स्याङ्जा ओरस्टे

स्याङ्जा ओरस्टे

Share

this page is not a only for oraste its for all people who loved syangja specially oraste thanks for joine us

23/06/2016

जिन्दगीका सारा इक्षा मारेर बस्दै छु यहाँ
माझी बनी सबैलाई डुङ्गा तारेर बस्दै छु यहाँ
ठुलो रुखको ओत लाग्नुपर्छ भन्छन सबैले
ओत लाग्ने रुख भेटिन त्यसैले खुला आकशमुनी बस्दै छु यहाँ
कमाउने स्वार्थी बन्ने अनि खुट्टा तान्ने प्रबृत्ती छ यहाँ
म त जाल झेल नजनेको मान्छे गरीब बनी बस्दै छु यहाँ
मौकामा हिरा फोर्न जान्नुपर्छ भन्छ्न सबैले
म त हिरा सुन नदेखेको मान्छे ढुङ्गासँग मितेरी गाँस्दैछु
यहाँ
सबैले भन्छ्न तलाई के को कमी छ र
त्यही अभवमै दिन रात हासो बेची काट्दै छु यहाँ
कहिले काही त दु:ख पनि रमाइलो हुन्छ भन्छ्न सबैले
दिनहु अभावको पिडा त बेग्लै हुन्छ यहाँ

22/06/2016

स्याङ्जा कोल्मा गाविस ५ कल्छ्याङ्दीका सुपबहादुर
गुरुङ्को अफगानिस्थानमा आत्मघाती बम विस्पोटबाट मृत्यु
भएको खवरले स्याङ्जावासीलाई चोट पु¥याएको छ ।
हार्दिक श्रदाञ्जली सुपबहादुर लगायत अन्य ज्यान गुमाउने १२
जना नेपाली दाजुभाईहरुमा l

14/05/2016

,हाम्रो प्यारो ओरषटे बासी साथी हरु एनसेलले कर नतिरून्जेल एनसेल नचलाउनु होला है । सकेसम्म एनसेलबाट आएको कल पनि नउठाउनु है। म उठाउदिन यो एक दबाब हुनेछ
अब देश लाई हाम्रो साथ चाहिएको छ आआफ्नो ठाउँ बाट सहयोग गरौ
देश बिकास को लागि अब हाम्रो अभियान

14/05/2016

इतिहास छैन मेरो देश गुलाम भएको
युद्ध लड़ी हारी बदनाम भएको
खुसा रिशा म आफ्नै बाटो हिडीरहन्छु
म सिंग हो घोडा हैन तेरो लगाम भएको

13/05/2016

बारबार उसकै नाममा दिल धड्कीरहेछ,
याद गरेर पलपल यसरी तड्पीरहेछ,
नदेख्दा उसलाई कहिकतै बेचेन हुन्छ मन,
लाग्दैछ जिन्दगी नै उसैमा अडकिरहेछ,

11/05/2016

केटि हरु सङग के दोस्ती गर्नु यार
कुन दिन मुड चल्छ छोडेर जान्छन
यार दोस्ती त केटा हरु सङग गर्नु पर्छ
मरेपछी पनि काध मा बोकेर लैजान्छन

