मणि लाबुङ लिम्बु जिताऔं अभियान
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मणि लाबुङ लिम्बु जिताऔं अभियान, Political organisation, 74-33 45th Avenue #3fl, New York, NY.
यस्तै र यस्ता हर्कत बोकेका एमालेहरुले भोली के-के गर्न सक्लान् ?
दिन आजै हो । सोचेर भोट गर्नुहोस् ।
ताप्लेजुङमा व्यापारी धम्क्याएर योगेश भट्टराईले लिए ५ करोड रुपैयाँ – NepalPana काठमाडौं । नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईले व्यापारी धम्क्याएर ५ करोड रुपैयाँ चुनावी खर्च लिएको खुलासा भएको छ ।
11/26/2017
एकाबिहानै एमालेका साथिहरुले सबैलाई मासुभातको तैयारी गरीरहेको थाहा भएको छ । सम्पूर्ण मतदाताहरुलाई हाम्रो अपील यो छ मासुभात खानुहोस् झ्यापझ्याप रुख चिन्हमा छाप लगाउनुस् है । एकछाक मासुभातमा आफ्नो स्वाभिमान नबेच्नुहोस् । देशलाई समृद्ध बनाउन नेपाली कांग्रेस ताप्लेजुङका सबै उम्मेद्वारहरुलाई रुख चिन्हमा मतदान गर्नुहोस् । पर्यटक ( टुरीष्ट ) नेतादेखी सावधान !!!!!!
ताप्लेजुंगको कतिपय स्थानहरुमा गएको स्थानीय चुनावमा एमालेले प्रतिभोट ४० हजारमा मतदाता किनबेच गरेको समाचार पुरानो नहुदै पुन: यो कार्य । यो पैसा कहाँबाट आईरहेको छ ?
भोट चैं रुखमै दिउँ है साथी हो ।
हार्ने भएपछि एमालेका योगेश भट्टराईले शुक्रबार राति पैसा बाँडे – NepalPana फुङलिङ । नेकपा (एमाले)का सचिव एवम् ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा उम्मेदवार योगेश भट्टराईले मतदातालाई प्रभावित तुल्याउन शुक्रबार राति पैसा वितरण गरेको खुलासा भएको छ ।
11/24/2017
२/२ पटक काठमाण्डौवासी मतदाताहरुले चुनावमा नजिताएका एमालेका योगेश भट्टराई टुरीष्ट नेताको रुपमा यस पटक ताप्लेजुङमा आफ्नो स्थान सुरक्षित गर्न आएका छन् । ताप्लेजुङबासी मतदाताहरुले पनि समयमैं टुरीष्ट नेताको पहीचान नगर्ने हो भने हामी फेरी ५ बर्ष पछी धकेलिने छौं । आउनुहोस् यो जिल्लाको हाम्रै रैथाने नेताहरुलाई रुख चिन्हमा छाप लगाएर बिजय गराऔं ।
07/14/2017
समय हुने मित्रहरुले यो पनि पढिराखे राम्रो हुनेछ ।
राजा फर्काउन केपी र विद्याको चलखेल! सातपटक ज्ञानेन्द्रसँग गोप्य भेट भएको खुलाशा Dainik Headlines
07/02/2017
चुनावी परिणाममा हारजीत हुनु नै लोकतन्त्रको शुन्दरता हो । हामिले नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्दै समग्र फक्ताङलुङ गाउँपालीकाको बिकासको निमित्त चुनावी मैदानमा अहोरात्र खटियौं । जनताले हामिलाई विश्वास गरेर सम्मानजनक मतदान गर्नुभएको छ । यसले हाम्रो मनोबलका साथै ज़िम्मेवारी बढेको महसूस गरेका छौं । मतदान गर्नुहुने सम्पुर्णलाई पुन: धन्यवाद ज्ञापन गर्न चाहन्छौं । तपाई जनताहरुको हौसला , साथ र सहयोगले हाम्रो पार्टि हाम्रो क्षेत्रमा बलियो छ र बलियो बन्दैछ भन्ने हामिले पुष्टि गरेका छौं । भबिष्यमा हाम्रो पार्टिलाई अझ मजबुत बनाउन तपाई हामी सबै मिलेर अझ शसक्तरुपमा अघि बढ्न आव्हान गर्न चाहन्छौं । हिजो पनि हामी जनताको सेवकको रुपमा काम गरेका थियौं भोली पनि हामी जनताको सेवा गर्नेछौं यो नै हाम्रो मुलमन्त्र हो । साथिहरु स्मरण रहोस् हामिले हारेर पनि चुनाव जीतेका छौं । बिगत २५ बर्षदेखी नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित ताप्लेजुङको क्षेत्र नं. २ को बिभिन्न स्थानहरुमा हाम्रा उम्मेद्वार साथिहरुले बिजय प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सबै साथिहरुलाई सफल कार्यकालको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्दछौं । अन्त्यमा फक्ताङलुङ गाउँपालीकाबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुमा सफल कार्यकालको निमित्त हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
धन्यवाद !
