CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस

CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस

Share

Official page of the Consulate General of Nepal, Dallas

Photos from CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस's post 06/01/2026

महावाणिज्यदूत सुरेश अधिकारीले यही २९ मे २०२६ का दिन कोलोराडो राज्यका गभर्नर Honourable Jared Polis सँग डेन्वरस्थित Colorado State Capitol मा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा महावाणिज्यदूत अधिकारीले कोलोराडो राज्यसमेतको क्षेत्राधिकार रहने गरी नेपाली महावाणिज्यदूतावास, डालसको स्थापना भएको बारेमा माननीय गभर्नरलाई जानकारी गराउनुका साथै नेपाल र नेपाली समुदायप्रति उहाँको निरन्तर सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो । सो क्रममा माननीय गभर्नरले कोलोराडो राज्यमा उल्लेख्य उपस्थिति रहेको नेपाली समुदायले विभिन्न क्षेत्रमा पुर्‍याएको सकारात्मक योगदानको प्रशंसा गर्नुभएको थियो ।

तत्पश्चात् महावाणिज्यदूत अधिकारी माननीय गभर्नर Jared Polis ले मे 29, 2026 लाई Sherpa Appreciation Day का रूपमा proclaim गर्नुभएको विशेष समारोहमा सहभागी हुनुभयो । State Capitol मा आयोजित उक्त समारोहमा पटक पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका नेपाली आरोहीहरू सहित कोलोराडोस्थित शेर्पा समुदायको प्रतिनिधित्व रहेको थियो ।

उक्त दुवै अवसरमा उपमहावाणिज्यदूत धना कुमारी जोशी सहभागी हुनुहुन्थ्यो ।

सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस 06/01/2026

https://www.onlinekhabar.com/2026/05/1943390/international-everest-day-celebrated-in-colorado-with-sabru-dance

सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस १७ जेठ, कोलोराडो । शेर्पा समुदायको मौलिक 'सेब्रु नृत्य' सहित अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस र...

Photos from CGN Dallas - नेपाली महावाणिज्यदूतावास, डालस's post 06/01/2026

कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस (International Mount Everest Day) कार्यक्रम सम्पन्न
.................................................................................................................................

नेपाली महावाणिज्यदूतावास, डालसले शेर्पा संघ कोलोराडो (Sherpa Association of Colorado) सँगको सहकार्यमा कोलोराडो राज्यको डेन्वरमा 30 मे 2026 शनिवारका दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस (International Mount Everest Day) कार्यक्रम आयोजना गरेको छ । डेन्वरको वेस्टमिन्स्टर सहरस्थित नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) मा सञ्चालन गरिएको उक्त कार्यक्रमको सफल आयोजनामा Helping Hands Health Education को सहयोग रहेको थियो ।

पहाडी भूगोल एवं प्रसिद्ध Rocky Mountains हिमश्रृङ्खला रहेको कोलोराडो राज्य अमेरिकाको एक प्रख्यात पर्यटकीय क्षेत्र हो । यस राज्यमा ठुलो सङ्ख्यामा नेपाली शेर्पा समुदायको बसोबास रहेको छ । यहाँ रहेका शेर्पा समुदायका सदस्यहरू कैयनले पटक पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

सगरमाथा दिवस कार्यक्रममा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको कोलोराडो राज्यको बोल्डर सहर (City of Boulder) का Mayor, Honorable Mr. Aaron Brockett, बोल्डर काउण्टी (Boulder County) का District Attorney, Honorable Mr. Michael Dougherty एवं सगरमाथा आरोही, नेपाली सङ्घसङ्गठनका प्रतिनिधि तथा नेपाली डायस्पोराका सदस्यहरू गरी करीब 125 जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा व्यक्त भएको भिडियो सन्देशका साथै सगरमाथा आरोहण गर्ने क्रमका अनुभव समेटी शेर्पा समुदायबाट तयार पारिएको Documentary प्रस्तुत गरिएको थियो । त्यस्तै शेर्पा समुदायको मौलिक एवं परम्परागत स्याब्रु नाच र नेपाली साँस्कृतिक नृत्यमार्फत कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रममा महावाणिज्यदूत सुरेश अधिकारीले यस वर्षको सगरमाथा दिवस “Sagarmatha, the Highest Peak of the World: Identity and Pride of Nepal” स्लोगन सहित मनाइएको एवं यस अवसरले हिमाल आरोहणको भावना तथा शेर्पा समुदायको योगदानलाई सम्मान गर्नुका साथै वातावरणीय चेतना (Environmental Awareness) लाई उजागर गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले हिमाली पर्यावरण (Mountain ecosystems) ले वातावरणीय संरक्षण एवं अर्बौ मानिसको जीवनचर्या (Livelihoods) को सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा fragile mountain ecosystem लाई वातावरण परिवर्तनका असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । हिमाली पर्यावरणलाई जोगाउन नेपाल प्रतिबद्ध रहेको जानकारी दिँदै महावाणिज्यदूतले गतवर्ष सगरमाथा संवादका क्रममा काठमाण्डौमा जारी Sagarmatha Call for Action ले वातावरण परिवर्तनका असरलाई न्यूनीकरण गर्न सामूहिक अन्तर्राष्ट्रिय प्रयास एवं सहकार्यमाथि जोड दिएको समेत स्मरण गर्नुभयो ।

