The Bajjika Press Association Oman बज्जिका पत्रकार संघ अाेमान

The Bajjika Press Association Oman बज्जिका पत्रकार संघ अाेमान

Share

बज्जिका भाषा के सेवा मे समर्पित ।

Photos from The Bajjika Press Association Oman बज्जिका पत्रकार संघ अाेमान's post 12/11/2019

बाेनम्याराे पिडितलाई अाेमान सललाह बाट अार्थिक सहयोग
अारके श्रीवास्तव/अाेमान/कार्तिक २६
बाेनम्याराे पिडितलाई अाेमान काे दक्षिणी प्रान्त सललाह बाट अार्थिक सहयोग पठाईएकाे हाे । झापा भद्रपुर ९ कि निर्मल दहालकाे जीवन रक्षाकाे लागि सामूहिक रूपमा सहयोग रकम संकलन गरि पठाईएकाे हाे । निर्मल दहाल बचाउ अभियान बाट संकलन गरिएको नेपाली रूपैयाँ एक लाख बाईस हजार नेपाल पठाईएकाे जानकारी गराईएकाे छ । गैरअावासिय नेपाली साेसल क्लब क्षेत्रीय समन्वय परिषद सललाह का पूर्व अध्यक्ष टीका प्रसाद दहाल,सचिव सुकबहादुर थामी ,प्रवता गिता थापा,सदस्य कुमारी राई, समाजसेवी हरिकला भण्डारी सुनुवार, नेपाल मगर संघ क्षेत्रीय समिति सललाह र झलेन्द्र दाहाल सहित को सक्रियतामा रकम संकलन गरिएको थियो । गत २६ अक्टुबर २०१९ का दिन दिवान कम्पनीमा कार्यरत कामदारहरु साथै १ नाेभेम्बर २०१९ का दिन सलालह स्थित गार्डेनमा नेपाली दाजुभाइ दीदीबहिनीहरू तथा सहयोगि मनहरुले संयुक्त रूपमा निर्मल दाहाल बचाउ अभियान संचालन गरेका थिए । अभियान बाट ओमानी रियाल ४ सय २० अर्थात् नेपाली एक लाख बाईस हजार रूपैयाँ संकलन गरिएको थियोे । पिडित निर्मल दाहाल को घर मा नै गएर गाउँका वरिष्ठ सामाजिक ब्याक्तित्वहरू काे राेहबरमा जानुका दाहाल ले रकम हस्तान्तरण गर्नु भएको थियोे । विरामीकाे भित्री हड्डीकाे बाेनम्याराे सुकेर शरिरबाट रगतकाे मात्रा उत्पन्न नहुने र त्यसकाे प्रत्यारोपण गर्न एवम् उपचार काे लागि धेरै खर्च हुने भएकोले सकदाे सहयोग गरिएको हाे । विरामी काे अार्थिक अवस्था कमजोर भएको, त्यति ठूलो रकम पूरा गर्न नसक्ने अवस्था रहेकोले सहयोग का लागि अपिल गरिएको थियोे । त्यस अनुसार सललाहका नेपालीहरूको सक्रियता मा सहयोग रकम संकलन गरि पठाईएकाे छ । साथै विरामीकाे सिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै अन्य संघ संस्थाहरू लाई सहयोग काे लागि अपिल समेत गरिएको छ ।

30/10/2019

अरेबियन सागरमा "क्यार" सचेत रहन दूतावासले गर्याे यस्तो अाग्रह
अारके श्रीवास्तव/अाेमान/कार्तिक १३
अरेबियन सागरमा गत साेमबार देखि समुन्द्रीक छालाको मात्रा अत्यधिक मात्रामा बढिरहेको खबर छ । अाेमानकाे माैसम पूर्वानुमान विभाग(PACA) का अनुसार ट्राेपिकल चक्रवात "क्यार" (Tropical cyclone "KYAAR") काे कारणले उत्त परिवर्तन अाईरहेकाे जनाईएको छ । समुन्द्रीक चक्रवात हाललाई त्यति हानि पुर्‍याउने नभए पनि केही दिन सम्म याे जारी रहने र यसकाे प्रभावले पानी पर्ने तथा माैसममा फेरबदल भईरहन सक्ने जानकारी समेत माैसम विभागले बताएको हाे । नेपाली राजदूतावास मस्कट अाेमानले एक सार्वजनिक सुचना जारी गरि नेपालीहरू लाई सचेत रहन अाग्रह गरेको छ । दूतावासले सूचनामा भनेकाे छ "अाेमानमा बस्ने सम्पूर्ण नेपालीहरूले समुन्द्रीक किनारकाे छेउछाउमा नजान हुन र जानै पर्ने काम पर्दा विशेष सजगता अपनाउन हुन अनुरोध गरिन्छ । " अाज मिति २०७६ कार्तिक १३ गते बुधबार दूतावासले यस्तो सुचना जारी गरेर जानकारी गराएको हाे ।

