02/14/2026
मलामी जानेबारे सुचना,
स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिमको प्रार्थिभ शरीरलाई अन्तिम बिदाई तथा दफन आज शनिवार, February 14, 2026 गरिने छ। सम्पूर्ण टेनिसीबासी भूटानी नेपाली दाजुभाई दिदी बहिनीहरू लगायत अन्य राज्यहरूमा रहनुहुने आफान्त, इष्टमित्रका साथै शुभचिन्तकहरूमा स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम ज्यूको प्रार्थिब शरिरमा अन्तिम पटक श्रद्धा सुमन अर्पण गर्न , निम्न स्थान र समयमा मलामीमा सहभागी भईदिनुहुन हार्दिक जानकारी गराँउन चाहन्छौं।
मलामी जाने मिति/ठेगाना र स्थान यस प्रकार छ;
भिजिटेशन गर्ने स्थान र समय:
Murfreesboro Funeral Home
145 Innsbrook Blvd.,
Murfreesboro, TN 37128
February 14, 2026, Saturday
Time: 11:00 am - 1:00 pm
माटोमा दफन गरिने स्थान,समय र ठेगाना:
Mapleview Cemetery
411 Maple St,
Smyrna, TN 37167
February 14, 2026, Saturday
Time: 1:30 pm - 3:00 pm
02/12/2026
मलामी जानेबारे सुचना,
टेनिसीको Cane Ridge निवासी टेनिसी समाजमा नेन्ने नामले चिरपरिचित श्रीमती सुहाङ थेगिम (धनमाया) को ५० वर्षको आधा उमेर मै हिजो February 11, 2026, बुधवार राती १०:३० बजेको अन्दाजी समयमा असामयिक निधन भएको दुखद समाचार सबै टेनिसीवासी भूटानी नेपालीहरूमा जानकारी गराउँन चाहन्छौं।
स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम, श्री जसरूप थेगिम ज्यूको धर्मपत्नी हुन भने दुई सन्तान छोरा हृदय थेगिम र छोरी रबिता थेगिमकी ममतामयी आमा हुन्।
“नेन्ने”, भूटानी समाज टेनिसी यानकी Association of Bhutanese Communities in Tennessee (ABCT) का अध्यक्ष श्री सुकमान सुहाङ ज्यूको जेठी दिदी हुन।
Kirat Cultural Society of Tennessee (KCST) का साथै Association of Bhutanese Communities in Tennessee (ABCT) स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथै शोकाकुल परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छौं।
नेन्ने सारै असल, मिलनसार, मिजासिलो, परोपकारी, दयालु, सहयोगी र सबैको मनमा बस्न सफल चेली थिइन।
स्वार्गीय नेन्ने ज्यूको प्रार्थिभ शरीरलाई अन्तिम बिदाई तथा दफन यही शनिवार, February 14, 2026 पारिएको हुनाले सम्पूर्ण टेनिसीबासी भूटानी नेपाली दाजुभाई दिदी बहिनीहरू लगायत अन्य राज्यहरूमा रहनुहुने आफान्त, इष्टमित्रका साथै शुभचिन्तकहरूमा स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम ज्यूको प्रार्थिब शरिरमा अन्तिम पटक श्रद्धा सुमन अर्पण गर्न , निम्न स्थान र समयमा मलामीमा सहभागी भईदिनुहुन Kirat Cultural Society of Tennessee (KCST) का साथै Association of Bhutanese Communities in Tennessee (ABCT) हार्दिक अनुरोध गर्दछ।
मलामी जाने मिति/ठेगाना र स्थान यस प्रकार छ;
भिजिटेशन गर्ने स्थान र समय:
Murfreesboro Funeral Home
145 Innsbrook Blvd.,
Murfreesboro, TN 37128
February 14, 2026, Saturday
Time: 11:00 am - 1:00 pm
माटोमा दफन गरिने स्थान,समय र ठेगाना:
Mapleview Cemetery
411 Maple St,
Smyrna, TN 37167
February 14, 2026, Saturday
Time: 1:30 pm - 3:00 pm
01/15/2026
कक्फेक्वा तङ्नाम यानकी माघे संक्रान्तिको सबैलाई हार्दिक मंगलमय शुभकामना छ!
01/02/2026
किरात इतिहासविद इमानसिङ चेम्जोङको १२२ औं जन्मदिनको अवसरमा सम्पूर्ण समाज, कलमजिबी, भूगोल, मानव सभ्यता, प्राचीन किरात इतिहास र किरातजाती प्रति चासो र चिन्तन बोकेका मित्रहरूमा, इतिहासविदको सम्मानमा एक मुष्ठ हार्दिक मंगलमय शुभकामना।
उनि किरात समाजका एक महान धरोहर हुन।
आज अंग्रेजी संवत 2026 को सबै सबैमा हार्दिक मंगलमय शुभकामना। यहाँहरू सबैको मरोकांक्ष पुरा होस्।
12/04/2025
हार्दिक शुभकामना!
