14/03/2022
मिति 2057/08/08 मा जन्मनु भएको श्री प्रेरणा थापा अरुणोदय माध्यमिक बिद्यालयको लेखापाल, लगाऔ र खाऔ भन्ने कलकलाउदो उमेरमा खै के गर्नु भयो, कस्तो बिमारी भयो इमर्जेन्सी सघनकक्ष मणिपाल अस्पतालमा उपचार हुँदै गर्दा २०७८/११/२९ गते बिहान करिब ९:१५ बजे हामी सम्पुर्ण स्टाफ प्यारा विद्यार्थी भाइबहिनीहरुलाइ सदाको लागि यो धर्तिमा बिलिन हुनुभयो त्यसको फलस्वरुप सम्पुर्ण विद्यालय परिवार स्तब्ध छ ,खै कसरी बिर्सौ उहाँको बिद्यालय प्रतिको लगाब र परिश्रम कसैले नकार्न सकिँदैन सदैब अबिस्मरणियभै रहनेछ। उहाँको असमायिक निधनको आत्माको चिर शान्तिको कामना गर्दै उहाको परिवार तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरोस,हार्दिक समबेदना
10/05/2021
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
10/11/2020
भिमाद नगरपालिका ६ निबासी श्री नारायण पौडेलको ५१औ जन्मोत्सबको उपलक्षमा जेहन्दार विद्यार्थीलाई स्टेशनरी वितरण कार्यक्रमको यस अरुणाेदय मा बि जिलाङ्मा कक्षा ६ मा अध्ययनरत दुर्गा कुमाल जेहन्दार छात्राबाट छनोट भएकोले हार्दिक बधाई ।
06/05/2020
विश्वभरी माहामारिको रुपमा फैलीरहेको COVID-19को कारणले गर्दा विद्यार्थी तथा अभिभावकलाई भेला गरि वार्षिक नतिजा प्रकाशन गर्न असम्भव भएको कारण भिमाद न.पा.शिक्षा शाखाको निर्देशन अनुसार शैक्षिकसत्र २०७६को नतिजा विद्यालयको सुचना पाटिमा २०७७ /१/२३ गते टास गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।
विद्यालय परिवार
19/03/2020
कोरोना को सङ्क्रमण को स्थितिलाई मध्यनजर गर्दै यही चैत्र ६ गते बाट हुने भनिएको एस ई ई परीक्षा स्थगन गरिएको जानकारी आएको हुनाले सम्पूर्ण SEE तयारी गरिरहनु भएका विद्यार्थीहरुलाई हतास नहुन र आफ्नो अध्ययन कार्यलाई कोरोना को सजकता का साथ अगाडी लैजानु हुन र आदरणीय अभिभावक ज्यू हरुलाई आफ्ना नानीहरूलाई निरन्तर निगरानी मा राखिरहनु हुन अनुरोध गरिन्छ।
18/03/2020
आगामी SEE परीक्षा 2076 को लागि शुभकामना। प्रिय विद्यार्थीहरु
05/02/2020
तेस्रो भिमाद मेयर कप 2076 मा सहभागी भई विभिन्न पदक जित्ने यस विद्यालयका खेलाडी छात्रछात्राहरूलाई विद्यालयकाे तर्फबाट सम्मान।