17/04/2026
मातातीर्थ औंसी
(आमाको मुख हेर्ने दिन) को शुभकामना
Dane kontaktowe, mapa i wskazówki, formularz kontaktowy, godziny otwarcia, usługi, oceny, zdjęcia, filmy i ogłoszenia od RSP Poland प्रवास नेपाली सम्पर्क विभाग, पोल्यान्ड, Partia polityczna, Warsaw.
हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित र
17/04/2026
मातातीर्थ औंसी
(आमाको मुख हेर्ने दिन) को शुभकामना
16/04/2026
14/04/2026
नयाँ वर्ष २०८३ को शुभकामना!
नयाँ वर्ष २०८३ को सुखद अवसरमा प्रवास नेपाली सम्पर्क विभाग, पोल्याण्डको तर्फबाट पोल्याण्डबासी तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो वर्ष हामी सबैका लागि उत्साहजनक र उपलब्धिमूलक रहोस्।
शुभेक्षासहित,
प्रवास नेपाली सम्पर्क विभाग, पोल्याण्ड
05/04/2026
प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल ज्यू निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
05/04/2026
परराष्ट्रमन्त्री शिशिर खनालको 'पावरफुल' पहल ! पोर्चुगलमा कागजातको समस्याले अनिर्णित भविष्य बोकेर बसेका २ हजार भन्दा बढी नेपालीका लागि मन्त्री खनालले सिधै पोर्चुगलका परराष्ट्रमन्त्रीसँग वार्ता गरी समाधानको बाटो खोल्नुभएको छ।
नक्कली छाप र कानुनी उल्झनमा परेका हाम्रा दाजुभाइ-दिदीबहिनीलाई न्याय दिलाउन मन्त्री खनालले देखाएको यो सक्रियता साच्चै प्रशंसायोग्य छ। 'जहाँ नेपाली, त्यहाँ सरकार' भन्ने आभास दिलाउँदै खनालले पर्यटन, जलविद्युत् र कृषिमा पनि सहकार्य बढाउने नयाँ खाका कोर्नुभएको छ। अब पोर्चुगलमा नेपालीको भविष्य सुरक्षित हुने भो!
तपाईँको विचार:
के तपाईँलाई लाग्छ शिशिर खनाल जस्ता युवा र भिजनरी नेता परराष्ट्र मन्त्रालयमा आउँदा विदेशमा रहेका नेपालीले साच्चै अभिभावक पाएका हुन्? मन्त्री खनालको यो कदम तपाईँलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोस्।
📢सबैको उपस्थितको लागि अत्यन्त जरुरी सूचना!! 📢
पोल्यान्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी,विद्यार्थी, व्यवसायी, श्रमिक तथा विभिन्न संघ–संस्थामा आबद्ध सम्पूर्ण नेपाली महानुभावहरूलाई जानकारी गराउन चाहन्छौँ कि, हामीले भोग्दै आएको समस्याहरुको समाधानका लागि नेपाल सरकारसमक्ष पहल गर्न लागेका कुरा यहाहरु लाइ जानकारी गराइ सकेको छौ । केही साथीहरूको गुनासा इमेलमार्फत आइसकेको छ। तसर्थ हामीले अझ सबै नेपाली सङ ब्यापक छलफल गरेर समग्र समस्याहरूलाई एकीकृत रूपमा उठान गर्दै नेपाल सरकारलाई प्रभावकारी रूपमा दबाब सिर्जना गर्न, हामी सबैको एकताबद्ध उपस्थिति अत्यन्त आवश्यक भएको छ।यसै सन्दर्भमा,भोलि मिति २०२६ अप्रिल ५,आइतबार साँझ ५ बजे, स्थान Taste of Asia Puławska 80 warsaw मा आयोजित छलफलमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। उक्त भेटघाटमा हामी सबै मिलेर साझा एजेन्डा तयार पार्नेछौँ र हाम्रो साझा समस्याहरूलाई संगठित रूपमा नेपाल सरकारसमक्ष पेश गर्नेछौँ। त्यसैले, कृपया ढिलो नगरी समयमै उपस्थित भई दिनुहुन हार्दिक अनुरोध छ।
