15/11/2021
सूचना ! सूचना ! सूचना !
नेपाल नेत्रहीन संघ नेत्रहीन पुनर्स्थापन कार्यक्रम, गोरखा न. पा. ८, ढुङ्गाडे, गोरखा को सहयोगमा दृष्टि सम्बन्धि समस्या भएका व्यक्तिहरुको सम्बन्धित टोल टोलमा गई आँखा जाँच गर्ने र उपचार बाट निको हुन सक्ने व्यक्तिहरुको उपचारमा समेत सहयोग गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति समय र स्थानमा घुम्ति आँखा जाच कार्यक्रम संचालन हुन गइरहेकोले आँखा सम्बन्धि समस्या भएका व्यक्तिहरु सेवा लिन आउनुहुन् अनुरोध गर्दछु साथै आँखा सम्बन्धि समस्या भएका व्यक्तिहरु सम्म यो सुचना पुर्याइदिनहुन पनि अनुरोध गरिन्छ |
तपशिल :
मिति: २०७८ मंसिर ०१ गते
समय : बिहान ०९:०० बजे देखि ५:०० बजे सम्म
स्थान : छिम्केश्वरी स्वास्थ्य चौकी (भुकुण्डी)
छिम्केश्वरी स्वास्थ्य चौकी
14/11/2021
सूचना ! सूचना ! सूचना !
कोभिड १९ विरुद्धको एक मात्रा खोप पनि नलगाएका १८-२५ वर्ष सम्मका नागरिक लाई २०७८/०७/२९ र २६-४० वर्ष सम्मका नागरिकलाई २०७८/०७/३० गते कोभिड १९ विरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाउने हुँदा सम्पूर्ण सेवाग्राहीहरुलाई छिम्केश्वरी स्वास्थ्य चौकी, तनहुँ मा बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म खोप सेवा लिन सम्बन्धित सम्पूर्ण व्यक्तिहरुलाई सूचित गरिन्छ।
21/09/2021
सूचना ! सूचना ! सूचना !
आँबुखैरेनी गाउँपालिका, वडा नं. ५, छिम्केश्वरी अन्तर्गतका तपशील बमोजिमको लक्षित समुहलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने हुँदा आ-आफ्नो समुह अनुसारको पहिचान खुल्ने परिचयपत्र सहित तपशिल बमोजिमको स्थान, मिति र समयमा खोप सेवा लिनुहुन जानकारी गराउँदछु साथै लक्षित समुहका सम्पूर्ण व्यक्तिहरू मिति २०७८/०४/०६ गते सम्म यहाँ उपलब्ध गराइएको लिंकमा (https://vaccine.mohp.gov.np/) कोभिड १९ पहिलो डोज खोपको लागी स्वैच्छिक आवेदन फारम भरी दर्ता नम्बर लिएर आउनुहोला।
तपशिल
लक्षित समुह:
१) कोभिड १९ विरुद्धको एक मात्रा खोप पनि नलगाएका ४५ वर्ष
माथिका सबै नागरिक,
२) १८ वर्ष माथिका खोप लगाउन छुट बिद्यार्थीहरु र
३) अग्र पंक्तिमा खटिने'अत्यावश्यक सेवा, शिक्षक, पर्यटकिय क्षेत्रका
होटेलमा काम गर्ने छुट व्यक्तिहरु
स्थान: छिम्केश्वरी स्वास्थ्य चौकी, तनहुँ
मिति: २०७८/०६/०७ र ०८ गते
समय: बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजे सम्म
नोट:- आ-आफ्नो पहिचान र उमेर खुल्ने परिचयपत्र (नागरिकता/ मतदाता परिचयपत्र/ जन्म दर्ता/ अन्य मध्ये कुनै एक) अनिवार्य लिएर आउनुहोला |
छिम्केश्वरी स्वास्थ्य चौकी Sujata Gurung Tez Gurung Tez HoMa Saanz Laamaz Gurung Kumar Lama Gurung Pom Kumar Gurung Lal Kumari Gurung Pancha B. Gurung निरुता गुरुङ Ishwor Gurung आँबुखैरेनी गाउँपालिका ई.प्र.का. आँबुखैरेनी Laxman Gurung Soni Gurung Dilu Gurung Rosika Chepang Nirmala Gurung Apeksha Gurung Anmol Gurung
10/09/2021
निपा भाइरस संक्रमण सम्बन्धी जनहितमा जारी।
छिम्केश्वरी स्वास्थ्य चौकी, तनहुँ
04/09/2021
आँबुखैरेनी गाउँपालिका वडा नं. ५ अन्तर्गत १८ वर्ष उमेर पुगेका १२ कक्षाको परीक्षा दिने परीक्षार्थीहरुले कोभिड-१९ बिरुद्धको खोप लगाउनको लागी तपशिल बमोजिमको नम्बरमा सम्पर्क गरि आ-आफ्नो विवरण सहित नाम दर्ता गराउनुहुन जानकारी गराऊदछु |
तपशिल
१) मुकेश कुमार साह ९८५११३४८२२
२) सुजाता गुरुङ ९८४५०६८३०६
३) सञ्जु थापा मगर ९८४२२६८०४२
छिम्केश्वरी स्वास्थ्य चौकी Sujata Gurung Saanz Laamaz Gurung Kumar Lama Gurung Thapa Sanju Pancha B. Gurung Milan Gurung Lal Kumari Gurung Tez Gurung Tez HoMa
08/08/2021
सुचना ! सुचना ! सुचना !
मिति २०७८/०३/३१ गते देखि २०७८/०४/०१ गते सम्म यस छिम्केश्वरी स्वास्थ्य चौकीमा कोभिड विरुद्वको (Verocell) खोप पहिलो मात्रा लगाएको सबै सेवाग्राहीलाई तपशिलको मिति, स्थान र समयमा कोभीड विरुद्वको (Verocell) खोप दोश्रो मात्रा खोप लगाउनुहुन सुचित गरिन्छ ।
तपशील
मिति:- २०७८/०४/२६ देखि २०७८/०४/२७
गते सम्म
स्थान:- छिम्केश्वरी स्वास्थ्य चौकी, तनहुँ
समय:- बिहान १० बजे देखि दिउँसो ४ बाजे
सम्म
नोट:- दोस्रो मात्रा खोप लगाउन आउँदा पहिलो मात्रा खोप लगाउँदा प्रदान गरेको खोप कार्ड अनिवार्य लएर आउनु पर्छ |
Tez Gurung Tez Gurung Tez HoMa Saanz Laamaz Gurung Kumar Lama Gurung Pom Kumar Gurung Nirmala Gurung Apeksha Gurung Anmol Gurung Dilu Gurung Dilumaya Gurung Purna Tamu रोसीका चेपाडः Lal Kumari Gurung निरुता गुरुङ Pancha B. Gurung Goloum C Ni Samjhana Suryaman Singh Gurung Tul Grg आँबुखैरेनी वडा पाँच आँबुखैरेनी गाउँपालिका आँबुखैरेनी गाउँपालिका ,तनहुँ-Aanbookhaireni Rural Municipality, Tanahun ईप्रका आँबुखैरेनी अनु घोन्दाने गुरुङ् सन्तोश लामा गुरुङ्ग Mukesh Sah
28/07/2021
सम्पूर्ण सेवाग्राहीमा नाम दर्ता गराउनुहुन अनुरोध छ ।
27/07/2021
जनस्वास्थ्यका मापदण्ड अपनाई सावधानी अपनाउनुहुन होला ।