26/10/2019

यस वर्षको🕯️ दिपावलीमा लक्ष्मी माताले तपाईहरूको जिवनमा सुख समृद्धि लाउन । हाम्रो तर्फबाट शुभ दिपावली तथा तिहारको धेरै धेरै शुभकामना !!!🌺💐🎉
DIPAWALI 2019!!!
नेपाल बज्जिका पत्रकार संघ अाेमान

Photos from The Bajjika Press Association Oman बज्जिका पत्रकार संघ अाेमान's post 26/10/2019

नेपाली समाज अाेमानकाे तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य
अारके श्रीवास्तव/अाेमान/कार्तिक ०९
अाेमानमा रहेका नेपालीहरुले देउसिभैलाे खेलि एक अर्कोलाई शुभकामना साटासाट गरि तामझामका साथ यस सालकाे तिहार मनाएका छन् । नेपालीहरुकाे सबैभन्दा जेठो साझा संस्था नेपाली समाज अाेमानले हिजो २५ अक्टुबर २०१९ शुक्रबार का दिन मस्कटकाे अलमाहा हाेटेल गाेब्रामा शुभदिपावली तथा सांस्कृतिक कार्यक्रम २०१९ अायाेजन गरेको थियो । तिहार विशेष सांस्कृतिक तथा शुभकामना अादानप्रदान कार्यक्रमकाे अध्यक्षता नेपाली समाज अाेमानका अध्यक्ष दिल बा. राेकाले गर्नु रहेको थियो । प्रमुख अतिथिकाे रूपमा अाेमानका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकाल रहेकि थिईन् भने विशिष्ट अतिथि काे रूपमा समाजका पूर्व अध्यक्ष गाेबिन्द गुरुङ रहनु भएको थियो । अन्य अतिथिहरुमा गैरअावासीय नेपाली साेसल क्लब अाेमानका महासचिव रबिन सिल्पकार,अाेमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,नेपाली महिला समूह अाेमानकि उपाध्यक्ष गाेमा पान्डेमहत , नेपाली प्रवासी एकता मंच ओमानका कार्यदल सदस्य सोमकृष्ण श्रेष्ठ , विवेकशीलका राजेन्द्र खनाल ,नेपाली जनसम्पर्क समितिका महामन्त्री नवीन पंगेनि ,तामाङ समाजका उपाध्यक्ष पाशाङ तामाङ ,तमु समाजका अध्यक्ष पुर्ण तमु ,मगर समाजका उपाध्यक्ष रुपा पुन,दलित एकता संजालका काेषाध्यक्ष मान बा बिक,अन्तर्राष्ट्रिय साहित्य समाजका राजु तामाङ ,गुल्मी सेवा समाजका संरक्षक घनश्याम भन्डारि,बागलुङ समाजका अध्यक्ष खेम खडकाथाेकि ,पाल्पालि समाजका दिल मगर लगायतका अाेमानमा क्रियाशील सबै संघसंगठनका प्रतिनिधीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन नेपाली समाजकि काेषाध्यक्ष पार्बती श्रेष्ठ ,सचिव भिम प काेईराला र महिला बिभाग सदस्य धनकुमारि थारूले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य नेपाली समाजका संरक्षक तथा पूर्व अध्यक्ष लिलानाथ काेईरालाले राख्नु भएको थियो । कार्यक्रमकाे मिडिया पार्टनरकाे रूपमा घटना र बिचार डट कम , नेपाल बज्जिका पत्रकार संघ अाेमान सहित अन्य मिडियाहरू रहेका थिए र स्पोन्सर अलमुधिस कम्पनिबाट ताेलाकान्त भट्टराई ,अन्जान कार्कीले काेकाेकाेला चिसो पेयपदार्थ उपलब्ध गराउनु भएको थियो । ब्यानर बनाउन सहित अन्य सहयोग का लागि नेपाली समाजका पूर्व काेषाध्यक्ष चित्र बा थापामगर र सहयोगि याम बा गुरुङले अार्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रमको अाकर्षणकाे रुपमा नेपाली कला समुह अाेमानकाे देउसिभैलि गित र नृत्यले सबैलाई नेपाल अाफनै गाउँघर पाखापधेरिमा रमाउँदै गरेको जस्तै महसुस गराएको थियो । अर्को अाकर्षण अायाेजक संस्था नेपाली समाज र महिला समूहको संयुक्त भैलि खेल्ने कार्यक्रमले झन् उपस्थित सबैलाई मनमाेहक बनायो भने नेपाली समाजकि काेषाध्यक्ष पार्बती श्रेष्ठ र समाजकि महिला सदस्य सारदा तिवारीले अभिनय गर्नुभएको भाईटिका नाटक दिदी घरदेशमा र भाइ परदेशमा भाईटिकाकाे टेलिफोनमा दिदीभाईका कुराकानीले भने सबैलाई भावुक बनाएकाे थियो । सबैका अाँखा रसाएका थिए । कार्यक्रम अत्यन्तै हर्षाेउल्लासका साथ साैहार्द पुर्ण बाताबरणमा भएको थियो । तिहार लगायत सबै नेपालका चाडपर्वकाे शुभकामना दिनुहुँदै कार्यक्रमकि प्रमुख अतिथि महामहिम राजदुतले नेपाली समाज अाेमानले दूतावास लाई कार्यक्रममा निम्तो गरेकोमा हार्दिक धन्यवाद दिनुका साथै सबैलाई उत्तरराेतर प्रगतिको शुभकामना दिएकि थिईन् । अन्त्यमा कार्यक्रममा सहयोग गर्ने सहयोगि दाता,उपस्थित सबै संघसंगठनका प्रतिनिधिहरु ,स्थानीय कलाकारहरु र सबै नेपालीहरुमा तिहार लगायत सबै चाडपर्वहरुकाे शुभकामना दिदै अनि धन्यवाद दिदै नेपाली समाजका अध्यक्ष कार्यक्रमका सभापति दिल बा राेकाले कार्यक्रम बिसर्जन गर्नु भएकाे समाजले जनाएकाे हाे ।

