Sagarmatha Samuha-Oman

Sagarmatha Samuha-Oman

Share

Sagarmatha Samuha is the Group of Nepalese peoples in Oman and its formed in the year 2007.

Sagarmatha Samuha is Social Team, It acts individuals and with association with other social teams in Oman to Supports Nepalese in Oman and in Nepal as well.

Photos from Embassy of Nepal, Muscat,Oman's post 05/05/2025
07/09/2024

Sabai sathiharu jau hai

Photos from Sagarmatha Samuha-Oman's post 20/01/2024

हिजो सम्पन्न भयको सगरमाथा अन्तर नेपाली नकाउट फूटबल प्रतियोगिता सम्पन्न गर्न साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार बेक्त गर्दछौ । सह भागी सम्पूर्ण ९ टोलीलाई हार्दिक धन्यवाद साथै प्रथम हुने टोली MT ८८४८ तथा दितिय हुने टोली NRNAC हार्दिक बधाई ।
हामीलाई सहयोग गर्नु हुने lulu exchane, Oman Food stop अनी gorkha kichain धेरै धेरै धन्यवाद ।

24/12/2023

हाम्रो देश, हाम्रो भेष,नेपाली परिवेश,खेलकुदको संदेश,

नमस्कार ,

सगरमाथा समुह ओमानले आयोजना गर्ने अन्तरनेपाली फुटबल प्रतियोगितामा आफ्नो टिम सहभागी गराइ खेलकुद मैत्री वातावरण बनाउन सबै संस्था , टिमहरुलाइ पुन हार्दिक अनुरोध गर्दछौं ।

अन्य जानकारी तथा टिम दर्ताको लागि:

# भिम निरौला: ९६७९३४४७
# रमेश लिम्बू: ९४३९४३४७



टिम दर्ता आजबाट खुल्ला गरियको र दर्ता शुल्क ओमानी रियल ४० रहेको छ ।

*नियम हरु*

# फुटबल नियम फिफा अनुसार हुने छ।
# खेल भएको समयमा कुनै बिबाद आएमा अन्तिम निर्णय रेफ्रीको हुने छ।
# खेलाडीको लागि ड्रेस र जुत्ता अनिवार्य हुने छ।
# खेल समय भाग लिने टिमहरुको उपस्थिति अनुसार हुने छ।
# दर्ताको लागि अन्तिम मिति: ११-जन्-२४
# टाइ शिट प्रकाशन १२-जन्-२४ मा सहभागि टिम कप्तानहरुको उपस्थितिमा खुल्ला गोला प्रथा बाट गरिने छ ।
# टिम ११ जनाको हुने छ
# खेल बराबरी भएमा केही समय थप अनि टाइबेकर (पेनाल्टी सुट)
# ५ जना खेलाडी परिवर्तन गर्न पाउने
# धेरैमा १७ जना खेलाडिको नाम दिन पाइने
# खेल बिहान ८ बजेबाट सुरु हुने छ
# नेपाली खेलाडीहरुलाई मात्र खेलमा समाबेश गरिने छ ।

*पुरस्कारहरु*
प्रथम :- नगद, ट्रफी, मेडल र प्रमाणपत्र
दितिय :- नगद, ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी:- ट्रफी, मेडल र प्रमाणपत्र
सर्बाधिक गोल कर्ता:-ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट गोल रक्षक:-ट्रफी, मेडल र प्रमाणपत्र
अनुशासित टिम :-ट्रफी र प्रमाणपत्र
धन्यवाद ,
सगरमाथा समुह, ओमान

16/12/2023

हार्दिक बधाई तथा शुभकामना

नेपाल मगर संघ ओमानको छैठौं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा श्री दिल राना मगर ज्यू लगायत सम्पुर्ण कार्य समितीलाई हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछौं।

05/12/2023

हामीले जनवरी महिनाको 19 तारिकमा *SAGARMATHA INTER-NEPALI FOOTBALL TOURNAMENT-2024* आयोजना गर्ने भएको छौं। यो प्रतियोगिता हामीले जनवरी महिनाको दोस्रो हप्तामा हुने भनि घोषणा गरेका थियौं, तर केही कारणले हामीले मिति परिवर्तन गर्नु परेको हो।

हामी सम्पूर्ण संस्थागत सदस्यहरुका साथै अन्य क्षेत्रका फुटबल प्रेमीहरुलाई पनि यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। हामीले टिम दर्ता को समय सीमा जनवरी १० तारिक सम्म राखेका छौं, जसको लागि निम्न व्यक्तिहरुलाई संपर्क गर्न सक्नुहुने छ।

