27/10/2021
JoshiHimal
Every one get special news & take intertainment.
27/10/2021
27/09/2021
अत्यान्तै सान्दर्भिक !!!!
""म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो।"
एउटी बालिका अर्को पंक्षी ( गिद्ध ) दुबै नितान्त भोकको चपेटामा छन् ! गिद्ध बालिकाको मृत्युको पर्खाइमाछ भने बालिका पेट भराइदिने उद्धारकर्मीको पर्खाइमा ! बेला १९९३ मा सुडानमा भएको भोकमरीको महामारीको थियो ! त्यति नै बेला अफ्रिकन फोटोपत्रकार केविन कार्टर आउँदा बालिकालाई लागेको थियो होला " म अब मृत्युको मुखबाट जोगिदैछु ।" तर त्यस्तो भएन फोटोपत्रकारले फोटो खिचे गए जुन बालिकाको लागि नभएर उनको लागि महत्त्वपूर्ण थियो ! यही फोटोको कारण १९९३ मा केविनले # पुलित्जर # जस्तो गर्भिलो पुरस्कारबाट पुरस्कृत त भए तर यही फोटोको कारण उनले जीवन भन्दा आत्महत्याको बाटो रोज्न बाध्य भए ! शायद फोटो खिच्नुलाई भन्दा बालिकाको जीवनरक्षालाई प्राथमिकता दिएको भए दुबै बाँचिरहन्थे हाँसिरहन्थे !
यस तस्बिरलाई "The vulture and the little girl " नाम दिइएको थियो । यो तस्बिरमा एक गिद्ध चरम् भोकले तड्पिएर मर्नै आंटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ।
यो तस्बिर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टर ले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए र उक्त फोटोबापत उनले पुलित्जर पुरस्कार बाट सम्मानित पनि भएका थिए। तर कार्टर ले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन, किनकि उक्त फोटो खिचेको केही महिना पछि नै ३३ वर्षको उमेरमा उनले आत्माहत्या गरेका थिए।
किन गरे आत्महत्या ?
नि:सन्देह जब उनी पुरस्कार बाट सम्मानित भए र खुसीयाली मनाउँदै थिए, उसबखत दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो। यसै प्रख्यातिका माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो - " त्यसपछि त्यो बालिकाको के भयो ? " उनले जवाफ फर्काए- म त्यहाँ रोकिएन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो।" उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनीतर्फ इंगित गर्दै भने- "म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो।" फोटो पत्रकार केविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसाद मा पुगे र आत्माहत्या गरे ।
त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नुभन्दा पहिले मानवता जगाउनु पर्दछ । ती बालिका र कार्टर आजपनि जीवित रहन्थे यदि उनले ती बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टर पुर्याईदिएको भए, जहाँ पुग्नको लागि बच्ची कोशिस गरिरहेकी थिइन् ।
त्यसैले जब कुनै मौका पर्छ यस्तो परिस्थितिमा फोटो खिच्नको सट्टा मदत गर्ने कोसिस गर्नुस्। अचेल दुख, पीडा, गरिबी, बिमारी, घाईतेलगायतका फोटो तथा भिडियो खिचेर सामाजिक संजालहरुमा मालामाल हुनकै लागि अपलोड गर्ने गरिन्छ। सहयोगको पुकारका लागी अनेकन उपायहरु अपनाएको देखिन्छ। एकहिसावले भन्ने हो भने मान्छेका दुख, गरिबी, भोकमरि, अभाव, पिडाहरुलाई सस्तो मजाक बनाईएको छ, कमाईखाने भाँडो बनाईएको छ, तर त्यस्ता फोटा तथा भिडियोहरु खिचेर मालामाल हुन खोज्नेहरुले भने फिटिक्कै सहयोग गरेको देखिंदैन।
त्यसैले सोंच बदलौं, सामाजिक उत्तरदायीत्त्व पनि निर्वाह गरौं।copy
06/06/2021
प्रधानमत्री केपी शर्मा द्वारा पार्टी एकतामा जोड
हेर न कान्छी
समय बलबान छ
⌚⌚⌚⌚
न छुन सक्छु
न बोल्न सक्छु
गमक्क परेर न हेर्न सक्छु
धडकन बढेको न बुझ्न सक्छु/
❤️साचो भनौ
न तिमीलाई काध दिन सक्छु
न तिमीलाई साथ दिन सक्छु
न तिमीलाई हात दिन सक्छु
मात्र केवल फेसबुक को
एउटा कुनामा बसेर श्रदान्जली दिन सक्छु //
हेर न कान्छी
त्यो हाम्रो बाचा
तिम्रो लागि आकास तारा न झार्न सक्छु
तिमि बिना एक पल न जिउन सक्छु
आज हेर यति टाढा बाट, मात्र नियाल्न सक्छु
भक्कानिएर आसु का धारा ,मात्र बगाउन सक्छु ///
समय सापेक्ष
(कसैको जिवनि संग मेल् खान गए क्षमा प्राप्ति छु )
13/05/2021
नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा पुन:नियुक्ति हुनुभएको राजनेता के.पी.शर्मा ओली ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
Happy New year
🌻2078🌻
🌷आउँ न आउ
जोस चलाएर आउ /
🌷हरियाली संगै
बसन्त लिएर आउ /
🌷कोइली को मिठो स्वर
मन मस्तिस्कमा छोएर आउ /
🌷रोग ब्याधा हरण गर्दै
मधुर मुस्कान लिएर आउ /
🌷आतंगित बिस्व जगत लाइ
खुसियालीमा छाएर आउ /
नव बर्ष 2078 पावन अबसरमा साथी, भाइ, दिदि, बहिनि इस्ट मित्र तथा सम्पूर्ण आफन्त जनहरुमा मंगलमय शुभकामना 🌹🌹
13/01/2021
Huge congratulations
उत्कृष्ट गायिका आवार्ड (२०७७) हात पार्न सफल भएकोमा लोक दोहोरी गायिका टीका सानू लाई हार्दिक बधाई ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Jeddah
Opening Hours
| 9am - 5pm |
