इस्लामिक हदीस (नेपालीमा अनुवादीत )

इस्लामिक हदीस (नेपालीमा अनुवादीत )

Share

Community

16/07/2024

🔥 श्रापित यजिदको सम्बन्धमा, यहाँ "अमिरुल मुमिनीन फि इल्म अल-रिजाल" इमाम इब्न हजार अल-अस्कलानी رحمه الله द्वारा टिप्पणी छ:
✍️ इमाम इब्न हजार अल-अस्कलानीको बारेमा धेरै भन्नु केही छैन। उहाँ सहिह बुखारी, "फत अल-बारी" मा सबैभन्दा प्रसिद्ध टिप्पणीका लेखक हुनुहुन्छ।
आफ्नो अर्को काममा, "अल-इमता' बिल अर्बाइन," उनले यजिदको बारेमा लेखे:
"यजिदप्रति स्नेह राख्नु र उसको हैसियत उचाल्नु एक नवप्रवर्तक र भ्रष्ट आस्था भएका व्यक्तिका लागि मात्र सम्भव छ। किनभने उसको विशेषताहरू यस्तो (अपमानजनक) थिए कि उसलाई माया गर्ने जो कोहीले पनि आफ्नो विश्वास खोस्ने योग्य हुन्छ।" [अल-इमता' बिल अर्बाइन अल-मुताबाइना अस-समा', पृ। ०६, इमाम इब्न हजार अल-अस्कलानी]
‎وأما المحب فيه والرفع من شأنه فلا تقع إل من مبتدع فاسد العتقاد فإنه كان فيه من الصفات ما يقتضي سلب الإيمان-

‎[الإمتاع بالأربعين المتباينة السماع - ص 06
‎ابن حجر العسقلاني]

अर्को शब्दमा भन्नुपर्दा, यस संसारमा कसैले पनि यजिदको पक्ष लिएको देखे भने बुझ्नुहोस् कि इब्लिसले उसको आस्था नष्ट गरेको छ वा खोसिएको छ । त्यो व्यक्ति भ्रष्ट विश्वास भएको एक भ्रामक व्यक्ति हो। यिनीहरुबाट होसियार हुन जरुरी छ ।

10/05/2023
25/04/2022

#जुमाको_महत्व र #आदाब ( #शिष्टाचार)

#शुक्रबारलाई अरबी भाषामा जुमुआ (जुमा) भनिन्छ । इस्लाम भन्दा पहिले यसलाई “अरुबा” भनिन्थ्यो । जुमुआ / जुमा इस्लामी नाम हो, जो हप्ताको छैठौं दिनमा पर्छ । पहिलो दिन आइतवार/ रविवार हो, आइतवारकै दिन अल्लाहले सृष्टिको आरम्भ गर्नु भयो र शुक्रबारको दिन समाप्त गर्नु भयो अनि आफ्नो अर्श (सिंहासन) मा विराजमान हुनुभयो ।
प्रमाणः
﴿إِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَى عَلَى الْعَرْشِ ٥٤﴾ [الأعراف: 54]
“वास्तवमा अल्लाह नै तिम्रो प्रतिपालक हुनुहुन्छ, जसले आकाशहरू र धरतीलाई छ दिनमा सृष्टि गर्नुभयो त्यसपछि अर्श (सिंहाशन) मा विराजमान हुनुभयो ।” (सूरह आराफ ७/ ५४)

#जुमाको_महत्व
﴿يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا نُودِيَ لِلصَّلَاةِ مِنْ يَوْمِ الْجُمُعَةِ فَاسْعَوْا إِلَى ذِكْرِ اللَّهِ وَذَرُوا الْبَيْعَ ذَلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُونَ٩﴾ [الجمعة: 9]
“हे आस्थावानहरू ! जब शुक्रबारको दिन जुमुआको नमाजको निम्ति अजान दिइन्छ (बोलाइन्छ), तब तिमीहरू अल्लाहको स्मरणको निम्ति दगुरिहाल र किनबेच गर्न छाडिदेऊ । यो तिम्रो निम्ति राम्रो छ यदि तिमीले बुझ्छौ ।” (सूरह जुमुअः ६२/ ९)