कार्यक्रममा सहभागी विशिष्ट पाहुनाहरू Mayor Aaron Brockett र District Attorney Michael Dougherty ले International Mount Everest Day को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै कोलोराडोमा रहेका नेपाली समुदायको योगदानको प्रशंसा गर्नुभयो । उक्त कार्यक्रममा पटकपटक सगरमाथा आरोहण गरिसक्नुभएका विभिन्न व्यक्तित्वहरूले सगरमाथा आरोहणका क्रममा भोगेका आफ्ना अनुभवहरू सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो ।

यस अघि 29 मे 2026 मा कोलोराडोको State Capitol Building मा आयोजित एक विशेष समारोहमा कोलोराडो राज्यका गभर्नर Honorable Jared Polis ले 29 मे 2026 को दिन लाई Sherpa Appreciation Day घोषणा गर्दै Proclamation जारी गर्नुभएको थियो । उक्त Proclamation मा उहाँले नेपाली शेर्पा समुदायले हिमाल आरोहणका क्रममा प्रस्तुत गर्दै आएको साहस एवं योगदानको प्रशंसा गर्नुहुँदै शेर्पा समुदायको परिश्रमी भावना, साँस्कृतिक मूल्यमान्यता, मानवीय योगदान एवं परम्पराको जगेर्नाप्रतिको समर्पणबाट कोलोराडो राज्यले प्रेरणा प्राप्त गरेको उल्लेख गर्नुभएको छ । सो क्रममा उहाँले 1 पटकदेखि 21 पटकसम्म सगरमाथा आरोहण गर्नुभएका नेपाली समुदायका 18 जना आरोहीहरूलाई सम्मान समेत गर्नुभयो । उक्त समारोहमा महावाणिज्यदूत सुरेश अधिकारी र उपमहावाणिज्यदूत धना कुमारी जोशीको उपस्थिति रहेको थियो ।

नेपाली महावाणिज्यदूतावास
डालस
1 जुन 2026 ।

Public Holidays | Consultate General of Nepal dallas 05/28/2026

गणतन्त्र दिवसको दिन महावाणिज्यदूतावास बन्द रहने सम्बन्धी सूचना
……………

नेपालको गणतन्त्र दिवसको अवसरमा भोलि मिति २०८३ साल जेठ १५ गते शुक्रबार (२९ मे २०२६) का दिन यस महावाणिज्यदूतावास बन्द रहने बेहोरा जानकारी गराउँदछौँ ।

गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यस महावाणिज्यदूतावासका लागि तोकिएका सार्वजनिक बिदाको सूची महावाणिज्यदूतावासको वेवसाइट लिंक
https://dls.nepalconsulate.gov.np/pages/public-holidays-3/ मा उपलब्ध रहेको छ।

नेपाली महावाणिज्यदूतावास
डालस
२८ मे २०२६ ।

Public Holidays | Consultate General of Nepal dallas विक्रम सम्बत् २०८३ मा यस नियोगका लागि तोकिएका

05/27/2026

URGENT NOTICE

Dear All,

To those who have left FedEx prepaid envelopes at this office for passport delivery service, we have already dispatched your passport through FedEx. If there are any outstanding delivery charges associated with your passport shipment, we kindly request that you settle the payment with FedEx at your earliest convenience.

Once the payment has been completed, please forward the proof of payment to the following email address:

[email protected]

Your prompt cooperation is sincerely appreciated.

Thank you,

Consulate General of Nepal, Dallas
27 May 2026

Photos from Ministry of Foreign Affairs, Nepal's post 05/26/2026
05/26/2026
05/20/2026

Internship Opportunity at Ministry of Foreign Affairs, Nepal

MoFA Nepal Summer Internship 2026 - Call for Expression of Interest

Call for Expression of Interest: MoFA Nepal Summer Internship 2026

We are pleased to announce the MoFA Nepal Summer Internship 2026, an 8-week voluntary research internship programme initiated by the Ministry of Foreign Affairs of Nepal and hosted by the Institute of Foreign Affairs.