23/10/2019

चाडवाडलाई लक्षित गरि दूतावासले अायाेजन गर्याे शुभकामना अादानप्रदान कार्यक्रम
अारके श्रीवास्तव/अाेमान/कार्तिक ६
वि.स. २०७६ सालको चाडवाडलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कट अाेमानले गत २०७६ कार्तिक ०२ गते नेपाली राजदूतवासमा एक शुभकामना आदान-प्रदान कार्यक्रम आयोजन गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्य तथा नेपाली चलचित्र ए मेरो हजुर-३ लाई ओमानमा प्रदर्शन गर्न आउनुभएका उक्त चलचित्रका निर्देशक तथा प्रोड्युसर झरना थापा तथा सुनील थापा र नायिका सुहाना थापा लगायतको अतिथिहरू उपस्थित रहेको थियो । अाेमानका लागि महामहिम राजदूत शर्मिला पराजुली ढकालले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घघाटन गर्नुभएको थियो ।नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएकाे थियोे ।
कार्यक्रममा ओमानमा बस्ने नेपाली दाजुभाई, दिदिबहिनीहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना प्रदान गरेका थिए । स्थानीय नेपालीहरूले कार्यक्रममा विभिन्न साँगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपालबाट पाल्नुभएका गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्यले बेजोड साँगीतिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा राजदूत ढकालले गएको बिजयादशमी, आउँदो तिहार, दिपावली,छठ पर्व तथा नेपाल सम्वत् ११४० , उधौली उभौली, अन्य सबै को शुभ अवसरमा ओमानमा बस्ने सबै नेपालीलाई सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै परदेशमा रहेर पनि नेपालको कला संस्कृति तथा परम्परालाई जहाँ भएपनि निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियोे । महामहिम राजदूतले नेपाली संगीत, कला, चलचित्रहरूले सकारात्मक सोचलाई बढावा दिने तथा समाज र राष्ट्र निर्माणमा समेत ठूलो योगदान दिन सक्ने विचार अभिव्यक्त गर्नु भएको थियोे ।
नेपाली संगीतको प्रबर्द्बनमा सहयोग गर्ने तथा नेपाली भाषाको गित गाउने पहिलो अरबिक गायक हाइथम रफि, गायकद्वय सत्यराज तथा स्वरूपराज आचार्यलाई नेपाली राजदूतावासको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियोे । श्रम सहचारी कृष्णा कुमारी गौलीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा करिब १०० जना नेपालीहरू, नेपाली राजदूतावासका कर्मचारीहरू तथा कर्मचारी परिवारहरूको उपस्थिति रहेको थियो ।