अबू हुरैरा रजियल्लाहु अन्हुले नबी सल्लल्लाहु अलैहि वसल्लमबाट सुनेको कुरा वर्णन गर्दै भन्नु भएको छः हामीहरू सबै उम्मत (समुदाय) हरूमध्ये सबैभन्दा पछि आयौं । तर कयामतको दिन हिसाब किताब र जन्नतमा जाने दृष्टिकोणले सबैभन्दा अगाडी हुनेछौं । जबकि उनीहरू (यहूदी तथा इसाईहरू) लाई हामीहरू भन्दा पहिले किताब (ग्रन्थ) अवश्य दिइएको थियो । अनि जुमुआ (शुक्रबार) को दिन इबादत (उपासना) गर्न उनीहरूमाथि अनिवार्य गरिएको थियो तर उनीहरूले यस बारेमा मतभेद (झगडा) गरे । तब अल्लाहले हामीलाई यस कामको लागि मार्गदर्शन गर्नुभयो । त्यसैले सबै यस कुरामा हामीहरू भन्दा पछि रहे । यहूदीहरूको दिन भोली (शनिवार) हो र इसाईहरूको दिन पर्सी (आइतबार) हो । (बुखारीः ८७६)

#जुमाको_आदाब

१. नमाजको लागि छिटो मस्जिदमा जाने ।
प्रमाणः अल्लाह तआलाले भन्नु भएको छः

• हे आस्थावानहरू ! जब शुक्रबारको दिन जुमुआको नमाजको निम्ति अजान दिइन्छ, तब तिमी अल्लाहको स्मरणको निम्ति दगुरिहाल र किनबेच गर्न छाडिदेऊ । यो तिम्रो निम्ति राम्रो छ यदि तिमीले बुझ्छौ । (कुर्आन ६२/ ९)

• रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः मानिसहरू जुमाको नमाज छोड्नबाट रुकुन्, नत्र अल्लाहले उनीहरूको हृदयमा मोहोर (ठप्पा) लगाइदिनु हुनेछ । अनि तिनीहरू गाफिल (बिर्सिएका) हरूमध्ये हुनेछन् । (सहीह मुस्लिमः ८६५)

• जो मुसलमानले अल्छीको कारण आफ्ना तीन जुमाका नमाजहरू छोड्छ, अल्लाहले उसको हृदयमा मोहोर (ठप्पा) लगाइदिनु हुनेछ । (इब्ने माजाः ११२६, इब्ने खुजैमाः १८५६, मुस्नद अहमदः १४५६९)

२. नुहाउनु, दतिवन गर्नु, सुगन्ध (इतर) लगाउनु, तेल लगाउनु । (बुखारीः ८८३)

• अबू सईद खुदरी रजियल्लाहु अन्हुले भन्नु भएको छः म साक्षी दिन्छु, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः प्रत्येक बयस्क (बालिग) ले जुमुआको दिन नुहाउनु जरुरी छ अनि दतिवन (मिस्वाक) पनि गरुन् र छ भने सुगन्ध (इतर) लगाऊन् । (बुखारीः ८८०)

३. जतिसक्दो राम्रो लुगा लगाउनु । (बुखारीः ८८६) उमर बिन् खत्ताब रजियल्लाहु अन्होको चाहना नबी सल्लल्लाहु अलैहि वसल्लमले जुमाको दिन राम्रो कपडा पहिरिनु भए हुन्थ्यो ।

४. दुई जनाको बीचबाट चिर्दै बाटो बनाएर वा नाघ्दै अगाडी नजानु । (बुखारीः ८८३)

५. खुतबाको समयमा चुप लागेर ध्यानसँग खुत्बा सुन्नु । (बुखारीः ८३४)

६. कुनै बसेको व्यक्तिलाई उठाएर आफू त्यस ठाउँमा नबस्नु । (बुखारीः ९११)

७. दुआ स्वीकार हुने दिन भएकोले त्यस घडी समयमा दुआ पढनु । (बुखारीः ९३५)

८. सूरह कहफ पढ्नु ।

सूरह कहफ कुर्आनको १८ नम्बरको सूरह हो । यसमा गुफावाले युवकहरूको बयान छ । यस सूरहका पहिला दश आयतहरू र अन्तिम दश आयतहरूको धेरै महत्व बयान गरिएको छ । यस बारेमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः जसले यसलाई याद गर्छ तथा पढ्छ, त्यो दज्जालको उपद्रवबाट सुरक्षित रहनेछ । (मुस्लिम फजल सूरह कहफ)

अनि अर्को हदीसमा छः जसले जसले यसलाई शुक्रवारको दिन पढनेछ, उसको लागि अर्को शुक्रवारको दिनसम्म एउटा विशेष प्रकारको ज्योतिको प्रकाश रहने छ । (मुस्तदरक हाकिमः २/ ३६८, सहीह जामे सगीरः ६४७० सहीह अल्बानी)
सूरह कहफको पाठनवाट घरमा उन्नति र शान्ति हुन्छ । एकपटक एकजना सहाबीले आफ्नो घरमा सूरह कहफ पढदै हुनुहुन्थ्यो । उहाँको घरमा एउटा पशु पनि थियो, त्यो चम्केर उफ्रन थाल्यो । यस्तो देखेर उहाँले के रहेछ भनेर ध्यानपूर्वक एताउता तथा माथि हेर्नु भयो त उहाँले आकाशमा थोरै बादल देख्नु भयो जसले उहाँलाई ढाकेको (छायाँ पारेको) थियो । सहाबीले यो घटना नबी सल्लल्लाहु अलैहि वसल्लमसित बयान गर्नुभयो त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः यसलाई पढ्दै गर, कुर्आन पाठ गर्दाखेरी शान्ति अवतरण हुन्छ । (सहीह बुखारीः ४७२४, सहीह मुस्लिमः ७९५)

९. नबी सल्लल्लाहु अलैहि वसल्लममाथि अत्याधिक दरूद पठाउनु ।

१०. जुमाको नमाज पछि सुन्नत पढ्नु ।

सेयर गरेर पुण्यको कार्यमा सहभागी हुनुहोस्।

Photos 21/03/2017

कुतुबे रिसालत

सवालः अल्लाह ﻋﺰﻭﺟﻞ ले कति सहिफ़े र आस्मानी क़िताबहरु नाज़िल गर्नु भएको छ ?
जवाफ़: अल्लाह ﻋﺰﻭﺟﻞ ले नबिहरुमाथि जून सहिफे र आस्मानी किताबहरु नाज़िल गर्नु भएको छ,बिस्वशनिय रुपमा बयान गर्नु सम्भव छैन, तर ! एक रिवायत को अनुसार उनको संख्या लगभग १०० हो ।

सवालः के अल्लाह ﻋﺰﻭﺟﻞ ले ति सहिफे र आस्मानी किताबहरुको जिक्र कुरआन मजीद मा फरमाउनु भएको छ ?
जवाफ़: निश्चय नै फरमाउनु भएको छ ! कुरआन मजीद सूरए अल आला को आयत नम्बर १८/१९ तर्जमए कंजुल ईमान:

बेशक येह अगले सहिफो में है,इब्राहिम और मूसा के सहिफो में ।

थप पढ्नुस :

अल बक़रा को आयत नंम्बर ८७

बनी इस्राएल को आयत नंम्बर ५५

अल माईदा को को आयत नंम्बर ४६

(नोटः कंजुल ईमान हिन्दी अनुवाद डाउनलोड गर्न को लागि यहां क्लिक गर्नुस कुरआन मजीद

चार प्रख्यात आस्मानि क़िताबहरु :
हज़रत मुसा अलैहिस्सलाम माथि "तोरिएत"

हज़रत दाउद अलैहिस्सलाम माथि "जबुर"

हज़रत ईसा अलैहिस्सलाम माथि "इन्जिल"

र अन्तिम नबि सल्लल्लाहो अलैही व सल्लम माथि "कुरआन शरिफ " सबै भन्दा अफ़ज़ल क़िताब हो ।
सवालः चार प्रख्यात आस्मानि किताबहरु कुन भाषामा (Language) मा नाज़िल भएको हो ?

जवाफ़: तौरात तथा ज़बूर इब्रानी भाषा मा , इन्जील सिरयानी भाषा मा र क़ुरआने करीम अरबी भाषा मा नाज़िल भएको हो । (हमारा इस्लाम,संख्या.९९)

सवालः यदि कसैले सहीफ़ तथा किताबहरु मध्ये कुनै एक लाइ मांदैन भने त्यस माथि के हुक्म नाफ़िज़ हुन्छ ?

