GTen Limbu Chemjong

Call Directions

GTen Limbu Chemjong एक साधारण नेपाली नागरिक...

संविधान  दिवशको शुभकामनानेपाली कम्युनिष्ट पार्टीफुङलिङ नगरपालिका, ताप्लेजुङ
19/09/2026

संविधान दिवशको शुभकामना
नेपाली कम्युनिष्ट पार्टी
फुङलिङ नगरपालिका, ताप्लेजुङ

15/09/2026

सार्वजनिक खरिद (ठेक्कापट्टा)प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका लागि बन्द गरिएको विषय अत्यन्त गम्भीर र आपत्तिजनक छ। भदौ, असोज र कात्तिक महिना सरकारका नयाँ ठेक्का आह्वान गर्ने तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय हो। यही समयमा ई–जिपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका प्रक्रिया प्रभावित हुने र त्यसको प्रत्यक्ष असर सरकारको समग्र विकास योजनामा पर्ने निश्चित छ। ई–जिपी बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किनुपर्ने अवस्था सिर्जना हुँदा बोलपत्र आह्वानदेखि खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने र प्रत्येक चरणका समयसीमा व्यवस्थापन गर्नसम्म कठिनाइ उत्पन्न हुन्छ। अझ महत्वपूर्ण कुरा, यसले मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृतिहरूले पुनः प्रश्रय पाउने जोखिम बढाउँछ। यस्तो अवस्था सार्वजनिक खरिदलाई मात्र अपारदर्शी बनाउने होइन, सरकारले अघि सारेको सुशासनको प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउने विषय हो। लामो समयसम्म प्रणाली अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाताहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्। त्यसैले समस्या समाधानको नाममा प्रणाली नै अनिश्चितकाल बन्द राख्ने होइन, सुरक्षा जोखिमको तत्काल पहिचान, नियन्त्रण र प्राविधिक समाधान गरी प्रणालीलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउनु राज्यको प्राथमिक जिम्मेवारी हो।डिजिटल प्रणालीमा समस्या आउन सक्छ, तर त्यसको समाधान प्रणाली बन्द गर्नु मात्र हुन सक्दैन। सार्वजनिक खरिदमा पारदर्शिता र प्रतिस्पर्धा कमजोर हुने गरी हामी फेरि कागजी र अपारदर्शी प्रक्रियातर्फ फर्किनु हुँदैन। सुशासनको कुरा गर्ने सरकारले सार्वजनिक खरिदजस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र विश्वसनीयता कमजोर हुने कुनै पनि अवस्था सिर्जना हुन दिनु हुँदैन। ई–जिपी तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याऔँ र सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाऔँ। ई–जिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, ब्याकअप र आपत्कालीन पुनःसञ्चालन प्रणाली सुनिश्चित गरौं।