Photos from The Bajjika Press Association Oman बज्जिका पत्रकार संघ अाेमान's post 23/10/2019

बाेन म्याराे राेगीलाई नेपाल मगर संघ अाेमानकाे अार्थिक सहयोग
अारके श्रीवास्तव/अाेमान/कार्तिक ०५
नेपाल मगर संघ अाेमानले एक जना बाेन म्याराे राेगी लाई अार्थिक सहयोग रकम पठाएको हाे । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वार्ड नम्बर तीन बस्ने कुमारी रानाकी सत्र वर्षिय छाेरी विमला राना लाई अार्थिक सहयोग गरिएको हाे । नेपाल मगर संघ क्षेत्रीय समिति सललाह , पाेर्ट अफ सललाह र संघका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले संयुक्त रूपमा पैसा संकलन गरि रकम पठाएको छ । संघकाे तर्फबाट महासचिव कुशुम झेदी मगरले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियोे । अाेमान बाट चार सय तिरसठ्ठी रिअाे तीन सय बईसा अाेमानी रियाल,(नेपाली अक्षरेपी एक लाख पैतिस हजार पाँच सय पच्चीस रूपैयाँ) पठाईएकाे संघका उपाध्यक्ष यमु थापा मगरले जानकारी गराउनु भएको हाे । विरामी राणाकाे भित्री हड्डीकाे बाेन म्याराे सुकेर शरिरबाट रगतकाे मात्रा उत्पन्न नहुने र त्यसकाे प्रत्यारोपण गर्न एवम् उपचार काे लागि अठारह लाख खर्च हुने भएकोले संघ बाट सकदाे सहयोग गरिएको हाे । विरामी काे अार्थिक अवस्था कमजोर भएको, त्यति ठूलो रकम पूरा गर्न नसक्ने अवस्था रहेकोले सहयोग का लागि अपिल गरिएको थियोे । त्यस अनुसार संघको सक्रियता मा सम्पूर्ण सदस्यहरू सँग सहयोग रकम संकलन गरि पठाईएकाे छ ।

21/10/2019

दूतावासकाे "परदेशमा घरदेश" कार्यक्रम सम्पन्न
अारके श्रीवास्तव/अाेमान/कार्तिक ०५
नेपाली राजदूतावास मस्कट अाेमानकाे "परदेशमा घरदेश" कार्यक्रम सम्पन्न भएको छ । ओमानमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर दूतावासले राजधानी मस्कटमा वि.स. २०७६ कार्तिक ०१ गते यहाँ स्थित लुलु कम्पनीमा एउटा श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजन गरेको थियो । विदेशी भूमिमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, वहाँहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउने कार्यक्रमकाे उद्देश्यले रहेको थियो । कार्यक्रम नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै बितेको बडादशैं तथा आउँदो दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना व्यत्त गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावक को रूपमा रहेको जानकारी गराउनु भएकाे थियोे । कार्यक्रम मा दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा बाैल्दै बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफुलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोबैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा नेपाल बाट अाउनु भएका गायकद्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुति मार्फत करीब एक घन्टा उपस्थित श्रमिकहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । उपस्थित सबै श्रमिकहरूले उक्त कार्यक्रम लाई लिएर आएकोमा नेपाली राजदूतावास मस्कटप्रति आभार प्रकट गरेका थिए । यस अवसरमा लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको जनाईएकाे छ । नेपाली राजदूतावास आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्बता जाहेर गर्दछ र साथै नेपाली दूतावासलाई सम्पर्क गर्नु परेमा दूतावासको facebook: Embassy of Nepal in Muscat, Whatsapp/imo/ hot line: 79512490 मा सम्पर्क गर्न सकिने अाेमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी गराएकि हुन् ।