जवाफ़: यदि कोही ति सहिफहरु वा किताबहरु मध्ये कुनै एक लाइ स्विकार गर्दैन भने ऊनि माथि कुफ्र कों हुक्म नाफ़िज़ हुन्छ किनकी कुनै पनि आस्मानि क़िताब अथवा सहिफ़हरु को इनकार गर्नु कुफ़्र हो ।
सवालः के अल्लाह ﻋﺰﻭﺟﻞ ले जति पनि सहिफ़हरु र क़िताबहरु नाज़िल फरमाउनु भएको छ ,सबै मा ईमान राख्नु जरुरी हो ?

जवाफ़: निश्चय हो ! सबै मा ईमान राख्नु अनिवार्य(फ़र्ज) हो ।
सवालः के क़ुरआने मज़ीद मा कमिबेस सम्भव छ ?

जवाफ़: निश्चय नै छैन ! क़ुरआने मज़ीद मा कमिबेस सम्भव छैन ।किन की इस्लाम सधै रहने धर्म(दिन) हो ।कुरआन मज़ीद को हिफ़ाजत को जिम्मेदारी अल्लाह ﻋﺰﻭﺟﻞ ले आफ्नो जिम्मा मा राख्नु भएको छ ,यस कारण कुरआन मज़ीद मा कोही कमी बेस गर्छ यो सम्भव छैन यो असम्भव कुरा हो ।
सवालः क़ुरआने मज़ीद मा कुल कति पारा र सूरतहरु छ ?

जवाफ़: क़ुरआने मज़ीद मा कुल ३० पारा र ११४ सूरत हरु छ ।
सवालः के कुरआन मजीद वजू नगरी पढ्न मिल्छ ?

जवाफ़: निश्चय मिल्छ ! कुरआन मजीद वजू नगरी पढ्न मिल्छ ।
सवालः के क़ुरआने मजीद वजू नगरी छू न सक्छौ ?

जवाफ़: कदापि होइन! क़ुरआने मजीद लाइ वजू नगरी छुनु हराम हो ।

Photos from इस्लामिक हदीस (नेपालीमा अनुवादीत )'s post 19/02/2014

हदीस – ४२ (नेपालीमा अनुवादीत चालिस हदीस)
हज़रत अबू अनस रज़ि.ले वर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ, मलाई अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भयो- अल्लाह तआला भन्नु हुन्छ, हे आदमको सन्तान ! तिमी जब तक मलाई पुकारी रहनेछौ र मसँग आशा गर्दछौ म माफ गर्ने छु । चाहे तिमी कुनै अवस्थामा छौ र मलाई थाहा हुँदैन- हे आदमको सन्तान ! यदि तिम्रो पाप आकाश समान अग्लो भए पनि तिमीलाई माफ गर्ने छु, हे आदमको सन्तान ! यदि तिमी मेरो नजिक यति धेरै पाप लिएर आउँछौ जसले जमिन ढाके पनि र तिमी मेरो नजिक यस अवस्थामा आयौ कि एक अल्लाहको पूजामा कसैलाई साझेदार गर्दैनौ भने म तिमीलाई त्यो माफ गर्नलाई भेट गर्नेछु ।यसलाई तिर्मिज़ीले वर्णन गरेको हो र भने यो हदीस हसन सही हो ।

अन्तमा यो हदीसको माध्यमले जे-जति मानिसले अध्ययन गरि सिधा मार्ग अपनाउँछ अल्लाहको कृपाले उनिहरुको र मेरो पापहरुलाई माफ गरि उनिहरु र मलाई आखिरतमा मुक्तिको लागि स्रोत बनाउन । सुम्म आमीन ।

Photos 19/11/2013

(नेपालीमा अनुवादीत चालिस हदीस) ३९ , ४० र ४१

हदीस – ४१ (नेपालीमा अनुवादीत चालिस हदीस)
अबू मुहम्मद अब्दुल्लाह बिन अम्र रज़िबाट वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्ल. ले भन्नुभयो- तिमीहरु मध्ये कुनै पनि एक जना मानिस पनि आस्था राख्न सक्दैन, जब तक कि तिमी उसको इच्छा चीजको अधिनमा नहुनु जुन मैले ल्याएको छु । यो हदीस हसन सही हो । यसलाई हामीले किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरेको छ ।

