Sataun Chandi Kalika

Sataun Chandi Kalika

Share

जय सतौं चण्डी माई🙏❤️🙏
Welcome to the page of Sataun Chandi Kalika ❤️

Values :-
Preserving Heritage,
Promoting Beauty,
Empowering Youth.

What is Sataun Chandi Kalika ?
•Digital home of Sataun Rajasthal.
•A youth-led initiative स्याङजा जिल्लाकै प्रशिद्ध मन्दिर सतौ चण्डी कालीका। यो ठाँउ स्याङजा वजार वाट 11 कि मी टाढा पर्छ ।

सतौं चण्डीस्थान र यसको सेरोफेरो
सतौं चण्डीस्थान स्याङ्जामा हालको पुतलीबजार नगरपालिकाको वार्ड नं. 14 अन्तर्गत पर्दछ। मन्दिरको केही माथि सतौंकोटे राजाले बनाएको दरबार छ। त्यसलाई कोट भनिन्छ। पहिलेका बाईसे चौबीसे रा

29/05/2026

🇳🇵✨ गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना ✨🇳🇵

नेपालको लोकतान्त्रिक इतिहासमा गौरवपूर्ण दिनको रूपमा मनाइने गणतन्त्र दिवसले जनताको अधिकार, स्वतन्त्रता र राष्ट्रिय एकताको सन्देश दिन्छ। 🇳🇵❤️

सतौं चण्डी कालिकाले हामी सबैको कल्याण गरुन् 🙏❤️
देशमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव सधैं कायम रहोस्।

#गणतन्त्रदिवस #जयनेपाल

27/05/2026

सतौंकोट
हामी सबैको चिनारी
हामी सबैको इतिहास ❣️
हामी सबैको कल्याण गरिदिनु भैरव कालिका र सितलादेवी 🙏

26/05/2026

सबैमा शुभ प्रभात
सतौं पशुपतिनाथ मन्दिरको दर्शन गरौं ❤️
सबैको भलो होस् ⭐❤️❣️

19/05/2026

शुभ बिहानी
आज सतौंकोट भैरव कालिका मन्दिरबाट 💕
स्याङ्जा जिल्लाको शान सतौंकोट 🌎

15/05/2026

🙏जय सतौं चण्डी माई ❤️ रक्षा गर हामीलाई 🙏

स्याङ्जा जिल्लाको गौरवशाली इतिहास बोकेको सतौं चण्डीथानको बारेमा केही महत्वपूर्ण जानकारी!

नेपालका बाइसे/चौबीसे राज्यकालमा राजाहरूले आफ्नो राज्यमा सुख, शान्ति र समृद्धिका लागि शक्तिस्वरूपा देवीको आराधना गर्ने परम्परा थियो। सोही परम्परा अनुसार तत्कालीन सतौंकोटे राजाहरूले यस मन्दिरको स्थापना गरी 'सतौं चण्डी' नामकरण गरेका थिए। चण्डी देवी विराजमान भएको यस पवित्र पुण्यभूमिलाई नै चण्डीस्थान भनिन्छ।

📜 मन्दिरको इतिहास र निर्माण:
निर्माता: यो मन्दिर सतौंका तेस्रो राजा शिरबम शाहीले निर्माण गरेको जनविश्वास छ।
प्राचीन स्वरूप: सुरुमा ढुंगा र माटोको गारोबाट बनेको यो मन्दिर खरले छाइएको थियो। रोचक कुरा के छ भने, उक्त समयमा मन्दिरको धुरी मारिएको थिएन।
समय: वि.सं. ८६५ मा निर्मित यो प्राचीन सम्पदालाई वि.सं. २०४५ मा पुन: निर्माण गरी अहिलेको भव्य स्वरूप दिइएको हो।

🙌 हाम्रो अभियान: इतिहासको संरक्षण
हाम्रो संस्कृति र पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउन हामीले यो जानकारी संकलन गरिरहेका छौं। यदि तपाईंसँग यस मन्दिर वा सतौं कोटसँग सम्बन्धित:
✅ पुराना ऐतिहासिक तस्बिरहरू 📸
✅ प्राचीन लेख वा पाण्डुलिपिहरू 📄
✅ कुनै स्थानीय किम्वदन्ती वा रोचक तथ्यहरू छन् भने,
कृपया यसै पोस्टको Comment मा साझा गरिदिनुहोला वा हामीलाई Message गरेर सहयोग गरिदिनुहोला। तपाईको सानो जानकारीले सतौंको इतिहास जोगाउन ठूलो भूमिका खेल्नेछ।