जय नेपाल !
फक्ताङलुङ गाउँपालिकाको वार्ड नं. ७ ओलाङचुङ गोलाबाट नेपाली कांग्रेसका वडाध्यक्ष पदमा मित्र छेतेन लामा निर्वाचित !
हार्दिक बधाई !!
जय नेपाल !!
07/01/2017
साथिहरुलाई हार्दिक शुभकामना !!
एमालेले २५ वर्षसम्म जितेको गाउँपालिकामा काँग्रेसले गाड्यो चारतारे झण्डा ताप्लेजुङ । लगातार २५ वर्षसम्म सबै निर्वाचनहरु जितेर रजत जयन्ती मनाएको ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा एमालेको लाल किल्ला तोडिएको छ । मेरिङदेन गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेश बहादुर लिम्बु निर्वाचित हुँदै विजयको झण्डा फहराएसँगै एमालेको किल्ला तोडिएको हो ।
06/28/2017
नमस्कार !
आजको मतदान सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण फक्ताङलुङ गाउपालिकाबासी मतदाता आमा-बाबु , दाजुभाई तथा दिदिबहिनीहरु ! तपाईहरुको अमुल्य मतको सदासर्बदा कदर गर्दै यो निर्वाचनमा बिजय या पराजय परवाह नगरी सदैव हाम्रो गाउँ , समाज र जनताको सेवामा तत्पर रहने छु । यहाँहरुको साथ र सहयोगको निमित्त हार्दिक आभार ब्यक्त गर्दछु । बिशेष त रातदिन अहोरात्र साथ र सहयोगको निमित्त पार्टिका साथिहरुलाई मुरीमुरी धन्यवाद !
सुरक्षा निकाय , निर्वाचन आयोगका प्रतिनिधिहरु , स्वयंसेवक , पार्टि कार्यकर्ता , आफन्तहरु सबैमा हार्दिक नमन !!
जय नेपाल !!!!
06/28/2017
आज चुनावको दिन , अन्तिम पटक सबैलाई आग्रह !!!!!
" नेपाली कांग्रेस जे भन्छ त्यहि गर्छ , जे गर्छ त्यहि भन्छ । केहि गर्दैन भने केहि भन्दैन , केहि भन्दैन भने केहि गर्दैन तर जे बोल्छ त्यहि गर्छ अनि जे गर्छ त्यहि बोल्छ । "
आउनुहोस् ! मतदान गर्नुहोस् !!
सम्पुर्ण फक्ताङलुङ गाउँपालिका निवासी आमा-दाजुभाई , दिदिबहीनीहरु !
आजको मतदानमा आफ्नो समाज र समुदायको सेवामा आफ्नो जीवन अर्पण गरेका उम्मेद्वार श्री मणि प्रसाद लाबुङलाई अध्यक्ष पदमा रुख चिन्हमा छाप लगाई अत्याधिक बहुमतले बिजय गराऔं ।
धन्यवाद !
जय नेपाल ।
तागेरा निङ्वाफुङ र पाथिभरा देवीले हामि सबैको कल्याण गरुन् ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
74-33 45th Avenue #3fl
New York, NY
11373