11/09/2026

e-GP स्थगन: प्रणाली बन्द मात्र होइन, प्रश्न विश्वास र सुशासन माथिको पनि हो
-----------------------------------------------------------
सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (e-GP) मा उच्च सुरक्षा जोखिम देखिएको र त्यसको सुधार तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले प्रणालीको प्रयोग अनिश्चितकालका लागि स्थगन गरिएको तथा अर्को व्यवस्था नभएसम्म सार्वजनिक खरिद प्रक्रिया हार्डकपीबाट अघि बढाउने सूचना सार्वजनिक गरेको छ। साइबर सुरक्षा संवेदनशील विषय हो। प्रणालीमा सुरक्षा कमजोरी देखिएमा तत्काल नियन्त्रण गर्ने, प्राविधिक जाँच तथा सुधार गर्नु स्वाभाविक र आवश्यक पनि हो। तर यहाँ गम्भीर प्रश्न उठेको छ के यो समस्या आज मात्र देखिएको हो ? कि बर्षौ देखि थियो ? समस्या वास्तवमा के हो ? Cyber Attack भएको हो ? Unauthorized Access भएको हो ? Data वा System मा मात्र कुनै क्षति पुगेको हो ? अथवा प्रणालीको संरचनागत कमजोरी मात्र पहिचान भएको हो ? यी आधारभूत विषयमा स्पष्ट Diagnosis र प्राविधिक निष्कर्ष सार्वजनिक नगरी एकाएक e-GP प्रणाली अनिश्चितकालको लागि बन्द गर्नुले स्वाभाविक रूपमा धेरै प्रश्नहरु जन्माएको छ।
करिब १५ वर्षदेखि अभ्यासमा रहेको विद्युतीय सार्वजनिक खरिद प्रणालीलाई एकैपटक बन्द गरेर १५ वर्षअघिको हार्डकपी प्रणालीमा फर्किनु सामान्य प्रशासनिक निर्णय गरेको जस्तो सहज रुपमा लिनु हुँदैन। १५ बर्ष अघिको अभ्यासमा पुनः अभ्यस्त हुन लाग्ने समय, खर्च र Document प्रमाणित गर्ने झन्झट, त्यसको बिश्वसनियता लगायतको ब्यबस्थापन कसरि गर्ने ठुलो चिन्ताको बिषय छ । त्यो भन्दा पनि गम्भीर विषय अब व्यावसायिक सुरक्षा माथिको प्रश्न र प्रतिस्पर्धाको अनिश्चता, क्राटेलिङ्गले पाउने प्रोत्साहन अझ भयावह छन । यसले सार्वजनिक निकाय, निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता सहितका सरोकारवालाहरु माथि समय, खर्च, कागजात व्यवस्थापन, प्रमाणीकरण र अभिलेखको विश्वसनीयता सम्बन्धी अतिरिक्त भार सिर्जना मात्र गर्दैन यसले पारदर्शिता, प्रतिस्पर्धा र व्यावसायिक सुरक्षा माथी प्रश्न पनि उठाउँछ। e-GP ले सिर्जना गरेको प्रतिस्पर्धात्मक वातावरण कमजोर भयो भने त्यसको प्रत्यक्ष फाइदा सीमित समूह, मिलेमतो वा कार्टेलिङलाई पुग्न जाने सहजतालाई पनि नजरअन्दाज गर्न मिल्दैन। हार्डकपी प्रणालीमा फर्किँदा प्रतिस्पर्धा, सूचना पहुँच, कागजातको सुरक्षा र निर्णय प्रक्रियाको पारदर्शिता प्रती सुनिश्चित हुन सकिँदैन। सार्वजनिक खरिद ऐन २०६३ ले परिकल्पना गरेको पारदर्शिता, प्रतिस्पर्धा, स्वच्छता र मितव्ययिताको मूल भावनालाई डिजिटल युगमा अझ प्रभावकारी बनाउनु पर्नेमा भएको प्रणाली पनि बन्द गर्ने कस्तो पारा हो यो ? राज्यको सम्पूर्ण सार्वजनिक खरिद प्रणालीलाई कुनै निजी कम्पनीको वेबसाइट अस्थायी रूपमा बन्द गरे जस्तो गरी “हाललाई स्थगन” भन्ने सामान्य सूचना निकालेर पन्छिने यो कस्तो सुशासन हो ?
झण्डै एक महिना बित्न लाग्दा पनि सम्बन्धित सरोकारवाला संस्थाहरूबाट यस विषयमा स्पष्ट र आधिकारिक धारणा नआउनुले झन् अन्योल बढाएको छ। त्यसैले प्रश्न e-GP बन्द भयो कि भएन भन्ने मात्र होइन। प्रश्न समस्या वास्तवमा के थियो? कति गम्भीर थियो? के के क्षति भएको थियो ? को जिम्मेवार हो ? सुधार कसरी हुँदैछ ? र e-GP कहिलेसम्म सुरक्षित रूपमा पुनः सञ्चालन हुन्छ ? यी प्रश्नको तथ्यमा आधारित, प्राविधिक र पारदर्शी जवाफ सार्बजनिक खरिद अनुगम कार्यालयले दिनु पर्छ। किनकि e-GP केवल एउटा Software वा Website होइन, यो नेपालको सार्वजनिक खरिद प्रणालीको मेरुदण्ड हो । यो सार्बजनिक खरिद प्रणालीको Digital Infrastructure हो। यसको सुरक्षा र विश्वसनीयताको प्रश्नमा सरोकारवालाहरुको मौनता होइन स्पष्टता आवश्यक छ।

२०६७ साल देखि कार्यान्वयनमा आएको बिधुतिय खरिद प्रणाली लागू गराउन २०६५ साल देखि निरन्तर गरिएको पहल, प्रयास र खेलिएको भुमिका आज ताजा तस्बिर बनेर आँखा सामु नाचिरहेका छन। यसमा योगदान गर्नुहुने सबैलाई आज सम्झिरहेको पनि छु।
साभार.....

10/09/2026

सशुल्क भगवान रुपी फुटबल प्रेमी दर्शक प्रति
हार्दिक नमन 🙏🙏
जय नेपाली फुटबल
Taplejung gold cup

02/09/2026

Poushse mela ko samjhana

31/08/2026

यात्रा गाउँघरको


जन्म दिनको शुभकामना लोहाङ चेम्जोङ ठुलो होइन, असल मान्छे बन्नुHappy Birthday 🎂 🥳 🎉 🎈
27/08/2026

जन्म दिनको शुभकामना
लोहाङ चेम्जोङ
ठुलो होइन, असल मान्छे बन्नु
Happy Birthday 🎂 🥳 🎉 🎈

Never take constructive criticism from someone who hasn't constructed anything..🙏
20/08/2026

Never take constructive criticism from someone who hasn't constructed anything..🙏

सुचना जो जस संग सम्बन्धित छ....
19/08/2026

सुचना
जो जस संग सम्बन्धित छ....

Address

Taplejung

Telephone

+9779852681373

Website

Alerts

Be the first to know and let us send you an email when GTen Limbu Chemjong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category