03/06/2026
लागु औषध Tapentadol सहित १ जना पक्राउ ।
Welcome to the Official page of Area Police Office Aanbookhaireni Tanahu
03/06/2026
लागु औषध Tapentadol सहित १ जना पक्राउ ।
27/05/2026
हार्दिक बधाई तथा शुभकामना ।
-------------------------------
तालुक जिल्ला प्रहरी कार्यालय तनहुँबाट “BEST DISTRICT POLICE OF THE MONTH” (२०८३ बैशाख) बाट सम्मानित हुन सफल हुनु भएका अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँमा कार्यरत प्रहरी सहायक निरीक्षक मन बहादुर गुरुङ लाई हार्दिक बधाई व्यक्त गर्दछौं ।
आगामी दिनहरूमा समेत यस्तै उत्कृष्ट कार्य सम्पादनका साथ संगठनको गरिमा अझ उच्च राख्दै निरन्तर सफलता हासिल गर्नका लागि शुभकामना व्यक्त गर्दछौं ।
फोन गरेर “OTP भन्नुस्” भन्नेहरू प्रायः ठग हुन्छन्। सचेत रहौं, सुरक्षित रहौं।
28/04/2026
नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।
--------------------------------
मिति २०८३।०१।१५ गतेका दिन यस इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँको आयोजनामा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ४ स्थित तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाई समितिको सभाहलमा "नागरिक सुनुवाई कार्यक्रम" भव्य रूपमा सम्पन्न भयो ।
कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीको अध्यक्षता तथा तालुक जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता रहनुभएको थियो ।
कार्यक्रममा:
• स्थानीय जनप्रतिनिधि,
• विभिन्न राजनीतिक दलका प्रतिनिधि,
• नागरिक समाज तथा समाज सेवी,
• उद्योग वाणिज्य संघ तथा संघ–संस्थाका पदाधिकारी,
• आमा समूह, टोल विकास संस्था, विद्यालयका प्रतिनिधि,
• पत्रकार, भूतपूर्व प्रहरी कर्मचारी लगायत स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधी, व्यवसायी, समाजसेवी तथा स्थानीयहरुले आप-आफ्नो जिज्ञासा, गुनासो राख्नु भएको र जनमानसबाट उठेका जिज्ञासा, गुनासा तथा सुझावहरू माथि प्रमुख अतिथी जूले प्रत्यक्ष रूपमा उत्तर दिनु भएको थियो ।
26/04/2026
लागु औषध (गाँजा, Tramadol), गैँडाको छाला, जरायोको सिंह, पाँच मुखे शंख सहित १ जना नियन्त्रणमा ।
17/04/2026
लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ ।
15/04/2026
मानिस पहिचान हुन नसकेको सम्बन्धमा ।
13/04/2026
नयाँ वर्षको सुरुवात नशा, तीव्र गति र लापरवाहीबाट टाढा रहेर गरौँ । सुरक्षित यात्रा नै नयाँ वर्षको वास्तविक र असली उत्सव हो ।
एक रातको रमाईलो, सधैको पछुतो पनि बन्न सक्छ ।
सावधानी अपनाऔँ:
नशालु पदार्थ सेवनगरी सवारी नचलाऔँ ।
तीव्र गतिमा सवारी नचलाऔँ ।
हेल्मेट र सीटबेल्ट अनिवार्य प्रयोग गरौँ ।
ट्राफिक नियम पालना गरौँ ।
होहल्ला र झैझगडा नगरौँ ।
"कुनै पनि समस्या परेमा हामीलाई सम्झनुहोस्, नेपाल प्रहरी सधैँ तपाईको साथमा छ ।"