15/01/2026
"माघे सङ्क्रान्ति २०८२ को
हार्दिक मंगलमय शुभकामना ।
Young Communist League (YCL) Nepal is the youth wing of Communist Party of Nepal, (Maoist Center).
15/01/2026
"माघे सङ्क्रान्ति २०८२ को
हार्दिक मंगलमय शुभकामना ।
13/01/2026
YCL सिरिजंगा गाउँपालिका कमिटि ताप्लेजुङलाइ 'YCL कप' को सफलताको शुभकामना ।
24/12/2025
एकताको सन्देश सारामा !
भोट हालौ तारामा ! !
शब्द रचना - नीलकण्ठ तिवारी
स्वर - नवीन खड्का / केसरी घर्ती ( एलिना )
सबैले शेयर गर्न अनुरोध छ !
Bhot Halau Tarama Song || भाेट हालाैँ तारामा || नेपाली कम्युनिस्ट पार्टी गीत || Nilakantha Tiwari 🎵 Song: Bhote Halau Tarama 🎵 Audio Credit Vocal: Nabin Khadka, Keshari Gharti (Elina) Lyrics: Nilkantha Tiwari Music: Bijay Thapa Arrangement: Bijay Thapa ...
13/12/2025
NPL, (Nepal premier league ) Season 2 उपाधि विजेता Lumbini Lions Squad लाई हार्दिक बधाई ! 🌺🌺
13/12/2025
भावपुर्ण श्रद्धान्जली 🙏
YCL नेपाल केन्द्रीय सदस्य कमरेड दावा लामा, YCL सिन्धुपाल्चोक पुर्व क्षेत्रीय संयोजक क. गणेश लामा (दिवश) एवं लमिन तामाङकी ममतामयी आमा कान्छीमाया तामाङज्यूको असामयिक निधनले हाम्रो सिंगो संगठनलाई मर्माहत तुल्याएको छ । दुःखको यस घडीमा स्व. आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
वाईसीएल नेपाल, केन्द्रीय समिति
12/12/2025
नेपाली क्रान्तिका नायक, नेपाली कम्युनिस्ट पार्टीका आदरणीय संयोजक सुप्रीमो कमरेड प्रचण्डलाइ जन्मदिनको प्रचण्ड शुभकामना ।
10/12/2025
शोक वक्तव्य
नेपाली कम्युनिस्ट पार्टीका होनहार युवा नेता, वाइसिएल नेपालको पुर्व केन्द्रीय सदस्य, जनयुद्धकालिन प्रतिबद्ध क्रान्तिकारी नेता कमरेड काशी महतो (करण) को यहि २२ मंसिर, २०८२ मा भएको असामयिक निधन प्रति हाम्रो गौरवशाली संगठन वाइसिएल नेपाल गहिरो शोक र दुःख व्यक्त गर्दछ । उहाँको निधनले हाम्रो पार्टी, संगठन र नेपाली श्रमजिवी वर्गको लागि अपूरणीय क्षति भएको छ ।
कमरेड काशी महतो (करण) २०३२ साल मंसिर १५ गते महोत्तरी (हाल गौशाला नगरपालिका, बेलगाछी) मा जन्मनु भएको थियो । सामाजिक सेवाको माध्यमबाट राजनीतिमा प्रवेश गरी २०५६ सालमा तत्कालिन नेकपा (माओवादी) मा सामेल भएपछि उहाँ पूर्णकालिन कार्यकर्ता बन्नुभयो । ‘करण’ उपनामले जनयुद्धको इतिहासमा परिचित कामरेड ‘करण’ले लगातार पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नु भयो । महोत्तरी जिल्ला समिति सदस्यदेखि एरिया इन्चार्ज, राज्य समिति सदस्य, योङ कम्युनिस्ट लिग नेपालको केन्द्रीय सदस्य, महोत्तरी जिल्ला संयोजक र नेकपा (माओवादी केन्द्र) को प्रदेश समिति सदस्य सम्मको भूमिका निर्वाह गर्नुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका कामरेड काशी महतो (करण) सधैं सक्रिय, जुझारु र जनताका नजरमा स्थापित नेता थिए ।
५० वर्षको अल्पायुमा नै उहाँको यस रूपमा भौतिक बिदाइ हाम्रो लागि अत्यन्त पीडादायी छ । उहाँले आफ्नो सम्पूर्ण जीवन देश र जनताको लागि समर्पित गर्नुभयो । दलित, पिछडिएका र शोषित वर्गको अधिकार, समानता र न्यायको लडाइँमा समर्पित गर्नुभयो ।
हामी कमरेड काशी महतो (करण) को अमर स्मृतिलाई श्रद्धाञ्जली गर्दछौं र उहाँको जीवन र आदर्शबाट प्रेरणा लिँदै समाज रुपान्तरणमा उहाँको प्रतिवद्धतालाई थप अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछौं ।
यस दुःखद क्षणमा हामी उहाँ प्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
२४ मंसिर, २०८२
वाइसिएल नेपाल, केन्द्रीय समिति
30/11/2025
पोखरामा चम्किएको तारा !
नेपाली कम्युनिष्ट पार्टीमा
एकिकृत हुदैछन सारा ।
सन्देश सभा, पोखरा चिप्लेढुंगा ।
आज सम्पन्न 'जेन्जीसँग नेकपा' कार्यक्रममा व्यस्त समयका बाबजुद उपस्थित हुनुहुने पार्टी संयोजक क. प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा, वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत अहोरात्र खट्नुहुने संगठनका फ्याक्सन ईन्चार्ज दीपशिखा, यूवासंघ नेपालका फ्याक्सन ईन्चार्ज लक्ष्मण के.सी.लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू, जवस मोर्चाका नेता कार्यकर्ताहरू, अहोरात्र खट्नुहुने संगठनका पदाधिकारीहरु - केन्द्रीय समिति - प्रदेश - जिल्ला - पालिका समितिका नेता कार्यकर्ताहरू , वागमति प्रदेश कमिटिका सबै नेता कार्यकर्ताहरू, विशेष सम्पर्क प्रदेश कमिटिका सबै नेता कार्यकर्ताहरू , पत्रकार मित्रहरू, कलाकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरूलगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु । जेन्जी समूहका यूवाहरूले हाम्रो संगठनप्रति देखाएको आकर्षणले हामी उत्साहित छौं । आज करिब एक हजार जनाले नयाँ सदस्यता लिनुभएको छ। आजको जस्तै कार्यक्रम हामी देशभर गर्नेछौं र नयाँ पुस्ताको आकर्षणलाई संगठनात्मक विधिमा लगि व्यवस्थित गर्नेछौ ।आगामी कार्यक्रमहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षासहित धेरै धेरै धन्यवाद एवं आभार व्यक्त गर्दछौं।
पुष्प ओली
अध्यक्ष
वाईसीएल नेपाल
केन्द्रीय समिति
22/11/2025

20/11/2025
वाईसीएल नेपालको केन्द्रीय लेखा आयोग सदस्य क. दावा मिङमार तामाङ Kosci 100KM Ultra-Trail Kosciuszko by UTMB, Australia (27–29 November 2025) आयोजना हुने कार्यक्रममा सहभागि हुन नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भयका कमरेडलाइ नेपाली कम्युनिस्ट पार्टीको श्रद्धेय संयोजक क. प्रचण्ड, YCL फ्याक्सन इन्चार्ज दाइ दिपशिखा YCL अध्यक्ष पुष्प ओली
सहित YCL नेतृत्व बाट शुभ यात्रा सहित सफलता को शुभकामना व्यक्त गरियो ।