Passport Renewal Team Portugal.

Passport Renewal Team Portugal.

Compartilhar

Hello there… we’re here for discuss each other regarding passport renewal.

30/05/2025

Passport renewal garnu parne samparga garnu hola .

22/05/2025

Hami tapaiko saath ma chau. Kasaiko passport renewal garnu parema Sampark garnu hola !!!

पोर्चुगलमा राहदानी सेवा सञ्चालन हुने सम्बन्धी सूचना 20/07/2024

https://docs.google.com/forms/d/19Fn7Pv0TQUsDFcCNBTtSidp1FPDtPW9FQh8CDbdiMn4/viewform?ts=66937b4e&edit_requested=true

पोर्चुगलमा राहदानी सेवा सञ्चालन हुने सम्बन्धी सूचना यही मिति २०८१ साल साउन १८ देखि २७ गतेसम्म (तदानुसार २०२४ अगष्ट २ देखि अगष्ट ११) राहदानी विभाग र नेपाली राजदूतावास, प...

20/07/2024

Kai problem baye comment garnu hola passport ko lagi toli aaudai xa.

20/07/2024

राहदानीको फारम कसरी भर्ने सजीलो तरिका
१) नागरिकताको अगाडी पछाडीको र पुरानो पासपोर्ट को अगाडी पछाडीको फोटो तयार राख्नु मोबाइल बाट नै हुन्छ ५ मिनेटमै
२) अब गुगलमा नेपाल पासपोर्ट वा यो लिंक
https://emrtds.nepalpassport.gov.np क्लिक गर्नु
३)Apply for epassport क्लिक गर्नु
४)त्यहा हराएको, नविकरण, बिग्रेको के हो आफ्नो त्यहा क्लिक गर्नु
५) read before enrollment आउछ जानकारीका लागी सबै पढे राम्रो त्यहा तल पट्टी ordinary 34 pages मा टिक गरि Proceed लेखेको मा थिच्नु
६) अब i agree मा क्लिक गर्नु
७)अब ध्यान दिनु यहा Appointment country Other क्लिक गर्नु
८) Appointment location NE Paris गर्नु
९)तल क्यालेण्डर आउछ August मा हेर्नु २-१० सम्म कालो बोल्ड अक्षरमा डेट देखिएकोमा आफ्नो छुट्टीको पायक परि सेलेक्ट गर्नु
१०)डेट क्लिक गरि डेटमा ओरेन्ज कलर आएसी तल समय मा थिच्नु जस्तो ८, ०८-३० यस्तै
११)अब यसैको तल ठुलो बक्समा लेखिएका ५ शब्द सानो बक्समा लेखि next क्लिक गर्नु
१२)अब त आफ्नो विवरण हो last name/ surname मा थर
-First name मा अगाडिको नाम
-Gender टिक गर्ने
-जन्म मिती राख्ने AD मा
- place pf birth मा जन्म जिल्ला
-बाबाको नाम
-आमाको नाम
यसपछि नागरिकता सम्बन्धी जानकारीमा
Nin छैन भने पर्दैन
-Citizenship number मा नागरिकता न
-citizenship issue date मा नागरिकता जारी मिती यो नागरिकताको पछाडी हुन्छ
-नागरिकता जारि जिल्ला
Applicants contact details मा
-मोबाइल न
-इमेल
-गाउ टोल वार्डको नाम
-वार्ड न
-main address province मा प्रदेश कुन हो टिक गर्ने
-main address district मा जिल्ला टिक गर्ने
- main address municipality मा गाउपालीका वा नगरपालीका कुन टिक गर्ने
Contact details in case of emergency मा
परिवारका वुवा आमा पति पत्नी दाइ भाइ जसको नाम फोन इमेल राख्दा पनि हुन्छ
Last current passport information मा
पुरानो राहदानी जारी मिती
Place of issue मा जारी जिल्ला
राहदानी नम्बर
राखी next क्लिक गर्नु
अब सबै भरेको विवरण आउछ रुजु गरि next गरि क्याप्चा बक्सको शब्द लेखि सब्मिट गर्नु र यती भएपछि डाउनलोड गर्नु र त्यो कोडवाला पेपर सेभ गर्नु
नबिन तिम्सिना
Nabin Khabar
नबिन खबर पोर्चुगल
यस सम्बन्धी कुनै दुविधा भए नबिन खबर पोर्चुगल ग्रुपमा राख्नु त्यहा समाधान गरिदिनुहुन्छ साथीहरुले र राहदानी बनाउने ठाउमा आफ्नो बुक समय मा काम नहुने वा अनियमिता देखेमा जस्ताको तस्तै ग्रुपमा शेयर गरौ । भिडभाड नगरौ आफुले बुक गरेको समयमा जाऔ
-ग्रुप भएर नजाऔ
-जसको नाममा एपोइण्टमेण्ट छ सो मात्र आफ्नो कागजात लिइ जाऔ
- सभ्य बन्न सिकौ
Embassy of Nepal, Paris

emrtds.nepalpassport.gov.np

05/08/2023

iphone Ko pincode ni birseko ani icloud ko email and password ni kasailai repair garna aauxa6 vane vannu hola.