हदीस – ४०
इब्ने उमर रज़िबाट वर्णन गरिएको छ, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले मेरो काँधमा समाएर भन्नु भयो- संसारमा अपरिचीत र यात्री जस्तो हुनु । इब्ने उमर रज़ियल्लाहु अन्हु वर्णन गर्नु हुन्छ-जब साँझ भयो त बिहानीको प्रतिक्षा नबस र जब बिहान हुन्छ त साँझको प्रतिक्षा नबस र आफ्नो स्वास्थ्यको स्थितीको ख्याल गर बिमारीको हुनु भन्दा पहिला, मृत्यु हुनुभन्दा पहिला जीवनलाई राम्रो काममा प्रयोग गर । - बुखारी

हदीस – ३९
इब्ने अब्बास रज़िले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाई छःअल्लाहले मेरो लागि मेरो अनुयायीको गल्ति र भूल-चूकलाई माफ गरि दिनु भएको छ । यो हदीस हसन हो, यसलाई इब्ने माजा र बैहक़ीले वर्णन गर्नु भएको हो । - बुखारी

Photos 16/09/2013

नेपालीमा अनुवादीत चालिस हदीस –३७ र ३८
इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो- बेशक अल्लाहले पुण्यलाई र पापलाई लेखि दिएको छ, फेरि उसले यसलाई खोलि दिएका छन् जो मानिस कुनै पुण्य गर्नलाई पक्का इच्छा गर्दछ तर त्यो काम गरेन भने पनि अल्लाह तआला उसको लागि एउटा पुण्य लेखि दिनेछन्, र यदि उसको पक्का इच्छा गरी त्यो काम गर्यो भने अल्लाहले आफ्नो साथ उसलाई दस पुण्य देखि सात सौ तक या यो भन्दा ज्यादा पनि प्रदान गर्ने छन् । यसको विपरित यदि कोही मानिस पाप कार्यको इरादा गर्छ तर उसले त्यो काम गरेन भने पनि अल्लाह आफ्नो साथ उसको लागि एक पुण्य पुरा लेखि दिनेछन् र यदि पापको इरादा गर्यो र त्यो पाप काम पनि गर्यो भने अल्लाह तआला उसको लागि बस एक पाप नै लेख्दछ । - बुखारी, मुस्लिम

हदीस – ३८
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-
अल्लाह तआलाको कथन छः जो मेरो कुनै साथिसंग दुश्मनी गर्छ भने म उसँग लडाईको घोषणा गर्दछु, मेरो भक्त मेरो कुनै मन पर्दो चीजबाट अगाडि बढेर नजिकता प्राप्त गर्न सक्दैन भने उ मेरो माध्यमले हासिल गर्न सक्दछ, जुन मैले उमाथि अनिवार्य गरेको छु र मेरो भक्त गैर अनिवार्य (नफिल नमाज़) पुण्यको माध्यमले मेरो नजिकता प्राप्त गर्ने कोशिस गर्दछ त म उसँग प्रेम गर्न थाल्नेछु । जब म उसंग प्रेम गर्न थाल्छु, म उसको सुन्ने शक्ति बन्दछु, जसबाट उ सुन्दछ, उसको दृष्टिको शक्ति बन्दछु र जसबाट उ देख्दछ, उसको हात बन्दछु जसबाट उ समाउँछ र उसको गोडा बन्दछु जसबाट उ हिंड्दछ । यदि उ मसँग माग्दछ भने म जरुर दिन्छु र क्षमाको लागि मसँग प्रार्थाना गर्दछ भने म जरुरी उसलाई क्षमा दिनेछु । – बुखारी

Photos 11/08/2013

हदीस –३५ र ३६(नेपालीमा अनुवादीत चालिस हदीस)

