पैयुँ बिहादी पर्वत समाज पोर्चुगल

पैयुँ बिहादी पर्वत समाज पोर्चुगल

Compartilhar

social service

12/11/2025

पोर्चुगलमा कामदार भिजा बन्द भएको सम्बन्धि सुचना

पोर्चुगल सरकारबाट २३ अक्टोबर २०२५ देखि लागुहुने गरि कामदार भिजा पुणरुपमा बन्द गरेको भनी नेपालि राजदुतावास लाई जानकारी गराएको सुचना छ । अब पोर्चुगल पठाउछु / जान्छुभनेर कुनैपनी ब्यक्ति मेनपावर कम्पनी देखि नफस्नु नफसाउनुहोला ।

Photos from पैयुँ बिहादी पर्वत समाज पोर्चुगल's post 29/10/2025

घुम्ती शिविर हुने सम्बन्धि सुचना

24/10/2025

रमाइलो तिहार 💫
पोर्तुगलमै ६ जना दाजुहरूलाई टीका लगाउन पाउने भाग्यमानी अस्मिता बैनीलाई हार्दिक शुभकामना 🌺❤️

22/10/2025

हिन्दु नेपाली हरुको दोस्रो महान पर्व शुभ दिपावली ( भाइटिका ) को पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी हरुमा सुख शान्ती एबम समृद्धि को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

02/10/2025

हिन्दु नेपालिहरुको महान पर्व विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।

27/08/2025

हिन्दु नेपाली नारी हरुको महान पर्व हरितालिका तिजको अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमा दिदिबहिनी हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।

16/05/2025

सुशी सम्बन्धी काम को अनुभव भएको लाई आमादोरा उँबु महल मा काम को अवसर छ
सम्पर्क नं राजु क्षेत्री 920553134

21/04/2025

पोर्चुगल लिस्वन स्थित नेपाली राजदुतावास को अत्यन्त जरुरी सुचना

कागजात प्रमाणित गर्ने सम्बन्धमा जरुरी सूचना

यस राजदूतावासबाट मिति २०८२।०१।०३ (तदनुसार १६ अप्रिल २०२५) देखि राजदूतावासबाट कन्सुलर सेवा प्रदान गरिंदै आएको सबैलाई विदितै छ । यस राजदूतावासको सेवा शुरु भएदेखि नै कागजात प्रमाणिकरणका लागि सेवाग्राहीहरुको अत्याधिक भिड रहँदै आएको र हालसम्म करिव ९०० भन्दा बढी सेवाग्राहीहरुले यस राजदूतावासबाट सेवा लिइसक्नु भएको व्यहोरा जानकारी गराइन्छ ।

सेवा लिने सेवाग्राहीहरु मध्यरातदेखि नै राजदूतावास वाहिर ठूलो भिड लाग्ने गरेको हुँदा अत्याधिक होहल्ला तथा बाधा पुगेको लगायतका कारण असहज अवस्था उत्पन्न भएकोले छिमेकीहरुबाट वकिलमार्फत प्रहरी, स्थानीय निकाय तथा अन्य सम्बन्धित निकायमा राजदूतावास बिरुद्ध कानूनी कारवाही गर्न तथा सेवा रोक्नका लागि पहल हुन सक्ने जानकारी प्राप्त भएको हुँदा आगामी दिनमा कन्सुलर सेवालाई सहज, सरल एवं नियमित बनाउन देहाय बमोजिमको व्यवस्था गर्न लागिएको हुँदा अनिवार्य रुपमा उपरोक्त व्यवस्थाको पालना गर्नु गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ।

१. आज अर्थात २१ अप्रिल २०२५ मा नाम टिपाएका सेवाग्राहीहरुमध्ये भोलि अर्थात २२ अप्रिल २०२५ का दिन जम्मा २०० जना सेवाग्राहीहरुको मात्र कागजात प्रमाणिकरणको काम हुने भएकोले उक्त लिष्टमा भएका ५०० नं. सम्म नाम टिपाएका सेवाग्राहीहरु मात्र सेवा लिन आउने।उक्त २०० जना सेवाग्राहीहरु पनि विहानको ९ वजे मात्र राजदूतावास आउने । लिष्टमा भएको सिरियल नं. अनुसार सेवा पाउने भएको हुँदा छिटो आउन आवश्यक नभएको ।