10/04/2023

राहदानी नविकरण तथा नयाँ बनाउनेबारे अत्यन्त जरुरी सूचना

पोर्चुगलको एन्जोसस्थित कनाई सेफको आडैमा (Rua Alvaro coutinho n8-10 1150-025,Lisboa) २९ मार्च २०२३ देखि नेपाली रहादानीको नविकरण तथा हराएको नयाँ बनाउने कार्य सुरु भएको कुरा सबैलाई जानकारी गराउन चाहन्छौं । जैविक तथ्यांक संकलनको कार्य आगामी २५ अप्रिल २०२३ सम्म रहने ब्यहोरा सबैमा जानकारी गराइन्छ ।

विशेषगरी हराएका, म्याद सकिएका तथा जुलाई ३० सम्म म्याद बाँकी भएका सबै राहदानीबाहकहरु बिहान ९ बजे एन्जोसमा उपस्थित हुन अनुरोध गरिन्छ । यसका साथै सो दिन पछाडी एपोइन्टमेन्ट लिएर बसेका महानुभावहरुको पनि फारम लिइनेछ ।

पूनः नयाँ केही आवेदन फाराम खुल्ला गरिएको जानकारी गराउँदछौ ।

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन, पोर्चुगल

29/03/2023

portugal मा पासपोर्ट
राहदानी नविकरण सुरु भएको बारे अत्यन्त जरुरी सूचना !!!

पोर्चुगलको एनजोसस्थित (CANNAI )कनाई सेफको आडैमा (Rua Alvaro coutinho n8-10 1150-025,Lisboa) आज अर्थात २९ मार्च २०२३ देखि नेपाली रहादानीको नविकरण तथा हराएको नयाँ बनाउने कार्य सुरु भएको कुरा सबैलाई जानकारी गराउन चाहन्छौं । जैविक तथ्यांक संकलनको कार्य आगामी २५ अप्रिल २०२३ सम्म रहने ब्यहोरा सबैमा जानकारी गराइन्छ । आ–आफ्नो पालोमा मात्र आवशयक कागजात लिएर उपस्थित भइदिन पनि आग्रह गरिन्छ । यसका साथै थप एपोइन्टमेन्ट फारम खुल्ने कुरा पनि जानकारी गराइन्छ ।

अवैतनिक नेपाली महाबाणिज्य दूतको कार्यालय लिस्वन

Consulate of Nepal in Lisbon, नेपाली अवैतनिक महावाणिज्य दूतावास, लिस्बन 22/03/2023

पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना !

पोर्चुगलमा नेपाली रहादानीको समस्या समाधानका लागि यही २९ मार्च २०२३ देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैमा जानकारी गराइन्छ । यसका लागि राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासले एपोइन्टमेन्ट फारम https://fr.nepalembassy.gov.np/epassport/ खुला गरेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । फारम खुला भइसकेकोले राजदूतावासले तोकेको कार्यविधीमा रहेर फारम भर्न अवैतनिक नेपाली महाबाणिज्य दूतको कार्यालय लिस्वन हार्दिक अनुरोध गर्दछ ।



१.जैविक तथ्याङ्क दिन लिस्वनस्थित संकलन केन्द्रमा आउदा निम्नानुसारका कागजात साथमा ल्याउनुपर्नेछः



(क) दरखास्त फाराम भरेपछि प्राप्त हुने बारकोड तथा QR कोड सहितको फारामको प्रिन्ट एक प्रति;

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति;

(ग) नाबालिगको हकमा जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचयपत्रको सक्कल र सोको फोटोकपी एक प्रति र आमाबाबु दुबैको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू;

(घ) पुरानो राहदानीको सक्कल र फोटोकपी एक प्रति; र

(ङ) राहदानी हराएको भए प्रहरी प्रतिवेदनको एक प्रति ।



पोर्चुगलमा जन्मिएका नेपाली बालबालिकाहरूको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः

(क) अस्थायी नम्बर लिनुपर्नेः

नेपालीआमा–बाबुबाट पोर्चुगलमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्रलाई मुख्य आधार मानी राजदूतावासले दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भनेको महलमा उल्लेख गर्नु पर्दछ । यसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्दछन्ः



(अ) आमा बाबुको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू एक÷एक प्रति,

(आ) आमा बाबुको राहदानीका प्रतिलिपिहरू एक/एक प्रति,

(इ) आमा बाबुको विवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति, र

(ई) नाबालिकको जन्म दर्ताको सक्कल र सोको प्रतिलिपि एक प्रति,

(उ) नाबालिकको हालै खिचेको पासपोर्ट आकारको फोटाहरू दुई प्रति ।



२. एपोइन्टमेन्ट लिइसकेपछि दरखास्त फाराम र कागजपत्रको ब्यहोरा अग्रिम रूजु गर्न त्तच् कोड सहितको दरखास्त फाराम, नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिक परिचयपत्र र पुरानो राहदानीको कलर स्क्यान गरी [email protected] मा इमेल गरी पठाउनु पर्नेछ । नावालिकहरूको हकमा बाबुआमाको नागरिकता समेत स्क्यान गरी पठाउनु पर्नेछ ।

क. दरखास्त फाराम भर्ने र एपोइन्टमेन्ट लिने तरिका बारेका अधिकांश जानकारी नेपाली राजदूतावास, पेरिसको वेब साइटमा उल्लेख भएसरह नै हुनेछ ।

ख. दरखास्त फाराम भर्न शुरू गरेको आधा घण्टा भित्र भरिसक्नु पर्ने भएकोले फाराम भर्न शुरू गर्नु अघि नागरिकताको प्रमाणपत्र/नावालिक परिचयपत्र, पुरानो राहदानी र राहदानी हराएको भए प्रहरी प्रतिवेदनमा PDF वा JPG फरम्याटमा कलरस्क्यान गरी तयारी अवस्थामा राख्नुहोला । नावालिक परिचयपत्र नभएका बालबालिकाहरूको हकमा पोर्चुगिज सरकारले जारी गरेको जन्मदर्ताको कागज, बाबुआमाको बिबाहदर्ता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत स्क्यान गर्नुपर्नेछ । एउटा कागजको फाइल साईज 300 kB भन्दा बढी हुनुहुँदैन ।



अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्व

पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना ! (consuladodonepal.pt)

Consulate of Nepal in Lisbon, नेपाली अवैतनिक महावाणिज्य दूतावास, लिस्बन Consulate of Nepal in Lisbon, नेपाली अवैतनिक महावाणिज्य दूतावास, लिस्बन

Request Passport 19/03/2023

राहदानी सेवाबारे अत्यन्त जरुरी सूचना !

पोर्चुगलमा नेपाली राहदानीको समस्या समाधानका लागि यही २९ मार्च २०२३ देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैमा जानकारी गराइन्छ । हालसम्म राहदानीका लागि कुनै ‘अनलाइन फारम’ नखुलेको र छिटोभन्दा छिटो ‘अनलाइन फारम’ बारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दछौं । यसका साथै आन्तरिक व्यवस्थापनका लागि पनि फारम भर्नुपर्ने भएकोले सेफमा एपोइन्टमेन्ट भएका, हराएका, म्याद सकिएका, नष्ट भएका, बालबालिका र म्याद सकिन लागेका सबै राहदानीबाहकले तलको लिङ्क http://www.consuladodonepal.pt/request-passport/ मा गएर फारम भर्नका लागि अनुरोध गरिन्छ ।

नोटः यो फारम आन्तरिक व्यवस्थापनका लागि मात्र भएकोले फ्रान्सस्थित नेपाली राजदूतावासबाट जारी हुने राहदानीको अर्को फारम भने अनिवार्य भर्नुपर्नेछ । यसका साथै एक जनाले सम्बन्धित शिर्षकमा एकपटक मात्रै फारम भर्नुहोला ।
http://www.consuladodonepal.pt/request-passport/

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन

Request Passport Consulate of Nepal in Lisbon, नेपाली अवैतनिक महावाणिज्य दूतावास, लिस्बन

Photos from Passport Renewal Team Portugal.'s post 16/03/2023

Good news.
Nepal embassy in Portugal 🇵🇹.

Quer que o seu negócio seja a primeira Serviço Governamental em Lisbon?

Clique aqui para solicitar o seu anúncio patrocinado.

Localização

Website

Endereço


Portugal �
Lisbon
1100-188