जन चाहना न्युज

जन चाहना न्युज

Share

To public services. https://janachahana.com/

02/06/2026

व्यास नगरप्रमुख न्यौपाने सम्बोधन
तनहुँ १९ जेठ
महालेखा परीक्षकको कार्यालय द्वारा दमौलीमा आयोजित लेखा परीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धि तथा नागरिक सहभागितात्मक लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुँदै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने ।
आज र भोली दुई दिन हुने उक्त कार्यक्रममा जिल्लाको दश वटा पालिका मध्ये नौ वटा पालिकाका प्रमुख तथा उपप्रमुख , कार्यालय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ।

02/06/2026

निर्देशक अर्याल प्रस्तुतीकरण
तनहुँ १९ जेठ
महालेखा परीक्षकको कार्यालय द्वारा दमौलीमा आयोजित लेखा परीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धि तथा नागरिक सहभागितात्मक लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा लेखापरीक्षणका विषयमा प्रस्तुती गर्नुहुदै महालेखा परीक्षक कार्यालय निर्देशक टिकानाथ अर्याल ।
आज र भोली दुई दिन हुने उक्त कार्यक्रममा जिल्लाको दश वटा पालिका मध्ये नौ वटा पालिकाका प्रमुख तथा उपप्रमुख र कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ।

Photos from जन चाहना न्युज's post 02/06/2026

आदिवासी जनजाति परिषद ऋषिङ गाउँपालिकाको समन्वय र व्यावसायिक कीट विकास केन्द्र बन्दिपुर, तनहुँ द्वारा आयोजित २दिने मौरी पालन आधारभूत स्थलगत घुम्ती तालिममा प्रमुख अतिथि ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ आफ्नो मन्तव्य राख्नु हुदै ।

Photos from जन चाहना न्युज's post 02/06/2026

भानुका किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन तयारी अवस्थामा राखिएको कृषि सामाग्री :
जिल्लाको भानु नगरपालिकाले मागमा आधारित कृषक समुह,सहकारी र कृषकहरुलाइ ५०% अनुदानमा बितरणका लागि तयारी अवस्थामा राखेको
(१) हाते ट्याक्टर-७१ पिस
(२)कम्बाइन मिल-२० पिस
(३)मिनि थ्रेसर -१ पिस
(४)१६ लिटर स्प्रेयर- ४० पिस
(५)टलेन प्लास्टिक -५० पिस

Photos from जन चाहना न्युज's post 02/06/2026

महालेखा परीक्षकको कार्यालय द्वारा दमौलीमा आयोजित लेखा परीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धि तथा नागरिक सहभागितात्मक लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी प्रमुख अतिथी एवं अतिथीहरु ।
आज र भोली दुई दिन हुने उक्त कार्यक्रममा जिल्लाको दश वटा पालिका मध्ये नौ वटा पालिकाका प्रमुख तथा उपप्रमुख र कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ।
゚followers

02/06/2026

https://janachahana.com/content/12612
तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ

दमौलीमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम 02/06/2026

दमौलीमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम

दमौलीमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम दमौली १८ जेठप्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँको आयोजनामा स्तनपान गराउने आमाहरूका लागि मातृ(शिशु स्वास्थ.....

आँबुखैरेनी गाउँपालिकाद्वारा प्रतिलिटर दुधमा ६ रुपैयाँ अनुदान ः दुग्ध उत्पादक किसान उत्साहि 01/06/2026

https://janachahana.com/content/12610
आँबुखैरेनी गाउँपालिकाद्वारा प्रतिलिटर दुधमा ६ रुपैयाँ अनुदान ः दुग्ध उत्पादक किसान उत्साहित

आँबुखैरेनी गाउँपालिकाद्वारा प्रतिलिटर दुधमा ६ रुपैयाँ अनुदान ः दुग्ध उत्पादक किसान उत्साहि जनचाहना न्यूजतनहुँ १८ जेठजिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले उत्पादनमा आधारित दुग्ध उत्पादक किसानलाई अ...

01/06/2026

तनहुँको व्यास नगरपालिका वडा नं.१३ स्थित बेलबास । साथै आसपासमा दमौली वजार र तनहुँ जलविद्युत आयोजनाको दृश्य । बेलवास दुध उत्पादनमा सक्षम वडाको रुपमा परिचित छ ।

01/06/2026

प्राथमिक उपचार : व्यास -१ मा डेमो सहितको अभ्यासद्वारा प्रशिक्षण
तनहुँ १६ जेठ
व्यास नगरपालिका-१ मा रहेको अकला सामुदायिक सिकाइ केन्द्रद्वारा बडा भित्र रहेका टोल अध्यक्ष,आमा समुहका अध्यक्ष र बालक्लवका अध्यक्षहरुका लागि प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । यही जेठ १५ र १६ गते सन्चालित उक्त कार्यक्रममा जिल्ला रेडक्रस कार्यालयबाट खटिनुभएका प्रशिक्षकद्वय कृष्ण चन्द्र पाण्डे र राामदत्त पौडेलबाट कुनै दुर्घटना बाट घाइते भएका अवस्थामा, कुनै चिज अड्केमा,हृदयघात भएमा,काटेर रक्तश्राव भएमा लगायतका विषयमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने सम्बन्धमा डेमो सहितको अभ्यासद्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
हिजो १५ गते प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै यस्ता किसिमका कार्यक्रम ले हरेक व्यक्ति मा चेतना जगाइ दुर्घटना भएमा वा बिरामी भएका अवस्थामा तत्काल प्राथमिक उपचार पाउन सकेका मानिसको अकालमा ज्यान जानबाट रोक्न सकिने हुँदा निकै उपयोगी रहेकाले यस्ता कार्यक्रम का लागि नगरपालिकााको सदैव साथ रहने कुरा उल्लेख गरे ।
अाज भएको समापन कार्यक्रममा शिक्षा शाखा का अधिकृत नविन पराजुली को प्रमुख आतिथ्यता मा भएको थियो। सहभागी हरुलाइ प्रमाण पत्र समेत दिइएको थियो ।
सिकाइ केन्द्र का अध्यक्ष राम गन्धर्वको अध्यक्षतामा भएको सो कार्यक्रममा सिकाइ केन्द्र का कानुनी सदस्य डम्बर देव हडखले ले स्वागत गरेका थिए भने सन्चालन परिचारिका कल्पना हडखलेले‌ गरेको जानकारी डम्बर देव हडखलेले दिए ।

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Vyas/1
Tanahun