Galyang

Galyang

Share

OLDEST AND MOST RELIABLE PAGE OF GALYANG BAJAR
हामी सबै गल्याङ्ग बासीको आफ्नै पेज ।

03/06/2026

मोदीले सार्वजनिक गरे रवि लामिछानेसँगको भेटको तस्बिर
भारतका प्रधानमन्त्री Narendra Modi ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane सँगको भेटवार्ताका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
मोदीले पोस्टमा लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपाल र भारतबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता जनाएका छन्। उनले नेपाललाई भारतको ‘Neighbourhood First’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रको रूपमा उल्लेख गर्दै साझा समृद्धि र विकासका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

03/06/2026

Interesting...

Let's Ride Cycle Group, Galyang को आयोजनामा मिति २०८३/०२/२० गते स्याङ्जा जिल्ला सीमाना कुभिण्डेदेखि राम्दीसम्म (करिब ७८ कि.मि.) साइकल यात्रा आयोजना हुँदैछ।

यस यात्रामा गल्याङका ४ जना उत्साही साइकलयात्रीहरूले सिद्धार्थ राजमार्ग अन्तर्गतको रमणीय मार्ग हुँदै स्वास्थ्य, फिटनेस, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहभागिता जनाउँदै हुनुहुन्छ।

सम्पूर्ण सहभागीहरूलाई सफल यात्राको शुभकामना

02/06/2026

सुखद समाचार।
बाबू अहिले भर्खर भेटिएको छ ।खोजी कार्य मा सहयोग गर्ने सम्पुर्ण प्रहरी प्रशासन साथि भाइ आफन्त दाजु भाइ सबैलाइ धन्यवाद 🙏🙏

01/06/2026

बालक हराएको सूचना
नाम: कृष्ण भूसाल
उमेर:१६ बर्ष
मिति २०८३/०२/१६ गते प्रबेश पत्र प्रीन्ट गर्न भनि घर बाट हिडेको,करिब १२:३० बजेको समयमा काठमाण्डौ नागढुङ्गा भन्दा तलको क्यामेरामा देखिएको र हालसम्म कुनै सम्पर्कमा नआएको हुनाले कोही कसैले उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा कृपया नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध छ।

📞9856051512, 9856051975, 9851126435

01/06/2026

रासायनिक मलको अभाव भएपछि स्याङ्जाको गल्याङमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
Video in comment
Sabalpost

31/05/2026

प्रधानमन्त्री बालेन : नेपालले पनि भारतिय भुमी मिचेको छ।

31/05/2026

boost plz!help post!!!
हराएको सम्बन्धी सूचना

हिजो दिउँसो करिब १२:०० बजे थानकोटबाट हिँडेका भाइ Krishna Bhushal हालसम्म घर नफर्किएकाले उहाँको खोजी भइरहेको छ।

उहाँले खैरो (Brown) टी-सर्ट, कालो जाँघिया/पाइन्ट र कालो चप्पल लगाउनुभएको थियो।

यदि कसैले उहाँलाई देख्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

सम्पर्क नम्बर:9840967989

31/05/2026

सन् २०११ देखि सुरु भएको यो एउटा सानो यात्रा आज १३ हजारभन्दा बढी प्रबुद्ध र आदरणीय शुभचिन्तकहरूको बलियो र सुन्दर परिवार बनेको छ। फेसबुक पेजहरू व्यावसायिक र प्रायोजित भइरहँदा, यो पानालाई सधैं गल्याङकै अर्गानिक र मौलिक चौतारीको रूपमा बचाइराख्न पाउनु हाम्रो सबैभन्दा ठूलो गौरव हो। स्थापना कालदेखि नै कुनै पनि राजनीतिक विचार, प्रभाव वा गठजोडभन्दा माथि उठेर हामीले केवल सत्य र निष्पक्ष आवाजलाई मात्र स्थान दियौँ। आजसम्म कुनै पनि सस्तो प्रचारबाजी वा अनावश्यक विवादमा नफसी समाजलाई सकारात्मक ऊर्जा दिने काममा मात्र केन्द्रित रह्यौँ र समय-समयमा समाजका विकृतिमाथि गरिएका आलोचनात्मक, तिखा तर स्वस्थ व्यङ्ग्य र ठट्टाहरूलाई यहाँहरूले सधैं हार्दिकताका साथ स्विकारिदिनुभयो।

यो १३ हजारको संख्या केवल अंक मात्र होइन, यो त गल्याङ र यस आसपासका क्षेत्रलाई माया गर्ने तपाईं सम्पूर्ण फलोअर्स र शुभचिन्तकहरूको अटुट विश्वास हो।

आगामी दिनमा पनि अझ सबल, निष्पक्ष, रमाइलो र गल्याङबासीको सुख-दुःखको वास्तविक ऐना बनेर प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौँ। सधैं यसरी नै माया, रचनात्मक सुझाव र साथ दिइराख्नुहोला! ❤️

31/05/2026

**सुनील लम्सालज्यू सिद्धार्थ राजमार्ग अनुगमनका लागि आज स्याङ्जा आउँदै**

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय श्री सुनील लम्सालज्यू आज सिद्धार्थ राजमार्गको स्थलगत अवलोकन गर्दै बुटवलबाट स्याङ्जा हुँदै पोखरातर्फ जाने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छु ।

सिद्धार्थ राजमार्गको स्तरोन्नति र सुधारका लागि नेपाल सरकार तथा माननीय मन्त्रीज्यूको विशेष चासो रहेको साथै, जनप्रतिनिधिको रूपमा मेरो पनि यस विषयमा निरन्तर पहल, समन्वय र प्रयास रहँदै आएको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु ।

बजेट भाषणपछि स्याङ्जा जिल्लाका लागि पर्याप्त सम्बोधन नभएको विषयमा यहाँहरूले विभिन्न माध्यमबाट गुनासा र चासो व्यक्त गरिरहनुभएको छ । ती सबै विषयलाई ध्यानमा राख्दै वर्तमान बजेटले स्याङ्जालाई कसरी फाइदा पुर्याउँछ भन्ने विषयमा आफ्नो धारणा पनि छिट्टै सार्वजनिक गर्नेछु ।

माननीय JhabiLal Dumre को फेसबुक बाट

30/05/2026

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लब छाडेका छन् । उनको प्रशिक्षणमा लिभरपुलले गत सिजनको इंग्लिस प्रिमियर लिग उपाधि जितेको थियो ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Galyang
Syangja