वर्तमान किरात धर्मगुरू दर्शनदाता, त्रिकालदर्शी, ज्ञानदाता, मुक्तीदाता, विश्व शान्ति र मानव एकताका संम्बाहक मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द 'सेईङ' ज्यूको ७२ औं नुमाङगेन्ना शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन साथै सावायेहाङ किरात धर्मावलम्बीहरूको नुमाङगेन्ना मुबेक्का चासोक सेवाको पावन अवसरमा सम्पूर्ण विश्व मानव, चराचर सृष्टि जगतमा सुख, शान्ति, समृद्धि हुन सकोस् भनि तागेरा निङवाभू माङ संग प्रार्थना गर्दै यहाँहरू सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं।
नोगेन
KCST
Tennessee, America
11/11/2025
आज कार्तिक २५ गते!
मुहिङगुम अङसीमाङ लेत्ती थाकु फाल्गुनन्द लिङदेन थाकुले यो पुण्यभूमीमा जन्म लिएको दिन!
किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपाल १६ औं राष्ट्रीय विभूति महा गुरू फाल्गुनन्द लिङदेनको १४१ औं जन्म जयन्तीको पावन अवसरमा सम्पूर्ण धर्मप्रेमी, शान्तीप्रेमी, अहिंसाबादी तथा परोपकारी शिष्ट मानब मनहरूमा हार्दिक मंगलमय शुभकामना छ।
आज विश्व किरात धर्मावलम्बीहरूको घर घरमा दिपावली नपाउने दिन, मिठो मसिनो खानेदिन, गुरू ज्यूको महिमा गाउँने दिन, किरात धर्म दर्शन र दिव्य उपदेशहरू सुन्ने सुनाउने दिन हो।
10/19/2025
KCST Leaders handing over $2,520 the funeral financial support amounts collected from KCST families for the funeral expense assistant of Lt. Rikhimam Rai to his son Mr. Yan Rai this evening.
On behalf of KCST, I would like to thank 🙏 all our KCST families for being always there to help.
Sha Dungmali
Chairman
Kirat Cultural Society of Tennessee (KCST)
09/26/2025
दुखद समाचार!
मलामी जानेबारे सुचना,
टेनिसीको Antioch निवासी यान राईको ७९ वर्ष पुग्नु भएका वृद्ध बाबा रिखीमान राई ज्यूको हिजो September 25, 2025, बिहिबार राती घरमै असामयिक निधन भएको दुखद समाचार सबै टेनिसीवासी भूटानी नेपालीहरूमा जानकारी गराउँन चाहन्छौं।
Kirat Cultural Society of Tennessee (KCST) साथै ABCT स्वार्गीय वृद्ध बाबा रिखीमान राई ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं, साथै शोकाकुल परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छौं।
स्वार्गीय बाबा रिखीमान राई ज्यूको प्रार्थिभ शरीरलाई अन्तिम बिदाई तथा दफन भोली शनिवार, September 27, 2025 पारिएको हुनाले सम्पूर्ण टेनिसीबासी भूटानी नेपाली दाजुभाई दिदी बहिनीहरूलाई स्वार्गीय बाबा रिखीमान राई ज्यूको प्रार्थिब शरिरमा अन्तिम पटक श्रद्धा सुमन अर्पण गर्न , निम्न स्थान र समयमा मलामीमा सहभागी भईदिनुहुन Kirat Cultural Society of Tennessee (KCST) साथै
Association of Bhutanese Communities in Tennessee (ABCT) हार्दिक अनुरोध गर्दछ।
मलामी जाने मिति/ठेगाना र स्थान यस प्रकार छ;
भिजिटेशन गर्ने स्थान र समय:
Murfreesboro Funeral Home
145 Innsbrook Blvd.,
Murfreesboro, TN 37128
September 27, 2025, Saturday
Time: 1:00 pm - 2:00 pm
माटोमा दफन गरिने स्थान,समय र ठेगाना:
Mapleview Cemetery
411 Maple St,
Smyrna, TN 37167
September 27, 2025, Saturday
Time: 2:30 pm - 4:00 pm
09/09/2025
Association of Bhutanese Communities in Tennessee (ABCT) is coming up with three major events this year between Dashain and Tihar (Deepawali).
The major community event categories are as follows:
1. Inter-camp soccer tournament
2. The class of 2025 High School graduates honor and
3. Cultural program
The community will be giving away medals, appreciation certificates, trophies and honor to all the participants, players, artists and high school graduates. Delicious free meal
will be served to all the attendees during cultural event evening. This will be our community jamboree event with lots of fun.
Also, I am working on forming 2 elementary school kids soccer teams, 2 middle school children soccer teams and 2 girls team for the show matches as well.
Being the president of the Tennessean Bhutanese Community, I would like to urge all the community members, families, folks, intellectuals, volunteers, community leaders, business entrepreneurs, and the stakeholders to participate and financially contribute to make this our one and only mega events very successful.
Let’s come together to encourage and motivate our youths, unite them, engage all ages of our community families and bring each and everyone together.
Thank you
Sukman Suhang
President
Association of Bhutanese Communities in Tennessee (ABCT)