06/17/2026
This month, our members completed our 36th CPR Training Batch with ActionOSH LLC, learning CPR, First Aid, AED use, and hands-on emergency response skills for newborns, toddlers, and adults. For domestic workers, these skills are more than a certification—they are workplace safety and health— and skills that can save lives.
When workers are empowered, our entire community is stronger. ✨
______
यस महिना, हाम्रो सदस्यहरूले ActionOSH LLC सँगको हाम्रो ३६औँ CPR तालिम सफलतापूर्वक सम्पन्न गरे। तालिमका क्रममा सहभागीहरूले CPR, प्राथमिक उपचार (First Aid), AED को प्रयोग, साथै नवजात शिशु, बालबालिका र वयस्कहरूमा आउने आकस्मिक स्वास्थ्य आपत्कालीन अवस्थाहरूमा प्रभावकारी रूपमा प्रतिक्रिया दिने आवश्यक सीपहरू हासिल गरे।
घरेलु श्रमिकहरूका लागि यी सीपहरू केवल प्रमाणपत्र हासिल गर्ने अवसर मात्र होइनन्—यी कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न, आकस्मिक परिस्थितिहरूमा सही प्रतिक्रिया दिन, र आवश्यक पर्दा जीवन बचाउन सहयोग गर्ने महत्वपूर्ण ज्ञान र क्षमता प्रदान गर्न सक्षम बनाउँछन्।
जब श्रमिकहरू सशक्त हुन्छन्, हाम्रो सम्पूर्ण समुदाय अझ बलियो बन्छ। ✨
06/16/2026
🚨 ठगी सम्बन्धी चेतावनी 🚨
केही सदस्यहरूले आफूलाई अधिकार (Adhikaar) को कर्मचारी भनेर चिनाउने अपरिचित व्यक्तिहरूबाट फोन आएको जानकारी दिएका छन्।
❌ आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस्।
❌ OTP, भेरिफिकेशन कोड, PIN वा पासवर्ड साझा नगर्नुहोस्।
❌ अपरिचित व्यक्तिलाई पैसा नपठाउनुहोस्।
यदि फोन अधिकारबाट आएको हो कि होइन भन्ने शंका लागेमा, कृपया हाम्रो आधिकारिक नम्बरमा सम्पर्क गर्नुहोस्।
सतर्क रहनुहोस् र यो जानकारी परिवार तथा साथीहरूसँग साझा गर्नुहोस्। ⚠️
_______________
🚨 SCAM ALERT 🚨
Some community members have reported receiving calls from people falsely claiming to be Adhikaar staff.
❌ Do NOT share your personal information.
❌ Do NOT share OTPs, verification codes, PINs, or passwords.
❌ Do NOT send money to unknown callers.
If you're unsure whether a call is really from Adhikaar, contact us directly through our official phone number.
Please stay safe and share this warning with your family and friends. ⚠️
06/15/2026
टाशी, हाम्रा एक सदस्यले पहिलो पटक आफ्नो मतदान अधिकार प्रयोग गर्दै मतदान गर्नुभएको छ!
यदि तपाईं मतदान गर्न योग्य हुनुहुन्छ भने, आजै योजना बनाएर मतदान केन्द्रमा जानुहोस्। तपाईंको मत तपाईंको आवाज हो—यसलाई प्रयोग गर्नुहोस्।
📅 अग्रिम मतदान (Early Voting): जुन १३–२१, २०२६
📅 प्राथमिक निर्वाचन दिवस (Primary Election Day): जुन २३, २०२६
🔎 आफ्नो मतदान केन्द्र (Poll Site) पत्ता लगाउन: https://findmypollsite.vote.nyc/
✅ आफ्नो मतदाता दर्ता स्थिति जाँच गर्न: https://amiregistered.vote.nyc/
कुनै प्रश्न भएमा अधिकारलाई ७१८-९३७-१११७ मा सम्पर्क गर्नुहोस्।
________________________
Tashi, one of our members, proudly cast their ballot for the very first time! 🗳️✨
If you’re also eligible to vote, make a plan to cast your ballot today. Your vote is your voice—use it.
Early Voting starts from: June 13 2026 – June 21, 2026
2026 Primary Election Day: June 23, 2026
To find your poll site: https://findmypollsite.vote.nyc/
To find your registration status: https://amiregistered.vote.nyc/
For any questions, reach out to Adhikaar at 7189371117
06/09/2026
🏢 हाम्रो छिमेक, हाम्रो मत
अल्बानीमा गरिएका निर्णयहरूले हामीले तिर्ने भाडादेखि लिएर हाम्रा स्थानीय विद्यालय र सबवेको गुणस्तरसम्म, हाम्रो दैनिक जीवनका हरेक कुरालाई असर गर्छ। एसेम्बली डिस्ट्रिक्ट ३० र सिनेट डिस्ट्रिक्ट १२ का उम्मेदवारहरूले हाम्रो क्वीन्सका छिमेकहरूलाई कसरी नेतृत्व गर्ने योजना बनाएका छन्, त्यो सुन्न हामीसँग सामेल हुनुहोस्। तपाईं र तपाईंका छिमेकीहरूलाई असर गर्ने प्रश्नहरूको वास्तविक उत्तर सुन्ने यो तपाईंको मौका हो।
💬 सबै छिमेकीहरू सहभागी हुन सकून् भनी आवश्यकता अनुसार भाषा अनुवादको व्यवस्था गरिनेछ।
हामीसँग निम्न व्यक्तिहरू सहभागी हुनुहुनेछ:
🔹 SD-12: स्टीभ रागा र अबेर कावास
🔹 AD-30: सोमनाथ सी. घिमिरे, शम्सुल् हक, र प्याट्रिक मार्टिनेज
मिति र स्थान:
🗓️ शुक्रबार, जुन १२, २०२६, साँझ ६-८ बजे
📍 पी.एस. १२ (जेम्स बी. कोलगेट, ४२-०० ७२औं स्ट्रीट, वुडसाइड, एनवाई ११३७७)
🔗 आजै दर्ता गर्नुहोस्: https://bit.ly/49L4dS6
_______________________
🏢 Our Neighborhood, Our Vote
Decisions made in Albany influence everything in our daily lives from the rent you pay to the quality of our local schools and subways. Join us to hear how the candidates of Assembly District 30 and Senate District 12 plan to lead our Queens neighborhoods. This is your chance to hear real answers to the questions that affect you and your neighbors.