नमस्कार, पोल्यान्डमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू, विद्यार्थी, व्यापारी, श्रमिक, र विभिन्न संस्थामा आबद्ध नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई। हामी नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई हाम्रो समस्या समाधानका लागि छिटो भन्दा छिटो सम्बोधन गर्न आग्रह गर्नेछौं। हामीले पठाउने तयारी गरिरहेका छौं, आशा छ, सरकारले सबै समस्या समाधान गर्नेछ। यहाँ हामीले समस्या र तिनको समाधानबारे लेखेका छौं; तपाईंहरू सबैले इमेलमार्फत आफ्ना समस्या पठाउन सक्नुहुन्छ। कृपया, तल लेखिएका समस्याहरूभन्दा फरक भएमा मात्र पठाउनुहोस्, किनभने समस्या र समाधान दोहोरिएर फेरि प्रक्रिया लम्बिने हुन सक्छ, जसले हाम्रो फिल्टरिङमा पनि समय खर्चिनेछ। हामीले तल लेखेका समस्या र समाधानबाहेक अरू कुनै भएमा मात्र इमेल गर्नुहुनेछ, यो कदम छिटो समाधानका लागि जरूरी छ।
मुख्य समस्याहरू (Key Issues)
● राहदानी नविकरण समस्या: पोल्याण्डमा दूतावास नहुँदा बर्लिन जानुपर्ने बाध्यता, जसले कानुनी बसोबासमै जोखिम सिर्जना गरेको छ।
● कागजात प्रमाणीकरण समस्या: बसोबास प्रक्रिया चलिरहेका नागरिकहरू जर्मनी जान नसक्दा ‘deadlock’ अवस्था।
● उच्च सेवा शुल्क: आम्दानी अनुसार अनुपयुक्त शुल्क संरचना।
● मृत्यु पश्चात सहयोग अभाव: शव नेपाल पठाउन समुदाय (NRNA) ले नै पैसा उठाउनुपर्ने अवस्था—सरकारी संरचना छैन।
● बर्लिन दूतावास सेवा कमजोर: फोन, इमेल, कर्मचारी अभाव र सेवा ढिलाइ।
● राजदूत अभाव: प्रभावकारी कूटनीतिक नेतृत्व नहुँदा समुदायमा विश्वास कमजोर।
● बैंकिङ समस्या: खाता खोल्न कठिन, लेनदेनमा अवरोध, अतिरिक्त कागजात—grey list प्रभाव।
● VFS नयाँ दिल्ली समस्या: अपोइन्टमेन्ट नपाउने, एजेन्टमार्फत अवैधानिक शुल्क तिर्नुपर्ने बाध्यता।
मुख्य समाधान तथा प्रस्तावहरू (Key Recommendations)
● पोल्याण्डमा नेपाली दूतावास स्थापना (प्राथमिकता):
→ बढ्दो नेपाली समुदायका लागि अत्यावश्यक
● वैकल्पिक रूपमा कन्सुलर सेवा स्थापना:
→ पासपोर्ट, प्रमाणीकरण, आपतकालीन सेवा पोल्याण्डमै
● दूतावास संरचना सुधार:
→ बर्लिन दूतावासको workload घटाउने
→ दक्ष जनशक्ति र सक्षम राजदूत नियुक्ति
● क्षेत्रीय दूतावास मोडल: (उदाहरणका लागि )
→ पोल्याण्डबाट (Poland, Lithuania, Ukraine, Romania, Bulgaria) व्यवस्थापन
● सेवा शुल्क पुनरावलोकन:
→ देश अनुसार आम्दानीमा आधारित शुल्क
● आपतकालीन सहायता कोष:
→ मृत्यु तथा आपतकालीन अवस्थामा सरकारी सहयोग
● बैंकिङ समस्या समाधान:
→ पोल्याण्ड सरकारसँग कूटनीतिक समन्वय गरी नेपाली नागरिकको वित्तीय पहुँच सहज बनाउने
● VFS समाधान:
→ नेपालमै पोल्याण्ड भिसा अपोइन्टमेन्ट उपलब्ध गराउने व्यवस्था
प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्ड
राष्ट्रिय स्वतन्त्र पार्टी Email [email protected]
27/03/2026
प्रधानमन्त्री श्री बालेन्द्र साहज्यू लगायत सम्पूर्ण नवनिर्वाचित मन्त्रीमण्डललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
जनताले दिएको स्पष्ट जनादेशको सम्मान गर्दै भ्रष्टाचार निर्मूल पार्ने, दोषीलाई दण्डित गर्ने र सुशासन स्थापित गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नुहोस्। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका स-साना समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्दै सरकार भएको अनुभूति जनतामा दिलाउन सफल हुनुहोस् भन्ने विश्वास लिएका छौँ।
समृद्ध नेपाल निर्माणका लागि यहाँहरूको निर्णय, योगदान र सहकार्य प्रभावकारी बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
राष्ट्रिय स्वोतन्त्र पार्टी
सम्पर्क विभाग,पोल्यान्डl
18/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू 🇳🇵🔔💙🙏
15/01/2026
माघे संक्रान्ति तथा माघी पर्वको सम्पुर्णमा शुभकामना ।