#सतौं_चण्डी #सतौंकोट

14/05/2026

यो घण्टीमा श्री संवत १९७६ सालको मिति लेखिएको छ, २०८३ सालको तुलनामा करिब १०७ वर्ष पुरानो हो।
-----------जय‌ जय‌ गुरु गोरखनाथ ❤️-----------
संवत: यहाँ 'बि. सं.' (विक्रम संवत) उल्लेख गरिएको छ, जसले यो घण्टी १०७ वर्ष पुरानो रहेको पुष्टि गर्छ।
तिथि: "सुदी" शब्दले चन्द्रमाको उज्यालो पक्ष अर्थात् शुक्ल पक्षलाई जनाउँछ। हाम्रो परम्परागत पात्रो अनुसार तिथिलाई 'बदी' (कृष्ण पक्ष) र 'सुदी' (शुक्ल पक्ष) भनेर लेख्ने गरिन्छ।

मन्दिरमा घण्टी किन चढाइन्छ?
मन्दिरमा घण्टी चढाउनुको पछाडि धार्मिक र आध्यात्मिक दुवै कारणहरू छन्:
1. विजय र संकल्पको प्रतीक:
भक्तजनहरूले आफ्नो मनोकाङ्क्षा पूरा भएपछि वा कुनै विशेष सङ्कल्प पूरा भएको खुसीयालीमा शक्ति स्वरूपा देवीलाई घण्टी अर्पण गर्ने गर्दछन्।
2. दैवी चेतना जगाउनु:
घण्टी बजाउँदा निस्कने ध्वनिलाई 'ॐ' को ध्वनिसँग तुलना गरिन्छ, जसले मनलाई एकाग्र बनाउँछ र मानिसको अन्तःकरणमा रहेका नकारात्मक विचारहरूलाई हटाउन मद्दत गर्छ भन्ने विश्वास छ।

सतौं चण्डी माईको शक्ति र महिमा
सतहुँ चण्डी माई (सतहुँ रजस्थल) क्षेत्र केवल एक मन्दिर मात्र नभई यो एक ऐतिहासिक विरासत पनि हो:
१. प्राचीन विरासत: यो क्षेत्र ऐतिहासिक सतौं राज्यको केन्द्र हो, जहाँ प्राचीन राजाका दरबारका अवशेषहरू र प्राकृतिक सौन्दर्यको संगम छ।
२. शक्ति पीठको रूपमा: सतौं चण्डीलाई अत्यन्त शक्तिशाली देवीको रूपमा पूजा गरिन्छ। यहाँको दर्शनले शत्रुमाथि विजय प्राप्त हुने, दुःख कष्ट नाश हुने र पारिवारिक सुख मिल्ने जनविश्वास छ।
३. ऐतिहासिक प्रमाण: १९७६ सालको यो घण्टीले यो मन्दिर दशकौँदेखि जनआस्थाको केन्द्र रहेको प्रमाण दिन्छ। यस्ता ऐतिहासिक वस्तुहरूले तत्कालीन समयको धातु कला र लिपिको बारेमा पनि जानकारी दिन्छन्।

वि.सं. २०८३ को यो समयमा उभिएर १९७६ सालको इतिहासलाई स्पर्श गर्न पाउनु आफैँमा एउटा सौभाग्य हो।

13/05/2026

Visit सतौं चण्डी कालिका 🙏

13/05/2026

सम्पुर्ण सतहुँ र सतहुँबासीहरुको रक्षा गर्ने माईको दर्शन संगै आजको दिनको सुरुवात गरौं । ❤️🙏❤️
पिता पुर्खा देखिनै हाम्रो भूमि, जीवजन्तु, अन्नबालीको रक्षा साथै रोगबाधा हरण होस् भनी लोक कल्याणमा लागि बिशेष गरी सात सयको पञ्चवली (सार्वजनिक पञ्चवली)का दिन माई पुजा र देउराली पुजा गर्ने गरिन्छ।
#माईमन्दिर

12/05/2026

एतिहासिक सतौंकोट दरबार ( सतौंकोट भैरव कालिका मन्दिर ❤️)
सतहुँकोट , स्याङ्जा

बडा दशैं, चैते दशैं , सात सयको पञ्चवली जस्ता पावन अवसरहरूमा सनाई, नरसिङ्गा र दमाहको ओजिलो धुनसँगै " श्री नवदुर्गा माई रक्षा गर हामीलाई , " जय गोरखनाथ" को जय जयकार गुञ्जाएर हाम्रो मौलिक संस्कृति जोगाउने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा हार्दिक सम्मान ।

बिशेष गरि बडा दशैंको महानवमीका दिन सतौंकोटमा हुने धामी नाचमा उहाँको बाजा/दमाहाको धुन बिशेष रहिआएको छ।

तपाईंहरूको यो समर्पणले नै हाम्रो पुर्खाको विरासत र ऐतिहासिक सतौं कोटको गरिमा जीवित छ।

जय गोरखनाथ! 🔱
जय सतौंकोट! 🏰

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sataun Chandi Kalika
Syangja
33800