02/11/2025
"गौरवको क्षण – गल्याङका सन्दीप राष्ट्रिय स्तरमा"
गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई ले नेपाल प्रिमियर लिग (NPL) मा पोखरा एभेन्जर्स को तर्फबाट खेल्ने प्रतिभाशाली खेलाडी सन्दीप खत्री लाई हार्दिक शुभकामना सहित क्रिकेट खेलका लागि ब्याट सहित अन्य अावश्यक सहयोग प्रदान गर्नुभएको छ ।
गल्याङ नगरको माटोमा हुर्किएर देशको प्रतिष्ठित क्रिकेट प्रतियोगिता NPL सम्म पुग्न सफल सन्दीप खत्री हाम्रो नगर मात्र होइन, सम्पूर्ण स्याङ्जा जिल्लाको गौरव हुन्।
नगरप्रमुख गुरु प्रसाद भट्टराई ले सन्दीपको अथक परिश्रम, अनुशासन र प्रतिबद्धताको उच्च प्रशंसा गर्दै आगामी खेल यात्रामा निरन्तर सफलता र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ।
गल्याङ नगरपालिका खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनमा सदैव प्रतिबद्ध रहँदै आएको छ र सन्दीप जस्ता युवा खेलाडीहरूका सपनालाई अझ उचाइमा पुर्याउन निरन्तर साथ र सहयोग रहनेछ ।
गल्याङको नाम राष्ट्रिय मञ्चमा उज्यालो बनाउने सन्दीपलाई हार्दिक बधाई र शुभकामना !

03/06/2022
24/05/2020
18/05/2017
11/03/2017
11/03/2017