28/09/2026
नेपाल विधुत प्राधिकरण
रत्ननगर टाँडी वितरण केन्द्र , चितवन
सूचना । सूचना ।। सूचना ।।।...........................................................................
मिति 2083/06/13 गते मङ्गलबारको दिन यस कार्य क्षेत्र अन्तर्गतको इच्छाकामना गाउपालिकाको वार्ड न. 7 गर्दास, सयाङ्गदी, भालुमारा, पिपलटारहुँदै सिमलढापसम्म बाटोको दुबै पट्टि विधुत लाइनमा छोइ रहेका तथा छुन लागेका रुखको हागाविगा काट्नु पर्ने कार्यक्रम रहेको हुँदा पर्सा ३३ के. भि . सवस्टेशनबाट सन्चालन रहेको ११ के.भि. चैनपुर-1 फिडर तल उल्लेखित समयानुसार लाईन shutdown हुने व्यहोरा अनुरोध छ । उल्लेखित कार्य गर्दा तपसिलका मुख्य तथा आसपासका स्थान तथा क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने ब्यहोरा सम्पुर्ण ग्राहकवर्गमा जानकारीको लागि अनुरोध छ ।
तपसिल
• स्थान : इच्छाकामना गाउपालिकाको वार्ड न. 7 गर्दास, सयाङ्गदी, भालुमारा, पिपलटारहुँदै सिमलढापसम्म ।
कार्य विवरण : इच्छाकामना गाउपालिकाको वार्ड न. 7 गर्दास, सयाङ्गदी, भालुमारा, पिपलटारहुँदै सिमलढापसम्म बाटोको दुबैपट्टी लाइनलाई अबरुद्ध गराइ रहेका तथा लाइनमा छुने सम्भाब्य रुख तथा रुखको हागाविगा काट्ने कार्य ।
फिडरको नाम : पर्सा ३३ के. भि . सवस्टेशनबाट सन्चालन रहेको ११ के . भि. चैनपुर-1 फिडर ।
समय: बिहान 9:00 देखि बेलुकी 18:00 सम्म ।
आवश्यकता : यस कार्यबाट विधुत लाइनको गुणस्तर तथा निरन्तरता बढ्ने छ ।
• नोट: मर्मत कार्य छिटो सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत सुचारु हुने जानकारी गरिन्छ र उक्त लाइनहरु आवश्यकता अनुसार shutdown हुने व्यहोरा जानकारी गराइन्छ । साथै पानी परेको खण्डमा उक्त कार्य स्थगित हुने व्यहोरा समेत अनुरोध छ ।
यस बाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति रत्ननगर टाँडी वितरण केन्द्र क्षमा प्रार्थी छ ।
रत्ननगर टाडी वितरण केन्द्र
टाडी, चितवन