The Embassy of Nepal in Bangkok

The Embassy of Nepal in Bangkok

แชร์

The Embassy of Nepal in Bangkok

31/05/2026

२९ मे २०२६ मा मनाईएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ को अवसरमा ICIMOD का Director General ज्युबाट व्यक्त भएको भिडियो सन्देश

31/05/2026

२९ मे २०२६ मा मनाईएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ को अवसरमा माननीय परराष्ट्र मन्त्रीज्युबाट व्यक्त भएको भिडियो सन्देश
NepalMinistry of Foreign Affairs, Nepal

Photos from The Embassy of Nepal in Bangkok's post 30/05/2026

थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रम सम्पन्न

यस राजदूतावासले २९ मे २०२६ को साँझ बैंककको अमारी होटलमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस आयोजना गर्यो। कार्यक्रम सगरमाथा नेपालको गौरबको रुपमा प्रस्तुत गर्दै मानव अस्तित्वको लागि हिमालयको संरक्षण, दिगो पर्यटन प्रवर्द्धन र वातावरणीय सचेतना अभिवृद्धि लगायतका विषयहरुमा केन्द्रित गरिएको थियो।
उक्त समारोहमा थाइल्याण्ड सरकारका प्रतिनिधिहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघीय लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरू, पर्यटन क्षेत्रका अगुवाहरू, शिक्षाविद्, व्यवसायी, पर्वतारोही, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू गरी २५० भन्दा बढी उच्चस्तरीय अतिथिहरूको उपस्थिति रहेको थियो। यसले सगरमाथा दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा नेपालका पर्वतीय सम्पदा र जलवायु सम्बन्धी मुद्दाहरूलाई विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।
समारोहको उद्घाटन दीप प्रज्वलन, नेपाल र थाइल्याण्डका राष्ट्रिय गान तथा थाईल्याण्डकी Mother Queen Sirikit तथा पर्वतीय अभियानका क्रममा ज्यान गुमाएका साहसी व्यक्तिहरू र जलवायु परिवर्तनजन्य विपद्का पीडितहरूको सम्झनामा मौनधारणबाट गरिएको थियो। तत्पश्चात थाईल्याण्डमा बस्नु हुने नेपाली श्री अमन शाहीद्वारा नेपालमा पर्वतारोहण शुरु गर्नुपूर्व भगवानको आशिर्वाद लिने सिलसिलामा गरिने पुजामा बजाईने धुन प्रस्तुत गरिएको थियो।
त्यसपछि हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभावसम्बन्धी वृत्तचित्र प्रदर्शन गरी महामहिम राजदूत श्री धन बहादुर वलीबाट स्वागत मन्तव्य र नेपालका माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालको शुभकामना सहितको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। माननीय पराष्ट्र मन्त्री र महामहिम राजदूत हरुले आफ्नो सम्बोधनमा सगरमाथा केवल विश्वकै सर्वोच्च शिखर मात्र नभई नेपालको राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान र मानव साहसको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले सगरमाथा तथा सम्पूर्ण हिमालय क्षेत्रलाई “एशियाको जलभण्डार” का रूपमा व्याख्या गर्दै हिमाली क्षेत्रको संरक्षण सम्पूर्ण मानव समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनले हिमाली क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरिरहेको र यसका असरहरू समुद्रसम्म पुगी रहेकोले हिमालय र महासागरबीचको अन्तरसम्बन्धलाई बुझ्दै सामूहिक अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
समारोहमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का महानिर्देशकका भिडियो सन्देशहरू पनि प्रस्तुत गरिएको थियो। उहाँले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको विषयमा जोड दिनु भयो।
विशेष प्रस्तुति अन्तर्गत एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) का प्राध्यापक तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (IPCC) को प्रतिवेदनका प्रमुख लेखक डा. शोभाकर ढकालले हिमालय क्षेत्रको वर्तमान अवस्था, हिमनदीहरूको तीव्र पग्लने क्रम, जलस्रोत, जैविक विविधता तथा तल्लो तटीय क्षेत्रहरूमाथि पर्न सक्ने दीर्घकालीन प्रभावबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले हिमालयलाई केवल पर्वतीय क्षेत्रको विषयका

