपालिका) - केन्द्रीय सदस्य (खस आर्य)
३. भरतराज ढकाल (आँधिखोला गाउँपालिका) - केन्द्रीय सदस्य (पेशागत विज्ञ)
४. खुमा अर्याल (भिरकोट नगरपालिका) - केन्द्रीय सदस्य
५. युवराज पाण्डे (कालीगण्डकी गाउँपालिका) - केन्द्रीय सदस्य
६. कल्पना तिवारी (वालिङ नगरपालिका) - केन्द्रीय सदस्य (खुल्ला महिला)
७. कविता तिवारी गैह्रे (वालिङ नगरपालिका) - केन्द्रीय सदस्य (खुल्ला)
८. सरस्वती तिवारी (वालिङ नगरपालिका) - केन्द्रीय सदस्य (भूगोल)
९. इ. अनुप श्रेष्ठ (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (जनजाति)
१०. इ. सुदर्शन शर्मा (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (पेशागत विज्ञ)
११. इ. सुवास पौडेल (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (युवा)
१२. सुवास रेग्मी ( भीरकोट नगरपालिका) - केन्द्रीय सदस्य (श्रमिक)
१३. शाह मोहम्मद मिया (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (मुस्लिम)
१४. गोविन्द रानाभाट (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (गण्डकी भूगोल)
१५. दिपेन्द्र क्षेत्री (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (पेशागत विज्ञ)
१६. दिपेन्द्र खड्का (पुतलीबजार नगरपालिका) - केन्द्रीय सदस्य (अपाङ्ग कोटा)
१७. अमृत वोस्ती (चापाकोट नगरपालिका) - केन्द्रीय सदस्य (जनसम्पर्क समिति ओसियाना अमेरिका क्षेत्र /क्यानडा)
१८. चन्दा अधिकारी (चापाकोट नगरपालिका) - केन्द्रीय सदस्य (विदेश विभाग - क्यानडा)
१९. टंक लम्साल (बिरुवा गाउँपालिका) - केन्द्रीय सदस्य (विदेश विभाग - जर्मनी)
२०. शिव लम्साल - केन्द्रीय सदस्य,पेशागत समूह
हेर्नेकुराको सहयोगमा

07/10/2026

Football rumor...

बहराइनविरुद्धको खेलमा अनियमितताको आरोप
सीआईबीको अनुसन्धानअनुसार विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल घरेलु मैदानमा खेलाउनुपर्ने भए पनि दुवै खेल ‘अवे’ मैदानमा खेलाइएको थियो।
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत २१ मार्च २०२४ मा बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० ले पराजित भएको थियो। त्यसको पाँच दिनपछि भएको अर्को खेलमा पनि नेपाल ३–० ले पराजित भएको थियो।
उक्त खेल खेलाएबापत्त बहराइन फुटबल संघले एन्फालाई २० हजार अेमरिकी डलर दिने सहमति भएको थियो। तर, एन्फाले प्राप्त गर्नुपर्ने २० हजार अमेरिकी डलर संस्थाको खातामा जम्मा नभई व्यक्तिगत खातामा गएको अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ....

Address

Galyang
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Galyang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category