२. २३ अप्रिल २०२५ देखि अनिवार्य रुपमा अपोइन्टमेन्ट सिस्टम लागू हुने भएको हुँदा हरेक दिन अपोइन्टमेन्ट लिएर मात्र सेवा प्राप्त हुने भएकोले अन्य सेवाग्राहीहरुलाई राजदूतावासबाट सेवा उपलव्ध गराइने छैन।अपोइन्टमेन्ट लिंदा समेत यस अघि प्रकाशित सूचनामा उल्लेख भएबमोजिम फाल्ताको मितिलाई प्राथमिकता दिइने भएकोले फिङ्गर हुने डेटको ३ दिन भित्र फाल्ता बुझाउनु पर्ने सेवाग्राहीहरुले मात्र अपोइन्टमेन्ट लिने।यस वाहेकका सेवाग्राहीहरुले अपोन्टमेन्ट लिएको भएता पनि राजदूतावासबाट सेवा नपाउने ।
३. भोलि अर्थात २२ अप्रिलका दिन आज नाम टिपाएका वाहेक अन्य सेवाग्राहीलाई सेवा नदिइने भएको हुँदा रातभर लाइन बसी दुख नपाउनु हुन अनुरोध गरिन्छ।
४. सेवाग्राही वाहेक अन्य असम्बन्धित व्यक्तिहरु राजदूतावास नआउने।
५. सम्बन्धित सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने Madeira र Azores मा बसोबास गर्ने सेवाग्राहीहरुका लागि सम्बन्धित सरकारी निकायबाट जारी भएको Address Proof र लिखित मञ्जुरीनामा लिएर सेवा उपलव्ध गराउन सकिने । यसमा एजेन्सीहरुलाई मञ्जुरीनामा दिएर कागजात प्रमाणित नहुने।
६. हाल अलकान्त्राबाट पुराना pending कागजातहरु प्रमाणित नभएसम्म नयाँ कागजातहरुलाई प्रमाणित नगर्ने भन्ने बुझिएको हुँदा फाल्ता बुझाउने मिति कटिसके पनि हतार गर्नु नपर्ने । यस सम्बन्धमा पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयसँग छलफल भैरहेको र छिट्टै कागजात प्रमाणिकरण गर्न अनुरोध गरिएको हुँदा धैर्यतापूर्वक प्रतिक्षा गरिदिनु हुन अनुरोध गरिन्छ।
७. १६ र १७ अप्रिल २०२५ मा कागजात प्रमाणिकरण गर्ने कर्मचारीको हस्ताक्षर र पद मात्रको छाप हानिएकोमा यहाँको सम्बन्धित निकायसमक्ष उक्त कागजातहरुलाई तहाँबाट समेत प्रमाणिकरण गरिदिन अनुरोध गरिसकिएको हुँदा थप यस राजदूतावासबाट अर्को छाप हान्नको लागि दूतावास नआईदिनु हुन अनुरोध गरिन्छ।

८. राजदूतावासमा सेवा लिन आउँदा मदिरापान नगर्ने, होहल्ला नगर्ने तथा जथाभावी फोहर नफालिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

९. अपोइन्टमेन्ट लिनका लागि देहायबमोजिमको दुई मध्ये कुनै एक लिंकमा गई आफुलाई उपयुक्त मिति र समय छनौट गरी आफुलाई तोकिएको समयमा मात्र राजदूतावास आउनु हुन अनुरोध गरिन्छ ।
क) https://calendly.com/eonlisbon/consular-service?month=2025-04
ख) https://calendly.com/eonlisbon/consular-service-2?month=2025-04

calendly.com

14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

शुभकामना !!
यो नयाँ वर्षले हाम्रो सुन्दर नेपालमा शान्तिको बतास, समृद्धिको वर्षा र एकताको इन्द्रेणी लिएर आओस्।

हिमाल, पहाड, तराईको भौगोलिक विविधता; सबै जातजाति, धर्म र संस्कृतिको अनुपम मेल; मेहनती हातहरू र सस्तो मुस्कानले भरिएको हाम्रो समाज—यी सबैलाई समेट्दै, २०८२ हाम्रो साझा पहिचान र सम्भावनाको वर्ष बनोस्।

स्वास्थ्यमा सुधार, शिक्षामा गुणस्तर, अर्थतन्त्रमा बृद्धि, रोजगारीमा अवसर, र सामाजिक समानतामा प्रगति होस्।

आओ, नयाँ सोच र सकारात्मक उर्जा लिएर नेपाललाई अझ उज्यालो बनाउने प्रण गरौं।

नव वर्ष २०८२ तपाईंलाई र तपाईंका प्रियजनहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना!

पैँयु बिहादी पर्वत समाज पोर्तुगाल

09/04/2025

लिस्बनस्थित नेपाली राजदूतावासको सेवा प्रारम्भ हुने सम्बन्धी जरुरी सूचना ।

Quer que o seu negócio seja a primeira Serviço Governamental em Cintra?

Clique aqui para solicitar o seu anúncio patrocinado.

Localização

Categoria

Website

Endereço


Cintra