रूपमा नभई दुई अर्बभन्दा बढी जनसंख्याको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै हिमालयदेखि समुद्रसम्मको एकीकृत दृष्टिकोण, जल व्यवस्थापन, स्वच्छ ऊर्जा सहकार्य, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा थाइल्याण्डका पहिलो सगरमाथा आरोही श्री वितिद्नान रोजनापानिच तथा नेपाली पर्वतारोही श्री मिङमार शेर्पाले सगरमाथा आरोहणका अनुभवहरू साझा गर्नुभएको थियो। उहाँहरूले पर्वतारोहणका क्रममा देखिएका वातावरणीय परिवर्तन, हिमनदीहरूको अवस्थिति तथा पर्वतीय क्षेत्रमा बढ्दो जलवायु जोखिमबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो।
समारोहको अर्को विशेष आकर्षणका रूपमा हालै अघिल्लो हप्ता थाइल्याण्डबाट नेपाल भ्रमण सम्पन्न गरी फर्किएको एक प्रतिनिधिमण्डलद्वारा तयार गरिएका हाते चित्रकला (Hand-painted Artworks) को विशेष प्रदर्शनी आयोजना गरिएको थियो। नेपाल भ्रमणका क्रममा उनीहरूले अवलोकन गरेका लुम्बिनी, महाबौद्ध, स्वयम्भु, काठमाण्डौ दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, सांस्कृतिक सम्पदाहरू, स्थानीय जीवनशैली तथा प्राकृतिक सौन्दर्यलाई चित्रमार्फत प्रस्तुत गरिएको थियो। सहभागी अतिथिहरूले चित्रकला प्रदर्शनीलाई विशेष चासोका साथ अवलोकन गर्दै नेपाल र थाइल्याण्डबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने माध्यमका रूपमा प्रशंसा गरेका थिए।
कार्यक्रममा उपस्थित सफल सगरमाथा आरोहीहरू श्री वितिद्नान रोजनापानिच, श्री मिङमार शेर्पा र श्री विक्रम कार्कीलाई दोसल्ला तथा सम्मानपत्रले विशेष सम्मान गरिएको थियो। कार्यक्रममा दिउँसो सम्पन्न भएको विजनेस टु विजनेस बैठकमा सहभागी नेपाली व्यवसायीहरुले नेपाल घुम्नको लागि प्रदान गर्नुभएको विभिन्न किसिमका १७ वटा प्याकेजहरुलाई लक्की ड्र मार्फत थाईल्याण्ड तथा अन्य विदेशी पाहुनाहरुलाई वितरण गरिएको थियो।

२०८३ साल जेठ १६ गते शनिवार
बैंकक

NepalMinistry of Foreign Affairs, NepalOnlineKhabareKantipur

30/05/2026
Photos from The Embassy of Nepal in Bangkok's post 30/05/2026

प्रेस विज्ञप्तिः नेपाल थाइल्याण्ड पर्यटन व्यवसायीबीच बिजनेस टु बिजनेस कार्यक्रम सम्पन्न