३६ :- >अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-

जो कोही मानिस कुनै मोमिन (भक्त) को यस संसारको कुनै दुःखमा सहयोग गर्छ त अल्लाह उसबाट क़ियामतको दिनको दुःखमा कुनै दुःख हटाउनमा सहयोग गर्दछ । जो कुनै परेशानीमा गिरफ्तार मानिसको परेशानीलाई सहयोग गर्दछ, अल्लाह उसलाई यस संसारीक र आखिरतमा सहयोग जुटाउँछ । जो कुनै मुसलमानको ब्यइजत हुनबाट ढाक छोप गरी जोगाउँछ, अल्लाह तआला संसारिक र आखिंरतमा उसको ईज्जत बर्बाद हुनबाट जोगाउनु हुन्छ । जो भक्त आफ्नो भाईको मदत गर्दछ, अल्लाह तआलाले उसलाई मदत गर्नु हुन्छ, जो ज्ञानको खोजीमा हिंड्दछ, अल्लाह तआला उसको लागि जन्नतको बाटो सहज गरिदिनु हुन्छ । जो व्यक्ति अल्लाहको कुनै घरमा जम्मा भएर अल्लाहको किताब पढ्दछन् र आपसमा पढ्ने र पढाउन, त जरुर त्यसमाथि शान्ति अवतरित गर्नु हुन्छ, दायाले उसलाई ढाक्दछ, फरिश्ता उनलाई ढाक्दछन्, फरिश्ता उनलाई सुरक्षा घेर्दछन् र अल्लाह तआला उनको कुरा उनको साथमा रहेकाहरुसँग गर्दछन् जो उनको साथमा छन् । जो आफ्नो कामको कारणले ढिला सुस्ती रहे, तो उसको वंश उसलाई अगाडि बढाउन सक्दैनन् । – मुस्लिम

हदीस –३५
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-

आपसमा जलन नगर, दाम लगाएर एक अर्कामा मूल्य नबढाउ, आपसमा बैरभव र नफरत न गर, एक अर्कामा बाइकट नगर, आफ्नो सामान बिक्री गर्न अरुसँगै अगाडी नबढाउ, अल्लाहको भक्त एक आपसमा भाई भाई हौ, न उसमाथि अत्याचार गर र न उसलाई बेसहारा छोड्, न उसँग झुटो बोल र न उसलाई कम सम्झ, डर यहाँ हुन्छ- हातलाई आफ्नो छातीतर्फ देखाउँदै तिन पटक भन्नु भयो, मानिसको लागि यति पाप नै काफी छ उ आफ्नो मुसलमान भाईलाई कम सम्झनु, हरेकमा मुसलमान माथि अर्को मुसलमानमा यो नाजायज हो- उसको खून, उसको माल, र उसको आबरुहरु । - मुस्लिम

Photos 31/03/2013

हदीस –३३/३४ (नेपालीमा अनुवादीत चालिस हदीस)

इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाबाट बर्णन गर्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो- यदि मानिसले उसको दावाको भरमा दिने हो भने, मानिस अरुको धन माल र उसको खूनको दावी गर्ने थिए, तर मुद्दामा सबुत अर्थात दसी प्रमाण र उसले कसम पनि जरुरी छ, जसले अस्वीकार गर्दछ ।

यो हदीस हसन हो । यसलाई बैहकीले पनि यसरी नै बयान गरेका छन् र यसको केही भाग बुखारी-मुस्लिममा पनि मिल्दछ ।

हदीस –३४(नेपालीमा अनुवादीत चालिस हदीस)

अबू सईद खुदरी रज़ियल्लाहु अन्हुमाले बर्णन गरेको हो, वहाँ भन्नु हुन्छ मैले अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको सुने-

तिमीहरु मध्ये कसैले पाप भैरहेको देख्यौ भने त्यसलाई हातले रोक, यदि हातले रोक्न तागत नभए बोलीद्वारा रोक, यदी त्यो पनि सम्भब नभए मनले त्यसलाई घृणित सम्झ, यो सबै भन्दा कमजोर ईमान हो- मुस्लिम

(नोटः- यदि कसैले कुनै व्यक्तिलाई पिटेको छ भने हामीले गएर त्यस पीडित व्यक्तिलाई त्यो अत्यचारीबाट छुट्याउनु पर्छ, यदि त्यो क्षमता नभए यस्तो नगर्नु भनेर सम्झाउने प्रयाश गर्नु पर्दछ र त्यो पनि नभए मनमा त्यो अत्यचारको विरुद्ध घृणा गर्नु पर्दछ)