Photos 29/11/2015

मंसिर १२, काठमाडौं । स्याङ्जाको ओरस्टे-३ ठुलो भोर्लेमा हुन गइरहेको ‘भोर्ले मेला २०७२’ मा गायिका जानकी तारामी मगर र गायक तथा मोडल अर्जुन थापा मगरको दमदार प्रस्तुती रहने भएको छ । यहि मंसिर १४ गते बाट सुरु हुने भोर्ले मेलामा मंसिर १८ गते यि दुई कलाकारले आफ्नो प्रस्तुती देखाउने छन् । श्री सिर्जनशील युवा परिवारको आयोजनामा हुन गइरहेको ‘भोर्ले मेला’मा मंसिर १४ गतेबाट १८ गतेसम्म २९ टिमको सहभागितामा वार्ड स्तरीय भलिबल प्रतियोगिता हुने कार्यक्रमका संयोजक बिनोद थापा मगरले आर्टिस्ट खबरलाई बताए । साथै भलिबलमा उत्कृष्ट प्रथम, द्धितिय, तृतियर सान्तवना टिमलाई मंसिर १८ गते एक कार्यक्रम गरी पुरस्कृत गरीने संयोजक थापाले बताए । भलिबलमा सहभागि टिम मध्ये प्रथम टिमलाई नगद रु. ४३ हजार, मेडल र प्रमाण पत्र, त्यस्तै द्धितिय टिमलाई नगद रु. ३० हजार, मेडल र प्रमाण पत्र, तृतिय टिमलाई नगद रु. १८ हजार, मेडल र प्रमाण पत्र र सान्तवना हुने टिमलाई नगद रु. ८ हजार, मेडल र प्रमाणपत्र प्रदान गरीनेछ । एक दशक देखि बिभिन्न सामाजिक कार्य गर्दै आएको यस श्री सिर्जनशील युवा परिवारले गतबर्ष जस्तै आफ्नो बार्षिक कार्यक्रम यसबर्ष पनि गर्न लागेको कार्यक्रममा सह–संयोजक निखिल थापाले बताए । युवा परिवारको बारेमा बोल्दै संस्थाका अध्यक्ष भोज ब. थापाले प्रवासमा रहनुहुने नेपालीहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको बताए । प्रवासमा रहेर पनि बिभिन्न सामाजिक कार्यको सहयोगमा सक्रिय बिर ब. थापा, दिल बहादुर ‘मुस्कान’, टेक ब. थापा, कृष्ण ब. थापा, नवराज थापा र सुरज थापाको सहयोगमा कार्यक्रम हुन गइरहेको हो । “देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपालीहरु जो बिगतमा पनि सहयोग गर्नुभयो उहाँहरुलाई पनि धेरे धेरै सम्झन चाहान्छु”, अध्यक्ष थापाले भने । कार्यक्रमका मुख्य आकर्षकका रुपमा रहने गायिका जानकी तारामी मगर र गायक तथा मोडल अर्जुन थापा मगरले आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिने बताईएको छ । गितसंगित क्षेत्रमा लामो समयदेखि चर्चा बटुल्दै आएकी गायिका जानकी पछिल्लो समय लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय छिन् । उनका चर्चामा रहेका लोकगित मध्ये पछिल्लो समय ‘ढाड दुखेर मार्यो’, ‘साइकल किन्न जाम’ तथा ‘पानी पुरी’ निकै चर्चामा छन् । त्यस्तै गायक तथा मोडल अर्जुन थापाले पनि आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिने बताएका छन् । अर्जुनका पछिल्लो समय चर्चामा रहेका गित मध्ये ‘कपुरी क’, ‘गफैले हुँदैन माया’ लगायतका गित हिट छन् । साथै अर्जुने नेपाली चलचित्र अर्थ यो प्रेमको का लेखक तथा नायक पनि हुन् । कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा आर्टिस्ट खबर डटकम र साझासबाल डटकम रहेका छन् । - See more at: http://artistkhabar.com/2015/11/bhorle-mela-2072/ .el7stjqm.yJ5mCKVy.dpuf

16/10/2015

नमस्ते ओरस्टे आज पनि सबै जिप हरु स्याङ्जा को लागि प्रस्थान गरिसकेका छन

15/10/2015

आज को लागि
खुदि जानको लागि जम्मा एक
ओरस्टे को लागि २
बाहु पाट्ने को लागि 1
भोर्ले को लागि 1
कोल्मा काहुले ओरस्टे सानाबाङ को लागि बस

सालडाडा को 2 ओटा गाडी हरु छ
घोप्टे को लागि भने जिप आयको छैन

15/10/2015

स्याङ्जा बाट अब जिप हरु गाउँ जाने तरखर मा छन
बाटो मा हुने यात्रु हरु ले आफ्नो ठाउँ को जिप को ड्राइभर वा स्टाफ हरु लाई फोन गरि छिटो आउनु होला दशै ले गर्दा स्याङ्जामा यात्रु हरु को चाप बढेको जानकारी हुन आयको छ

Photos 13/10/2015

आज स्याङ्जा बाट ओरस्टे खुदी चिसापानी जाने जिप तथा बस हरु नियमित रुप मा चल्ने जानकारी हुन आयको छ समयमै स्टेसन घुम्ती मा आयर बस्नुहोला दशै नजिकिदै गरेकोले यात्रु हरु चापाचाप छन महिला वृद्ध तथा अपाङ्ग हरु लाई पहिलो प्राथमिकता दिनुहोला

Photos 16/09/2015

ओरस्टे मा हुँदै गरेको तिज गित प्रतियोगिता को एक झलक जसमा ओरस्टे गाबिस बाट जम्मा छ टिम सहभागी हुदै छन

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Oraste
Syangja
977