18/10/2019

नेपाली समाज अाेमानले तिहार विशेष देउसी भैलाे कार्यक्रम अायाेजन गर्दै
अारके श्रीवास्तव/अाेमान/कार्तिक १
अाेमानमा सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाज अाेमानले तिहार विशेष देउसी भैलाे कार्यक्रम अायाेजन गर्दैछ । यहि २५ अक्टोबर २०१९ शुक्रबारका दिन शुभ दिपावली तथा सांस्कृतिक कार्यक्रम २०१९ अायाेजन गर्दैछ । उत्त दिन सम्पूर्ण नेपालीहरूलाई समाजले चुलो निम्तो गरेको छ । मस्कट स्थित हाेटल अलमाहा गाेब्रामा बिहान ११ बजे कार्यक्रम तय गरिएको समाजले जनाएको हाे । शुभ दिपावली, छठ र उधाैली पर्वकाे अवसर पारेर तिहार विशेष सांस्कृतिक कार्यक्रम अायाेजन गर्न लागिएको जनाईएकाे छ । कार्यक्रममा प्रवेश शुल्क अाेमानी रियाल ३ राखिएको छ । अाेमानमा बस्ने नेपाली चेलीहरूले कार्यक्रममा देउसी भैलाे खेल्ने कार्यक्रम रहेको छ । गैरअावासीय नेपाली साेसल क्लब अाेमानकाे सहयोग तथा अलमुधिश कम्पनी काे प्रायाेजन मा भईरहेकाे कार्यक्रमकाे मिडिया पार्टनरकाे रूपमा घटना र विचार डट कम, नेपाल बज्जिका पत्रकार संघ अाेमान र प्रवास खबर डट कम रहेकाे छ । नेपाली समाज अाेमानकाे यस प्रस्तुतिमा पर्यटन वर्ष २०२० लाई सफल पार्न प्रचार प्रसार गरिनेछ । अाेमानमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारि दिनु हुन नेपाली समाज अाेमानका अध्यक्ष दिल राेक्काले विनम्र अाग्रह गर्नु भएको छ ।

17/10/2019

राजदूत ढकाल र अाेमानकाे तेल तथा ग्यास मन्त्रालयका सचिव बिच द्विपक्षीय भेटघाट
अारके श्रीवास्तव/अाेमान/असाेज २९
अाेमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र अाेमानकाे तेल तथा ग्यास मन्त्रालयका सचिव सालिम नासेर अल अाैफी बिच द्विपक्षीय भेटघाट भएको छ । सचिव अाैफीकाे कार्यकक्षमा २०७६ असाेज २६ गते अाईतवार का दिन भएको भेटघाट साैहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा विविध विषयमा छलफल भएको बुझिएको छ । भेटमा अापसी व्यापार तथा लगानीकाे विषयमा विचारविमर्श भएको थियोे । राजदूत ढकालले नेपालकाे पछिल्लो अवस्था बारे जानकारी गराउँदै हाल लगानीकाे लागि नेपालमा उत्कृष्ट वातावरण रहेको व्यहाेरा अवगत गराउनु भएको थियो । जवाफमा सचिव अाैफीले व्यापार तथा लगानीकाे क्षेत्रमा सहकार्यको लागि अाेमान प्रतिबद्ध रहेको अाश्वस्त पार्नु भएको थियो । महामहिम राजदूत ढकालले भेटकाे अवसरकाे लागि अाेमानी सचिवलाई धन्यवाद ज्ञापन गर्दै नेपाल र अाेमानबिच सहकार्य जारी राख्न निरन्तर प्रयत्न जारी राख्ने उल्लेख गर्नु भएको थियो । यस अवसरमा अाेमानकाे तेल तथा ग्यास मन्त्रालयका बरिस्ठ पदाधिकारीहरूकाे उपस्थिती रहेको नेपाली राजदूतावास मस्कट अाेमानले जनाएको हाे ।