यस राजदूतावासले नेपाल र थाइल्याण्डका पर्यटन व्यवसायीहरूबीचको बिजनेस टु बिजनेस (B2B) बैठक २९ मे २०२६ को दिन बैंककस्थित अमारी होटलमा आयोजना गर्‍यो। यस बिजनेस टु बिजनेस बैठकमा नेपालका होटल दुसित प्रिन्सेस, आलोफ्ट, होटल रोयल सिङ्गी लगायतका होटलहरु, कर्णाली र्‍याफ्टिङ्ग, माउण्टेन रुट्स, काठमाण्डौ होलिडे टुर्स एण्ड ट्राभल, पुमोरी जोर्नी, हिमालयन होलिडेस, एडभेञ्चर एक्स, लापारा डि टुर, एपेक्स हिमालयन ट्रेक्स एण्ड एक्सपिडिस, प्रोजेक्ट उद्धेश्य, द पेभिलियन हिमालयस द फार्म, हिमालय ट्रेजर्स ट्रेकिङ, हिमालयन जोर्नी, बाराङ भिलेज कम्युनिटी होमस्टे, कोर ट्रेक्स, नेपाल एयरलाईन्स, बुद्ध एयर लगायतका १८ वटा प्रतिष्ठित पर्यटनसम्बन्धी कम्पनी तथा संस्थाहरू र थाइल्याण्डका ६३ वटा पर्यटन सम्बन्धी कम्पनीका १०० जना भन्दा वढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
उक्त बैठकले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीको सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवर्द्धनका लागि सहकार्यका नयाँ ढोकाहरू खोल्न महत्वपूर्ण भूमिका खेलेको छ। महामहिम राजदूतबाट उपस्थित व्यवसायीहरुलाई स्वागत गर्दै नेपाल र थाईल्याण्डबीचको ऐतिहासिक, धार्मक, साँस्कृतिक तथा जनस्तरको गहिरो सम्बन्धलाई थप बलियो बनाउन पर्यटनले पुल (Bridge) को भूमिका खेलेकोमा प्रसंसा गर्नुभयो। व्यवसायीहरुलाई नेपालका पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्रकृति तथा सांस्कृतिक सम्पदाबारे विस्तृत जानकारी प्रस्तुत गर्दै थाईल्याण्डबाट नेपालमा थप पर्यटकहरु जान ईच्छुक रहेकोले पर्यटन व्यवसायीहरुलाई सहजीकरण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाललाई थाई पर्यटकहरूका लागि अत्यन्त आकर्षक, सहज पहुँचयोग्य तथा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए। नेपाल भ्रमणका विविध सम्भावनाहरू, विशेषगरी लुम्बिनी, जनकपुर, काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण पदमार्ग, वन्यजन्तु पर्यटन, योग तथा वेलनेस पर्यटन, विवाह पर्यटन, फिल्म पर्यटन र पर्वतीय साहसिक गतिविधिहरूबारे प्रस्तुति गरिएको थियो।
कार्यक्रममा उपनियोग प्रमुख श्री मोति बहादुर श्रीसले नेपालका पर्यटकीय आकर्षणहरुको अतिरिक्त नेपाल र थाइल्याण्डबीच पछिल्लो १३ वर्षको पर्यटक आदानप्रदान सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो। समग्रमा पर्यटकहरुको संख्या वृद्धि भएतापनि थाईल्याण्डबाट पर्यटनको लागि विदेश जाने कुल संख्या, नेपालको पर्यटकीय संभावना तथा १३ वर्ष अघी थाईल्याण्डबाट नेपाल गएका पर्यटकहरुको संख्याको तुलनामा हाल थाईल्याण्डबाट नेपाल गई रहेको पर्यटकको संख्या न्यून भएकोले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने प्रचुर स्थान रहेको व्यहोरा उल्लेख गर्नु भएको थियो। सन् २०१३ मा थाईल्याण्डबाट नेपाल जाने पर्यटकको संख्या ४०९६९ थियो भने सन् २०२५ मा ३०२४३ थाई पर्यटकले नेपाल भ्रमण गरेका थिए।
विजनेस टु विजनेस कार्यक्रममा थाईल्याण्डमा रहेका पर्यटन व्यवसायीहरुलाई पर्यटकीय भिसा आवेदन गर्ने प्रणालीको बारेमा अभिमुखीकरण सहितको प्रस्तुती गर्दै भिसा आवेदन पूर्ण रुपमा अनलाईन भएको र अत्यावश्यक परेको खण्डमा भिसा आवेदन दिएको केही क्षणमै भीसा जारी गर्न सकिने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो। यस बैठकमा सहभागी भएका नेपाली पर्यटन व्यवसायीहरुले तयार गरेका पर्यटन प्रवर्द्धन सम्बन्धी दृश्यसामाग्रीहरु राजदूतावासले नियमित रुपमा प्रकाशन तथा प्रवर्द्धन गर्नेछ।

२०८३ साल जेठ १६ गते शनिवार
बैंकक
of Foreign Affairs, NepalPMO NepalOnlineKhabar

Photos from The Embassy of Nepal in Bangkok's post 29/05/2026

कम्बोडियामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना !!

विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिसाको समयावधि समाप्त भइसकेपछि पनि त्यहाँ बसोबास गरिरहनु भएका नेपाली नागरिकहरू नेपाल फर्कदाँ कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले यस राजदूतावासले १ मे २०२६ देखि विवरण संकलन कार्य सञ्चालन गरेको थियो।
हाल सम्म संकलित विवरणअनुसार राहदानी हराएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र (One Way Travel Document) तयार गरी कम्बोडिया पठाइसकिएको छ। साथै राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँ पटक गरी ६०२ जना नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरेको छ।
यसर्थ, भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन हार्दिक अनुरोध गरिन्छ।
तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ गरी कडा कारवाहि गर्ने र जरिवाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ। तसर्थ, सम्बन्धित सबै नेपाली नागरिकहरूले यस सूचनालाई गम्भीरतापूर्वक लिई यथाशीघ्र नेपाल फर्किन अनुरोध गरिन्छ। कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाहा भईसकेका व्यक्तिहरुले हवाई टिकटको व्यवस्था गरिसकेपछि सो को जानकारी अग्रीम रुपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्ने भएकोले तल उल्लिखित ईमेल तथा सम्पर्क नम्बरहरुमा पठाई दिनुहोला। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने Direct Flights नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाईटको हो होईन एकिन गरेर मात्र टिकट खरिद गर्नु हुन समेत अनुरोध गरिन्छ।
थप जानकारीका लागि सम्पर्क:
नेपाली राजदूतावास, बैंकक: ईमेल: [email protected]
सम्पर्क गर्ने अधिकारी WhatsApp Number
श्री सजल शाक्य ‌+६६ ९९ ९०९ ६१२६
श्री सुरज श्रेष्ठ ‌+६६ ९९ ६५९ ८९६१
श्री आकाश अधिकारी +६६ ८४ ६६० ६०२९
श्री सृजना कोईराला +६६ ८६ ९९१ ५५५४

तथा
कम्बोडियामा: गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाका पदाधिकारीहरू

पुनश्चः अध्यागमन जरिवाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरुलाई कसैले शुल्क जरिवानाका नाममा कुनै प्रकारको रकम माग गरेमा ठगिको कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।

NepalMinistry of Foreign Affairs, NepalNon-Resident Nepali Association - NRNANRNA Cambodia OnlineKhabareKantipurRepublica

Photos from The Embassy of Nepal in Bangkok's post 28/05/2026

बैंककमा अन्तर्राष्ट्रिय बुद्धजयन्ती (Vesak Day) कार्यक्रम सम्पन्न

यस राजदूतावास र श्रीलङ्का राजदूतावासले संयुक्त रुपमा २८ मे २०२६ का दिन थाइल्याण्डको ऐतिहासिक तथा विश्वप्रसिद्ध बौद्ध मन्दिर वाट फ्रा चेतुफोन विमोनमंगलाराम (वाट फो) मा अन्तर्राष्ट्रिय बुद्धजयन्ती (International Day of Vesak) विशेष समारोहका साथ मनाए।

समारोहमा विभिन्न देशका राजदूतहरु, एशिया तथा प्रशान्त क्षेत्रको लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को प्रमुख, थाइल्याण्ड सरकारका प्रतिनिधिहरू, विभिन्न देशका कूटनीतिक नियोगका सदस्यहरू, बौद्ध धर्मगुरुहरू, शिक्षाविद्, नेपाली तथा श्रीलङ्काली समुदायका सदस्यहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा श्रीलङ्का तथा नेपालका राजदूतहरूले स्वागत मन्तव्य तथा शुभकामना व्यक्त गर्दै बुद्धका शिक्षाले वर्तमान विश्वमा शान्ति स्थापना, सहिष्णुता, दिगोपन र नैतिक जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वाट फोका प्रमुख भिक्षु महामहिम सोमदेत फ्रा महाथिराचन थेरोले विशेष सम्बोधन गर्नुभएको थियो। त्यसपछि महाचुलालोङ्कोर्नराजविद्यालय विश्वविद्यालयका भिक्षु पहालावेला धम्मकित्ति थेरोद्वारा बुद्ध पूजा, पुष्प अर्पण तथा बुद्ध वन्दना सम्पन्न गरिएको थियो।

त्यसैगरी, वाट बोवरोनिवेस विहारका सहायक अभोट भिक्षु फ्रा अनिल साक्य थेरोद्वारा धर्मदेशना प्रदान गरिएको थियो। धर्मदेशनामा बुद्धका शिक्षाले वर्तमान विश्वले सामना गरिरहेका विश्वशान्ति, वातावरणीय संकट, सामाजिक सद्भाव तथा नैतिक नेतृत्व लगायतका चुनौतीहरू समाधान गर्न मार्गदर्शन प्रदान गर्ने विषयमा विशेष जोड दिनु भएको थियो।