Photos 03/03/2013

हदीस –३१
अबू अब्बास सह्ल बिन साद साइदी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ, एक जना मानिस नबी सल्लल्लाहु अलैही व सल्लमको साथ आउनु भयो र भन्नु भयो, ए अल्लाहको रसूल सल्ल. मलाई एउटा यस्तो कामको उपदेश दिनुहोस् जुन हामीले गर्यौ भने अल्लाहले पनि मलाई दया गरुन र मानिसहरु पनि मसँग प्रेम गर्न लागुन । यसमा वहाँले भन्नुभयो- संसारिक सिलसिलामा त्याग अपनाउ, अल्लाहले तिमीलाई दया गर्नु हुन्छ, जे जति मानिसको साथ छ त्यसमा पनि रुची नराख, मानिस तिमीसंग प्रेम गर्न लाग्दछन् । यसलाई इब्नेमाजाले हसन सनदको साथ बर्णन गरेका हुन् ।

हदीस –३२
अबू सईद साद बिन मालिक बिन स़िनान खुदरी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो- नोक्सान पनि न सहनु, बदलामा नोक्सान पनि न गराउनु । यो हदीस हसन हो, यसलाई इब्ने माजा र दारेकुत्नीहरुले मुसनदको तरीका र मालिकले यसलाई मुअत्तामा मुर्सलको तरीकाले बर्णन गरेको छ, यसलाई सनदको साथ अम्र बिन यह्या आफ्नो पिताको माध्यमबाट र नबी रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट बर्णन गर्नु हुन्छ तर अबू सईदलाई हटाउनु हुन्छ । उनको साथ अर्को तरीका पनि छ, जसबाट एक अर्कामा प्रमाणको लागि बल पुग्छ ।

Photos 22/01/2013

हदीस २९ (नेपालीमा अनुवादीत हदीस)
मुआज बिन जबल रज़ियल्लाहु अन्हुले बयान गर्दै भन्नु हुन्छ,- मैले विन्ती गरे, ए अल्लाहको रसूल सल्ल. ! मलाई कुनै यस्तो काम बताउनुहोस् जुन मलाई जन्नत (स्वर्ग) प्रवेश गराओस् र जहन्नमको आगोबाट बचाओस् । वहाँले भन्नुभयो, तिमीले धेरै ठूलो चीजको बारेमा सोध्यौ, यो उसको लागि सजिलो छ जसको लागि अल्लाहले सजिलो बनाउनु भएको छ । तिमी अल्लाहको प्रार्थना गर, अल्लाहको साथ कसैलाई समान न बनाउ । नमाजलाई नियमित पुरा गर, जकात दिनु, रमजानको रोजा राख, र अल्लाहको घर (खान ए काबा) को हज (तिर्थ यात्रा) गर । फेरि वहाँले भन्नुभयो । के म तिमीलाई भलाईको बाटो नदेखाऊ ? रोजा ढाल (सुरक्षा गर्ने चीज) हो, सदका (दान) ले पापलाई मेटाउँछ जसरी पानीले आगोलाई निभाउँछ । कुनै व्यक्तिले आधी रातमा उठेर नमाज पढ्छ र अल्लाहको नाम जप्छ भने त्यसबखत उसको शरीर ओछ्यानबाट अलग हुन्छ । उसले आफ्नो पालनकर्ताको डर र आशाको साथ बिन्ती गर्दछ । जे जति अल्लाहले दिएको छ त्यसबाट खर्च गर्छ, फेरि जुन चीज उसको आँखाको ठण्डक उनको कामको बदलामा लुकाएर राखेको छ त्यो कुनै मानिसलाई थाह छैन (सूरः सज्दा १६, १७) फेरि भन्नुभयो, के म तिमीलाई धर्मको भाग र त्यसको स्थान र त्यसको सबै भन्दा उच्च स्थान न बताऊँ ? मैले बिन्ती गरे, ए अल्लाहको रसूल ! कृपा होस्, वहाँले भन्नुभयो धर्मको सिरा इस्लाम हो, उसको स्तम्भ नमाज़ र त्यसको सबैभन्दा उच्च भाग जिहाद हो । फेरि भन्नुभयो, के म तिमीलाई यि सबैलाई काबुमा राख्नेवाला चीजको बारेमा खबर नदिउँ ? मैले विन्ती गरे किन नभन्नु ए अल्लाहको रसूल ! वहाँले आफ्नो जिब्रो समाएर भन्नुभयो, यसलाई रोकेर राख । मैले भने, ए अल्लाहको नबी ! के जे जति हामी भन्दछौं त्यसमा हामीलाई सजाय हुन्छ ? तिम्री आमाले तिमीलाई गुमाइन ! ए मुआज़ ! के अरु पनि कुनै चीज यस्तो छ जसले मानिसलाई उधोमुन्टो पारेर जहन्नम (नर्क) मा झार्दछ य भन्नुभयो, निहुर्याएर उधोमुन्टो पारेर फेरि सिवाए उनको मुख उघार्दा जति भाग देखिन्छ ? यसलाई तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् यो हदीस हसन सही हो
हदीस –३0
अबू सालबा खुशनी जुरसूम बिन नाशिर रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो, अवश्य नै अल्लाह तआलाले अनिवार्यलाई जरूरी ठहर्याउनु भएको छ, त त्यसलाई बर्बाद नगर । त्यसमा हद तोकिएको छ, त तिमी त्यो भन्दा आगाडि न बढ । त्यसमा केही चीज अवैध गरिएको छ, तिमी त्यो मामलामा आफुलाई चलाख नठान र कुनै चीजको बारेमा वहाँले शान्त रहनु भयो, तिम्रो हकमा दयालुताको कारण, भूलेर होइन, बस यसको बारेमा बिबादमा नपर । यो हदीस हसन हो । यसलाई दार कुत्नीहरुले बर्णन गरेको हो ।