The programme is open to Nepali graduates and professionals, both within Nepal and abroad, who wish to contribute independent policy research directly to Nepal's foreign policy agenda. Selected interns will work across five research themes over eight weeks from mid-June to mid-August 2026, in person in Kathmandu and remotely.

The research themes are Strategic Affairs and Public International Law, Development and Finance, Emerging Technologies, Clean Energy, and Nepali Diaspora

The programme offers a direct engagement with the Ministry of Foreign Affairs at the ministerial level, structured mentorship with senior professionals, access to officials and policy discussions, and the opportunity to publish through the Institute of Foreign Affairs. This is a service opportunity for the nation.`

Nepali citizens, Non-Resident Nepali cardholders, and people of Nepali origin are particularly encouraged to apply. Nepal-based professionals and researchers are equally welcome. We are looking for graduates and professionals with demonstrated expertise.

Deadline: 31 May 2026

Full details and the application form are available through the link below.

Please find the link for the application form here: https://forms.gle/5BHE2vEGNDcPrhwr9

For more information, contact:
[email protected] | [email protected]

05/14/2026

नयाँ राहदानी बुझिलिन आउनेबारे सूचना

यस महावाणिज्यदूतावासमार्फत विभिन्न मितिमा राहदानी नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीहरू मध्ये संलग्न सूचिमा उल्लेख भएबमोजिमका १९३ थान राहदानीहरू राहदानी विभाग, काठमाडौँबाट तयार भई यस नियोगमा प्राप्त भएका छन्। राहदानी वितरणबारे निम्नबमोजिम हुने ब्यहोरा सम्बन्धित सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ:

१. कार्यालय खुल्ने दिन (सार्वजनिक विदाका दिनबाहेक) बिहान ११ बजेदेखि अपरान्ह १ बजेभित्र स्वयं उपस्थित भई रिसेप्सन डेस्कबाट राहदानी संकलन गर्न सकिने छ ।

२. राहदानी सङ्कलनका लागि औसत समय 30 मिनेट लाग्न सक्ने छ ।

३. रिटर्न खाम छाडेर जानुभएका आवेदकका हकमा हुलाकमार्फत सोही ठेगानामा राहदानी पठाइने । हुलाकमार्फत राहदानी पठाइएपश्चात् यस कन्सुलेटको फेसबुक पेज (https://www.facebook.com/cgndallas) मा जानकारी उपलब्ध हुने हुँदा सोही बमोजिम राहदानी प्राप्त हुने मिति Tracking Number मार्फत चेक गर्नुहुन समेत अनुरोध छ।

४. राहदानी बुझिलिन आउँदा पुरानो सक्कल राहदानी र राहदानी नवीकरण शुल्क बुझाएको रसिदसमेत अनिवार्य साथमा ल्याउनु होला।

५. यस कार्यालयमा प्राप्त नयाँ राहदानीहरू बुझिलिने सम्बन्धमा यस अघि विभिन्न मितिहरूमा जारी सूचनामा उल्लेख भएका केही राहदानीहरू अझै सम्बन्धितले बुझ्न बाँकी देखिएको हुँदा आफ्नो राहदानी तोकिएको समय (बिहान ११ बजेदेखि अपरान्ह १ बजेभित्र) मा सम्बन्धित स्वयं यस कार्यालयमा उपस्थित भई यथाशीघ्र बुझिलिनुहुन समेत अनुरोध छ।

साथै, संलग्न सूचिमा नाम नभएका आवेदकहरूको राहदानी काठमाण्डौमा छपाई कै क्रममा रहेकाले अर्को सूचनाको प्रतिक्षा गर्नुहुन समेत अनुरोध छ ।
———
नेपाली महावाणिज्यदूतावास
डालस ।
14 मे 2026

https://dls.nepalconsulate.gov.np/content/47/notification-of-new-passport-issue---14/

https://dls.nepalconsulate.gov.np/content/46/list-of-new-passports---14-may/

नेपाली महावाणिज्यदूतावास ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन 05/14/2026

https://www.ratopati.com/story/563081/nepali-consulate-general-in-dallas-collects-rs-530000-in-revenue

नेपाली महावाणिज्यदूतावास ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन टेक्सस । संयुक्तराज्य अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन गरेको करिब ....

Want your business to be the top-listed Government Service in Dallas?

Click here to claim your Sponsored Listing.

Location

Address


1230 River Bend Drive, Suite 220
Dallas, TX
75247

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm