Kul Bahadur Shrestha

Kul Bahadur Shrestha

Udostępnij

Social Worker

Photos from Kul Bahadur Shrestha's post 23/05/2026

प्रिय बहिनी Soru Pokhrel र भाई SU Maan Sumn लाई धेरै धेरै बधाई। सानी परी “शुभान्सी” को आगमनले घरभरि खुशी, हाँसो र उज्यालो भरियोस्। नानी शुभान्सी सधैं स्वस्थ, सुखी रहनु यस धर्तीमा सानी शुभान्सीलाई हार्दिक स्वागत छ 👣 💐🙏

12/05/2026

SEE परीक्षामा उत्कृष्ट नतिजा सहित A+ GPA प्राप्त गरी उत्तीर्ण हुन सफल भएकी मेरी प्यारी छोरी सुआनी श्रेष्ठलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको अनन्त शुभकामना👸💐

तिम्रो मेहनत, लगनशीलता र आत्मविश्वासको यो सुन्दर सफलताले हामी सबैलाई अत्यन्त गर्व महसुस गराएको छ। आगामी दिनहरूमा पनि शिक्षा, संस्कार र सफलताको मार्गमा निरन्तर अगाडि बढ्दै अझै उच्च शिखर चुम्नेछिन् भन्ने पूर्ण विश्वास लिएको छु।

यस महत्वपूर्ण सफलताका लागि मार्गदर्शन गर्नुहुने आदरणीय गुरुवर्ग, विद्यालय परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा शुभेच्छा र साथ दिनुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक नमन तथा धन्यवाद। 🙏

Tanka Dahal 21/04/2026

देशलाई भ्रष्टाचारमुक्त बनाई विकासको बाटोमा अघि बढाउनु असम्भव होइन, तर त्यसका लागि इमानदार नेतृत्व, जिम्मेवार सरकार र सचेत नागरिकको आवश्यकता पर्दछ। आज देशले नयाँ सोच, नयाँ नेतृत्व र पारदर्शी शासनको अपेक्षा गरिरहेको छ।
यदि सरकार जनताको चाहना अनुसार इमानदारीपूर्वक अघि बढ्यो भने, समृद्ध र विकसित देश बनाउने सपना अवश्य पूरा हुन सक्छ। हामी निराश होइन, आशावादी बन्नुपर्छ किनकि परिवर्तन सम्भव छ। आजको आवश्यकता नयाँ सरकारले पूरा गर्नेछ?
हामी सबैको एउटै चाहना देशमा विकास, शान्ति र सुशासन।
आशा गरौँ त्यो सुनौलो दिन टाढा छैन सम्भव छ हाम्रै पालामा।
जय नेपाल🇳🇵
#युवासरकार #अवबन्छदेश

Tanka Dahal 157 likes, 16 comments. "Can B***n Shah Become Nepal’s Lee Kuan Yew? | Tanka Dahal"

13/04/2026

नेपाली नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
#ढाकाटोपी #शुभकामना

प्रतिपक्ष — 100 Point Accountability Dashboard 30/03/2026

नेपाल सरकारले प्रकाशित गरेको १०० बुँदे कार्ययोजनाको स्वतन्त्र अनुगमन। प्रत्येक प्रतिबद्धता ट्र्याक गरिएको। प्रत्येक निर्णय प्रश्न गरिएको। बास्तवमा भन्नु पर्दा अहिले नेपाल सरकारको प्रतिपक्ष भनेकै नेपाली जनता हो। नेपाली जनताले यो तल लिङ्कमा क्लिक गरी यो सरकारको १०० बुँदे कार्ययोजना के हुदैछ हेर्न सक्नु हुनेछ। ➡️https://pratipakchya.com/
#युवासरकार #कामगरसरकार #अवबन्छदेश

प्रतिपक्ष — 100 Point Accountability Dashboard Tracking Nepal's government 100-point plan. जनताको आवाज। सत्ताको जवाफ।

18/03/2026

देश विकास, भ्रष्ट्रचारको अन्त्य, देशमा शु-शासन आउने आशाको मुना पलाएको छ। यही पुस्ताले देश बनाउने छ।
जय यूवा जय देश जय नेपाल🇳🇵

सांसदहरूलाई निर्देशनहरू, अनुशासन र जिम्मेवारीको प्रशिक्षण

• गल्ती गर्ने सांसदलाई फिर्ता बोलाउने 'राइट टू रिकल' कडाइका साथ लागू हुनेछ।
• सांसदहरू कडा अनुशासनमा बस्नुपर्छ। पदको घमण्ड देखाउने छुट छैन।
• मन्त्री बन्न दबाब दिने वा मिडियाबाजी गर्न पाइनेछैन। पार्टीले क्षमता हेरेर निर्णय गर्नेछ।
• यो ऐतिहासिक जिम्मेवारी हो। जनताको भरोसालाई हरेक दिन महसुस गर्नुपर्छ।
• हरेक भोटको जिम्मेवारी महसुस गर्नु होला।
• मन्त्री बनाइदिनु भन्दै नआउनु होला।
जनतासँगको सम्बन्ध र सेवा
• सेमिनारमा होइन, गाउँटोल पुगेर जनताका कुरा सुन्नुपर्छ। नागरिकको दुःखप्रति सांसद नै जिम्मेवार हुनेछन्।
• नागरिकसँग सधैँ नजिक रहनु होला।
• आफ्नो क्षेत्रमा मात्रै बजेट नलानु होला।
• सामाजिक न्याय स्थापित गर्नुपर्छ। प्रतिनिधित्व हुन छुटेका समुदायलाई प्राथमिकताका साथ समेटिनेछ।
कार्यशैली र व्यवहार
• अरूलाई ज्ञान बाँड्नु अघि संसदीय प्रक्रिया र जनसरोकारका विषयमा निरन्तर अध्ययन गर्नुपर्छ।
• आलोचकलाई गालीगलौज गर्नु हुँदैन। असहमतिलाई मर्यादित रूपमा ग्रहण गर्नुपर्छ।
• शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीमा भाषण होइन, परिणाममुखी काम गर्नुपर्छ।
• मिडियामा अभिव्यक्त हुनु अघि छलफल गर्नुहोला।
• स्वार्थ समूहको घरमा दौडधुप नगर्नुहोला।
• गुट बनाउने काम नगर्नुहोला।
• विचौलियाको पानी खानु अघि शहीदकी आमा सम्झनुहोला।
स्वास्थ्य र नैतिकता
• प्रशस्त पानी पिउनुहोला।
• लामो समयसम्म शौचालय नरोक्नुहोला।
• समाजको सपनाको भारी बोक्नुहोला।
• यो अवसर अर्को पुस्तालाई साँच्ने छुट छैन।
📢 भनाई रवी लामीछाने
***n #जययुवा #अवबन्छदेश

06/03/2026

आयो है काग्रेसबाट
सम्मानीय बिश्व प्रकास ज्यु तपाई कै पार्टी काग्रेसको अहमता र आफ्नै घमण्डले यो हबिगत बनाईदियो। नेपाली जनतालाई भेडाको संघ्या दिनु नै महा भुल भयो आफ्नो देशको हित र जनताको पक्षमा बोल्नु पर्दा चुप लाग्नु भो। काटेको रुख त ठाडो पर्न सकिदैन तर बृक्षरोपण गर्नु होला भविब्य पक्कै पनि मुना पलाउने छ शुभकामना।

तपाईहरुकै कारणले गर्दा भन्न मन लाग्यो
I LOVE YOU Rabi Lamichhane & B***n ❤️🫶🤫

04/03/2026

प्रिय नेपाली बा-आमाहरु🙏
विशेषत नेपाली काग्रेस, नेकपा एमाले र नेकपा तारा ति पार्टीहरुको भ्रष्ट्र नेताहरुको करणले देशमा सु-शाशन कायम गर्न नसक्नु, हरेक सरकारी कार्यालयमा दक्ष भन्दा आफ्नो मान्छेलाई भर्ति केन्द्र बनाउने, छिमेकी देशहरु संग अ-समान सन्धी संम्झौंता गर्ने, उद्योग कल कारखाना बेचेर देशलाई आर्थिक रुपमा कंगाल बनाउने, युवाहरुलाई विदेश पलायन गर्न बाध्य पार्ने देशको ढुकुटी रित्याएर आफ्नो ढुकुटी भर्ने त्यस्ता पार्टीका उमेध्दवार नेताहरुलाई गल्ली-गल्ली, टोल-टोल, गाउँ-गाउँबाट, वडा-वडा, बस्ति-बस्ति, शहर-शहरबाट फाल्गुन २१ हुने चुनाबमा तपाईहरुले मत मार्फत बहिष्कार गरेको देखाईदिनु होला। म कारणवस नेपाल आउन सकिन अरु छोराहरु पनि आउन सकेने होला तर देशका सुख शन्ति समृद्धिका र सु-शाशनको लागि सक्षमलाई भोट दिनुहोला पक्कै पनि देश बनाउने छ मेरा प्रिय नेपाली बा-आमाहरु। सधैंको लागि यो छोरो देश फर्कने आशामा छु।
उही विदेशीयको छोरो
कुल बहादुर श्रेष्ठ
वार्सा, पोल्याण्ड
#निर्वाचन #फाल्गुन२१ #देशकोलागि #राष्ट्रप्रेमी #नेपालीजनता #सचेतनागरिक #अबसोचौ

22/02/2026

आजको मुख्य
- सचेत युवाले निर्वाचन स्थल सुरक्षित गरौं नेपाल सरकारलाई सहयोग गरौं।

- कांग्रेसको महान पण्डितले भन्नु हुन्छ "४१ कानून फेर्न नसेकेर देश बिकास गर्न रोकेको"

-गुन्डु राजको कसम "मलाई थाहा छ पहिला संसद भवन जल्यो पछि गोली चल्यो"

हे भगवान के बोलेको..... आम नेपाली नागरिकको हिसाबले म स्वतन्त्र ब्यक्ति कुनै पनि पाटीमा आबध्द छैन तर राम्रो काम गर्ने ५ बर्ष टिक्ने सरकार आउनु पर्छ। देश परिवर्तन, भ्रष्ट्रचारको अन्त्य गर्नु पर्छ, कानुनको कार्यनयन गर्ने सरकार बनाउन मत चै परिवर्तन फाल्गुन २१ गर्नु नै पर्छ।

ऐमाले र काग्रेस आफ्नै कारणले सक्किने भयो।
अब केही भन्नु छैन......मात्र यति मुईया लागेर आउछ।
देश परिवर्तन आजको आवश्यकता
#राष्ट्रप्रेमी #सचेतनागरिक #अबसोचौ #नेपालीजनता

21/02/2026

एक चोटी बा को कुरो सुनौं है।
ऐमाले सन्केको,
काग्रेस नाप्पेको,
माओबादी खुल्केको
मलाई चाई घत्त लाग्यो है 🫡।
#राष्ट्रप्रेमी #सचेतनागरिक #अबसोचौ #नेपालीजनता

08/02/2026

नेपाल क्रिकेट टिमको म्याच आजबाट ICC MEN’S T20 CRICKET WORLD CUP 2026 मा खेल हुदैछ जितको शुभकामना।
विजयी भवः

Chcesz aby twoja firma była na górze listy Usługa Rządowa w Warsaw?

Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.

Lokalizacja

Telefon

Strona Internetowa

Adres


Aleja Jana Pawla II 18
Warsaw
00-116