Photos 31/12/2012

हदीस २७ (नेपालीमा अनुवादीत चालिस हदीस)
नवास बिन सम्आन रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको तर्फबाट बयान गर्दै भन्नुहुन्छ- पुण्य उत्तम आचरणलाई भनिन्छ र पाप त्यो हो जुन तिम्रो हृदयमा खट्कियोस् जुन तिम्रो हृदयले यसको बारेमा अरुलाई जानकारी नहोस् भन्ने चाहन्थ्यो । यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका छन् र भने कि यो हसन सही हदीस हो ।

वाबसा बिन माबाद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, म अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम भएको ठाउँमा गएको थिए, त वहाँले भन्नुभयो, तिमी पुण्यको बारेमा सोध्न आएका हौ ? मैले भने हो, वहाँले भन्नुभयो, आफ्नो दिलसँग सोध । नेकी (पुण्य) त्यो हो जसमा मन सन्तुष्ट हुन्छ र पाप त्यो हो जसमा मनमा असन्तोष उत्पन्न हुन्छ, त्यस बारेमा तिमीलाई मनिसहरुले बारम्बार भनिसकेका छन् ।

यो हदीस हसन हो, जुन मैले इमाम अहमद बिन हंबल रह. र इमाम दारमी रह.को मुस्नदहरुबाट इस्नाद हसनको साथ बयान गर्नुभएको हो ।

हदीस २८
अबू नजीह इर्बाज बिन सारिया रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नुहुन्छ- अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई चेतावनी दिंदै भन्नुभयो । जसले गर्दा हाम्रो हृदय डगमगाउँछ र जसको कारणले आँशु बग्दछ । हामीले विन्ति गर्यौ हे अल्लाहको रसूल । यो त मानौ बिदाई चेतावनी हो । फेरि वहाँले हामीलाई चेतावनी दिनुभयो त वहाँले भन्नुभयो । म तिमीलाई अल्लाहको डर राख्ने चेतावनी दिन्छु र ध्यानसँग सुन्ने र मान्ने आदेश दिन्छु चाहे तिमीमा गुलाम या राजा कि न होस् । तिमीहरु मध्ये जो रहन्छ, उसले धेरै लडाई, झगडा देख्नेछ, बस उनिहरुलाई जरुरी छ मेरो तरिका र मार्गदर्शन पाएका राजाको तरीका अपनाउनु, त्यसलाई बलियोसँग र नयाँ निकालिएको चीजको सिलसिलामा होसियार रहनु, किनकि हरेक नयाँ निकालेका चीजहरु बिदअत हुन्, र हरेक विदअत पथभ्रष्ट हो र हरेक पथभ्रष्टताले नर्कमा लान्छ । (यसलाई अबू दाऊद र तिर्मिज़ीले बयान गरेका हुन र भनेका छन् कि यो हदीस हसन सही हो)

Want your business to be the top-listed Government Service in Doha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

https://www.facebook.com/pages/Calling-for-Truth-%E0%A4%B8%E0%A

Address


Doha Qatar & Nepal
Doha
000