- भिम निरौला 96793447
- रमेश लावती 94394347

हामीले खेल मैदान तथा अन्य जानकारी यसै page ग्बाट जानकारी गराउदै जाने छौ।

हाम्रो प्रतियोगितामा सहभागि हुने सबैलाई हार्दिक स्वागतम् ।

धन्यबाद ।

Photos from Sagarmatha Samuha-Oman's post 10/02/2023

नेपाली कला झल्कने paint नेपाली दुताबास मस्कट ओमानलाइ हस्तान्त्रण गर्दै सगरमाथाका साथीहरु Embassy of Nepal, Muscat,Oman

08/02/2023

श्रम सचेतना सम्बन्धी कार्यक्रम
ओमानमा गर्न हुने/नहुने कुराहरु, ओमानका श्रम कानूनका आधारभूत पक्षहरु, श्रमिक चेतना, राहदानी, कन्सुलर सम्बन्धी बिषय, बैंकिङ्ग माध्यमबाट सुरक्षित रकम पठाउने तथा वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको प्राथमिक शेयरमा लगानी गर्ने तरिका लगायतको बिषयमा महत्वपूर्ण जानकारी सहित अन्तरक्रिया तथा प्रस्तुतीकरण कार्यक्रम शुक्रबार, फेबु्रअरी १०, २०२३ का दिन दिउसो ३ बजे नेपाल हाउसमा राखिएको छ । सहभागी हुन चाहने महानुभावहरुले अनिवार्यरुपमा आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध छ । विस्तृत कार्यक्रम पछि उपलब्ध गराइनेछ । करिब २५० जनाको लागि हलको क्षमता हुँदा पहिले दर्ता गर्नेको आधारमा (First Come First Basis) छनौट गरिने छ । यस सहभागी हुन चाहनेहरुले यस राजदूतावासको हटलाइन (71592490)मा WhatsApp बाट वा फोनबाट आफ्नो नाम र फोन नम्बर टिपाउनुहुन अनुरोध छ ।
कार्यक्रमको तालिका संलग्न गरिएको छ।

Photos from Sagarmatha Samuha-Oman's post 27/01/2023

आज २७ जनवरी २०२३ का दिन बर्का खेल मैदानमा सम्पन्न सगरमाथा अन्तर नेपाली फूटबल प्रतियोगिताका सम्पूर्ण प्रतिस्पर्धी खेल समुह तथा खेल प्रेमी दर्शकहरुलाई सगरमाथा समुह ओमान बिशेष धन्यवाद ज्ञापन गर्दछ । ओमानी रेफ्री योनस अली हमादी द्वारा संचालित तथा मैत्रीपूर्ण बातावरणका साथ सम्पन्न आजको खेलमा बिभिन्न ६ खेल समुह तथा आयोजक गरी जम्मा ७ समुह बिच रमाईलो प्रतिस्पर्धा भएको थियो ।

मोडर्न एक्सचेन्ज ओमान तथा ओमान फुड्स [Al Mudhish] कम्पनी द्वारा बिशेष प्रायोजन गरिएको आजको प्रतियोगिताका सहभागि सम्पूर्ण खेलाडीहरुले उत्कृष्ट तथा सन्दार खेल प्रदर्शनी गर्दै खेल प्रेमी दर्शकहरुको मन जितेको थिए । आज सम्पन्न फूटबल प्रतियोगिताको परिणाम यस प्रकार छ ।

प्रथम स्थान: सगरमाथा समुह ओमान
दोश्रो स्थान: गैरआवासिय नेपाली सोसल क्लब ओमान
उत्कृष्ट खेलाडी: पदम आले मगर (NRNSC)
सर्बाधिक गोलकर्ता: रमेश लवाती लिम्बु (Sagarmatha)
उत्कृष्ट गोल्किपर: बिराज खड्का (NRNSC)
अनुसाशित टिम: निज्वा एफ सि

स-सम्मानका पात्रहरु:
उमेश थारु - टाईगर टिम
राजकुमार बि.क -टाईगर टिम
ओम गुरुङ -निज्वा एफ.सि

सम्पूर्ण खेल प्रेमी नेपालीहरु प्रती हामी हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।

सगरमाथा समुह ओमान परिवार ।

27/01/2023
Want your business to be the top-listed Government Service in Barka'?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Muscat
Barka'