💬 Language interpretation will be provided as needed to ensure all neighbors can participate.
We will be joined by:
🔹 SD-12: Steve Raga & Aber Kawas
🔹 AD-30: Patrick Martinez, Somnath C. Ghimire, Shamsul Haque
When & Where:
🗓️ Friday, June 12, 2026 from 6-8PM
📍 P.S. 12 (James B. Colgate, 42-00 72nd St., Woodside, NY 11377)
🔗 Register today with the link: https://bit.ly/49L4dS6
06/08/2026
🎉 Calling all youth! 🎉
Join us for the Adhikaar Youth Meet & Greet on Saturday, June 27 at 1:30 PM!
Join the Adhikaar Youth Meet & Greet on June 27 at 1:30 PM! Connect with fellow youth, hear from former youth leaders, discover upcoming opportunities, and enjoy food, games, and community. RSVP here: https://forms.gle/q2RjAyiNTJh1u9Ex8.
📍 71-07 Woodside Ave, Woodside, NY 11377
We can’t wait to see you there! 💙
________________________
🎉 सबै युवाहरूलाई निमन्त्रणा! 🎉
Adhikaar Youth Meet & Greet कार्यक्रममा सहभागी हुनुहोस्!
नयाँ साथीहरू बनाउनुहोस्, अन्य युवाहरूसँग चिनजान बढाउनुहोस्, पूर्व युवासदस्यहरूसँग भेट्नुहोस्, र आगामी कार्यक्रम तथा अवसरहरूबारे जानकारी लिनुहोस्।RSVP: https://forms.gle/q2RjAyiNTJh1u9Ex8
यस रमाइलो जमघटमा अर्थपूर्ण संवादमार्फत आफ्नो समुदायसँग अझ नजिक हुने अवसर नछुटाउनुहोस्! 💙
📅 शनिबार, जुन २७, २०२६
🕜 दिउँसो १:३० बजे
📍७१-०७ वुडसाइड एभेन्यु, वुडसाइड, न्यूयोर्क ११३७७
आफ्नो साथीहरूलाई पनि लिएर आउनुहोस्—हामी तपाईंलाई भेट्न उत्साहित छौं! 💙
06/07/2026
As we think back on AAPI Heritage Month, we’re reflecting on the many opportunities Adhikaar had to represent Nepali and Himalayan communities in spaces shaping New York’s future.
On one memorable day, we joined the TAAF Summit and later celebrated alongside partners and peers NYC Comptroller Mark Levine AAPI event in Flushing. It felt fitting that both events were connected by the 7 train—the heartbeat of Queens, home to nearly half of NYC’s Asian American population and one of the nation’s largest and fastest-growing Nepali and Himalayan communities.
Thank you to our funders, partners, and community members for helping ensure our communities are represented, recognized, and resourced. Congratulations CACF: Coalition for Asian American Children & Families Damayan Migrant Workers Association Sapna NYC (United Territories of Pacific Islanders Alliance) 💙
_____________
AAPI हेरिटेज महिना सकिएसँगै, हामी न्यूयोर्कको भविष्य निर्माण गर्ने महत्वपूर्ण मञ्चहरूमा नेपाली तथा हिमाली समुदायको आवाज र उपस्थितिलाई प्रतिनिधित्व गर्ने अवसरहरूलाई गर्वका साथ सम्झिरहेका छौं।
त्यसमध्ये एक विशेष दिनमा,, हामी TAAF Summit मा सहभागी भयौं र त्यसपछि Flushing मा आयोजित Mark Levine को AAPI कार्यक्रममा साझेदार संस्था र साथीहरूसँग उत्सव मनाउने अवसर पायौं। यी दुवै कार्यक्रमलाई Queens को परिचय र धड्कन मानिने 7 Train ले जोडेको थियो। Queens न्यूयोर्क शहरका ठूलो संख्यामा रहेका एशियाली अमेरिकीहरूको घर मात्र होइन, देशकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढिरहेको नेपाली तथा हिमाली समुदायमध्ये एकको केन्द्र पनि हो।
हाम्रा समुदायहरूलाई प्रतिनिधित्व, मान्यता र आवश्यक स्रोतहरू प्राप्त गराउन निरन्तर सहयोग गर्नुहुने सबै दातृ निकायहरू, साझेदारहरू र समुदायका सदस्यहरूलाई हार्दिक धन्यवाद।
बधाई तथा शुभकामना:
Coalition for Asian American Children and Families (CACF),
Damayan Migrant Workers Association,
Sapna NYC, र
UTOPIA NYC 💙