18/10/2026
सम्पूर्ण आदरणीय शिक्षक-शिक्षिका, कर्मचारी वर्ग, ऊर्जावान् प्रिय विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावक ज्यूहरू तथा देश-विदेशमा रहनुभएका हाम्रा समस्त शुभचिन्तकहरूमा नेपालीहरूको महान् चाड बडा दशैँको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏✨
असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा मनाइने यो महान् पर्वले हामी सबैमा आपसी मेलमिलाप, भ्रातृत्व, र एकताको भावना जगाउन सकोस्। हाम्रा विद्यार्थीहरूमा उर्जा र असल संस्कारको विकास होस्, शिक्षक साथीहरूमा नयाँ जोस र जाँगर थपियोस्, र अभिभावक ज्यूहरूको घरआँगन सधैँ खुसी र सन्तोषले भरिइरहोस्।
यो बडा दशैँ सबैका लागि सुखद, सुरक्षित र उल्लासमय बनोस्। सबैको जय होस्! 🎈🎈
शुभ दशैँ!
प्रधानाध्यापक तथा विद्यालय परिवार
श्री कालीगण्डकी पब्लिक सेकेन्डरी स्कूल