16/10/2019

दूतावासले दशैं-तिहारकाे अवसर पारेर शुभकामना अदान-प्रदान कार्यक्रम अायाेजन गर्ने
अारके श्रीवास्तव/अाेमान/असाेज २९
नेपाली राजदूतावास मस्कट अाेमानले दशैं-तिहार,छठ पर्व तथा नेपाल संवत् १४४० संयुक्त अवसर पारेर शुभकामना अदान-प्रदान कार्यक्रम अायाेजन गर्ने भएको छ । अाउँदाे १९ अक्टोबर २०१९(२ कार्तिक २०७६) शनिबार का दिन साँझ ४ बजे कार्यक्रम अायाेजन गरिने जनाईएकाे छ । मस्कट स्थित राजदूत निवासकाे हलमा कार्यक्रम राखिएको बताईएकाे छ । यस अवसरमा सत्यराज अाचार्य तथा स्वरूपराज अाचार्य र अन्य स्थानीय कलाकारहरू काे द्वारा सांगीतिक प्रस्तुति प्रस्तुत गरिने छ । कार्यक्रमकाे लागि अाैपचारिक तथा नेपाली पहिरन अनिवार्य गरिएको छ । थप जानकारी काे लागि ७१५९२४९० नम्बरमा सम्पर्क गर्नकाे लागि दूतावासले अाग्रह गरेको छ । अाेमानमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू लाई शुभकामना साटासाट गर्नकाे लागि कार्यक्रममा उपस्थिति जनाईदिनु हुन नेपाली राजदूतावास मस्कट अाेमानले अनुराेध गरेकोछ ।

14/10/2019

प्रवासी नेपाली एकता मञ्च अाेमानकाे दशैं विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
अारके श्रीवास्तव/अाेमान/असाेज २७
मस्कटमा प्रवासी नेपाली एकता मञ्च ओमान काे दशैं विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ११ अक्टोबर २०१९ शुक्रबार का दिन मस्कट काे हाेटल अलमाहा गाेब्रामा बृहत् सांस्कृतिक कार्यक्रमकाे अायाेजन गरिएको थियोे । मञ्चका कार्यदल सदस्य उमेश विश्वकर्माको अध्यक्षता र नेपाली राजदूतावास मस्कट ओमान कि श्रमसहचारी कृष्ण कुमारी गौलीकाे प्रमुख अातिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमकाे लागि नेपाल बाट आउनु भएका जनवादी गायक जेबि टुहुरे विशिष्ट अतिथिकाे रूपमा रहनु भएको थियो । साथै अतिथिमा लोक गायिका तुलसी घर्ती मगर रहनु भएको थियोे । यस अवसरमा अतिथिहरू नेपाली जनसम्पर्क समिति ओमानका महामन्त्री नवीन पंगेनी ,ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, नेपाली समाज ओमानका दिल रोका ,गैर अावासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष विकल झा , म्याग्दी प्रवासी संघ मोना ओमानका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमान कि अध्यक्ष मधु गुरुङ्ग ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ ,बुद्ध भिजन ओमान,तमु समाज ओमान,नेपाल मगर संघ ओमान, दलित एकता संजाल ओमान , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमान, गुल्मी सेवा समाज ओमानका प्रतिनिधि हरू सहित सयौं नेपालीहरूकाे सहभागीता रहेको थियो ।
कार्यक्रमको प्रारम्भ ज्ञात -अज्ञात सहिदहरु प्रति मौन धारण गरिएको थियोे । मैन बत्ती बालि राष्ट्रिय धुन बजाई कार्यक्रमको उदघाटन गरीएको थियो । कार्यक्रममा मञ्चका सदस्य लिला नाथ कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथी लगायत उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरूले दशैँ शुभकामना मन्तब्य राखेका थिए । श्रमसहचारी गौलीले संस्थाका कार्यक्रम अध्यक्ष उमेश विश्वकर्मालाई टीका लगाउनुकाे साथै उपस्थित सबैलाई टीका जमरा लगाई दिनु भएको थियो । कार्यक्रमकाे संचालन पुर्ण विश्वकर्माले कार्यक्रम संचालन गर्नु भएको थियो । गायक जेवि टुहुरे र गायिका घर्ती मगरको प्रस्तुतिले हलमा रहेका दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल हुनु भएको थियोे । साथमा ओमान स्थित स्थानिय नेपाली कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले सांस्कृतिक कार्यक्रम लाई थप रौनकता थपेको थियो । कार्यक्रममा गायक जेवि टुहुरे,लोक गायिका तुलसी घर्ती मगर, प्रमुख अतिथि श्रमसहचारि कृष्ण कुमारी गौली लाई मञ्चका कार्यदल सदस्य उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल,सोम कृष्ण श्रेष्ठले प्रमाणपत्र खादा ओढाएर सम्मान गर्नु भएको थियो । कलाकार द्वय लाई नेपाल मगर संग ओमानले ओमानी चिनो प्रदान गर्दै सम्मानित गरेको थियो । कार्यक्रमकाे मिडिया पार्टनरकाे रूपमा घटना र विचार डटकम , नेपाल बज्जिका पत्रकार संघ अाेमान, प्रवास खब, डट कम , संसार न्यूज डट कम , ईरूप्से डट कम रहेका थिए । अन्त्यमा कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले कार्यक्रम सफल पार्न काे लागि नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण स्पोनसर, मिडिया पार्टनर सहयोगी उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