कार्यक्रममा नेपालका सिङ्गिङ बाउल विशेषज्ञ, संगीतकर्मी तथा साउण्ड थेरापी अभ्यासकर्ता श्री अमन शाहीद्वारा Healing Sound प्रस्तुत गर्नु भएको थियो। यसै क्रममा वाट पा नानाचाट अन्तर्राष्ट्रिय वन विहारका अभोट भिक्षु फ्रा भावनावज्राजान (अजान केवली) थेरोद्वारा ध्यान सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रममा विभिन्न बौद्ध राष्ट्रहरूमा मनाइने बुद्धजयन्तीसम्बन्धी भिडियो प्रस्तुति, भक्तिगीत तथा भेसाक लालटिन र दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

नोटः संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा 54/115 को प्रस्ताव पारित गर्दै बुद्धजयन्ती (Vesak Day) को अन्तर्राष्ट्रिय महत्वलाई विशेष रूपमा स्वीकार गर्दै प्रत्येक वर्ष मे महिनाको पूर्णिमाका दिन मनाइने भेसाक दिवसलाई संयुक्त राष्ट्रसंघ मुख्यालय तथा अन्य कार्यालयहरूमा अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको थियो। उक्त प्रस्तावले मे महिनाको पूर्णिमाको दिन बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र दिन भएको उल्लेख गर्दै सोही दिन भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको स्मरण गरिने तथ्यलाई स्वीकार गरेको छ।

२०८३ साल जेठ १४ गते तदनुसार २८ मे २०२६ विहिवार

बैंकक, थाईल्याण्ड
of Foreign Affairs, NepalPMO NepalKantipur DailyOnlineKhabarRepublica

Photos from The Embassy of Nepal in Bangkok's post 15/05/2026

His Excellency Mr. Dhan Bahadur Oli, Ambassador of Nepal to the Kingdom of Thailand, held a meeting today with His Excellency Police General Thatchai Pitaneelaboot, PhD, Director of the Special Taskforce Against Border-Related Cybercrime and Human Trafficking of the Royal Thai Police, on 15 May 2026.
During the meeting, they discussed various ways to further strengthen bilateral cooperation in areas of mutual interest, particularly in combating human trafficking, smuggling, online scamming, and cybercrime, as well as enhancing intelligence and information sharing and capacity building.
The two sides also reviewed the evolving trends of human trafficking in the region and globally. They exchanged views on the increasing misuse of tourism visa facilities by human traffickers using the Kingdom of Thailand as a transit point. Police General Thatchai assured that the Royal Thai Police would take immediate action upon receiving information related to trafficking cases from the Embassy.
His Excellency Ambassador Oli appreciated the cooperation extended by the Royal Thai Police in the rescue and repatriation of Nepali nationals trafficked to Thailand and neighboring countries. Both sides also reviewed the growing issue of online scamming operations in neighboring countries and emphasized the need for closer cooperation to rescue individuals trafficked into such scam centers.
The meeting further discussed the serious challenges posed by cybercrime and smuggling. Both sides agreed to strengthen cooperation to effectively combat these transnational crimes.
They also underscored the importance of enhancing intelligence and information sharing between the law enforcement authorities of the two countries and agreed to work towards institutionalizing such cooperation at the earliest possible. In addition, both sides agreed to expand cooperation in the field of capacity building between the police institutions of Nepal and Thailand.

15 May 2026
Embassy of Nepal, Bangkok

of Foreign Affairs, NepalPMO NepalOnlineKhabarThe Kathmandu PostRepublica

Photos from The Embassy of Nepal in Bangkok's post 14/05/2026

of Foreign Affairs, NepalPMO NepalOnlineKhabarThe Kathmandu PosteKantipurRepublicaBarhakhariSetopatiRato Pati

ต้องการให้ธุรกิจของคุณ ธุรกิจ ขึ้นเป็นอันดับหนึ่ง บริการภาครัฐ ใน Bangkok?

คลิกที่นี่เพื่อเป็นสมาชิก?

ที่ตั้ง

เบอร์โทรศัพท์

เว็บไซต์

ที่อยู่


4/1 Pridibanomyong 27, ถนน สุขุมวิท 71
Bangkok
10110

เวลาทำการ

จันทร์ 09:00 - 17:00
อังคาร 09:00 - 17:00
พุธ 09:00 - 17:00
พฤหัสบดี 09:00 - 17:00
ศุกร์ 09:00 - 17:00