11/10/2019

अाेमानमा नेपाली चलचित्र 'ए मेराे हजूर ३'अक्टोबर १८ मा भव्य प्रदर्शन हुँदै
अारके श्रीवास्तव /अाेमान/असाेज २४
झरना थापा काे निर्देशन, सुनिल कुमार थापा द्वारा निर्मित र सुहाना ईन्टरटेनमेन्ट काे प्रस्तुति ' ए मेराे हजूर ३ ' अाेमानमा भव्य प्रदर्शन हुन गईरहेकाे छ । नम्रता झा र राजकुमार न्याैपानेकाे व्यवस्थापन मा अाउँदाे अक्टोबर १८ तारिक सन २०१९ शुक्रवार का दिन राजधानी मस्कट स्थित लुनार सिनेमा हल अल कुरूममा भव्य प्रदर्शन काे लागि तयारी गरिएको छ । प्रदर्शन काे दिन हाउसफुल बनाउन तयारी भईरहेकाे व्यवस्थापन पक्षले जनाएको हाे । प्रदर्शनमा ' ए मेरो हजूर ३ ' का नेपाली कलाकारहरू निर्देशक झरना थापा , निर्माता सुनिल कुमार थापा, सुहाना थापा तथा अन्य सेलिब्रेटिहरू पनि फिल्म हेर्न अाेमान अाउन लागनु भएको र प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि काे रूपमा अाेमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई अामन्त्रण गरिएको साे व्यवस्थापक नम्रता झाले बताईन् । नेपाली कलाकार हरुको साथ मा फिल्म हेर्न का लागि नछुटन उनले अाग्रह गरिन् । चलचित्रमा मेगा स्टार अनमाेल केसी, अर्पण थापा , सालाेन बस्नेत , रबिन्द्र झा, रूपा घिसिङ , रक्षा गाैतम सहितका अन्य कलाकारहरूले अभिनय गरेका हुन् । १८ अक्टोबर २०१९ का दिन दिउँसो २ बजे चलचित्र प्रदर्शन हुनु भन्दा अगाडि फिल्मका कलाकार हरु को साथमा मिट एण्ड ग्रिट कार्यक्रम रहेको अर्का व्यवस्थापक न्याैपानेले बताए । ईच्छुक महानुभावहरू का लागि टिकट बुकिङ सुरू गरिएको छ । चलचित्र प्रदर्शन लाई भव्य रूपमा सफल पारिदिनु हुनकाे लागि सम्पूर्ण अाेमानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा उपस्थितिकाे लागि साे व्यवस्थापकले हार्दिक अनुरोध सहित चुलाे निम्तो दिएको छ ।
विशेष जानकारी काे लागि :-
साे व्यवस्थापक
👉️नम्रता झा
👉️राजकुमार न्याैपाने
माेबाईल नम्बर 7177122
👉️प्रवेश शुल्क:- अाेमानी रियाल ३.५ मात्र
👉️प्रदर्शन हुने स्थान:-लुनार सिनेमा अल कुरूम मस्कट
👉️समय:- चलचित्र प्रदर्शन हुने समय दिउँसो ३ बजे
👉️मिति:-१८ अकटुबर २०१९ शुक्रबार

Want your business to be the top-listed Government Service in Salalah?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Salalah