Hamro Syangja हाम्राे स्याङ्जा

Hamro Syangja हाम्राे स्याङ्जा

Share

Entertainment

21/05/2026

आज पोखरामा पानीले बितण्डा मच्चायो ।
महेन्द्रपुलमा खोला बग्यो । बाइक र स्कुटर बगायो.......

21/05/2026

सांसद धनञ्जय रेग्मीले संघीय संसदमा उठाएको शिक्षक सरुवासम्बन्धी अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाले कडा प्रतिक्रिया जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा सांसद रेग्मीको भनाइप्रति व्यंग्यात्मक शैलीमा जवाफ दिँदै “बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन” भन्ने उखानसमेत प्रयोग गरिएको छ ।

प्रतिनिधि सभामा सांसद रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा “केही आस्थाका भरमा शिक्षकहरूको जथाभावी सरुवा गरिएको” भन्दै टिप्पणी गरेका थिए । त्यसको जवाफमा गाउँपालिकाले आफूहरूको “आस्था” विद्यार्थीको भविष्य, शिक्षा सुधार र पारदर्शी शैक्षिक सुशासनप्रति रहेको उल्लेख गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकाले शिक्षक सरुवा संविधानले दिएको अधिकारभित्र रहेर आवश्यकता र नीतिका आधारमा गरिएको दाबी गरेको छ । “यदि माननीयज्यूको पार्टीमा आस्था राख्ने शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने हो भने नाम पठाइदिनुस्, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ,” पत्रमा व्यंग्य गर्दै उल्लेख गरिएको छ ।

गाउँपालिकाले सांसद रेग्मी विकास निर्माण, पूर्वाधार र जनताका अन्य समस्याभन्दा शिक्षक सरुवाको विषयमा बढी केन्द्रित भएको आरोप पनि लगाएको छ । “हजारौं विकासका समस्याभन्दा कानुनसम्मत सरुवाको चिन्ता प्रमुख देखिँदा स्याङ्जा क्षेत्र नं. १ ले भोलि ठूलो मूल्य चुकाउनुपर्ने हो कि भन्ने आशंका भएको छ,” पत्रमा भनिएको छ ।

त्यसैगरी गाउँपालिकाले सांसद रेग्मीलाई सरुवाको प्रक्रिया र मापदण्डबारे जानकारी लिन आफ्नै पार्टी नेतृत्वको सामान्य प्रशासन मन्त्रालयसँग बुझ्न सुझाव दिएको छ । साथै शिक्षक सरुवाको विषयभन्दा समग्र शिक्षा क्षेत्रका समस्या र शिक्षकहरूले भोगिरहेका चुनौतीबारे संसदमा आवाज उठाउन आग्रह गरिएको छ ।

20/05/2026

बिदाई भएर काठमाडौ जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जा का प्रमुख Dadhi Ram Neupane ले स्याङ्जा बसाई उत्साह रहेकाे बताउनु भएकाे छ । स

15/05/2026
15/05/2026

खोजी कार्यमा सहयोग गरौं ।

12/05/2026

प्रधानमन्त्री बालेन्द्र शाहको उपचार गर्न माग ।

11/05/2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा देखिएको आगो ,

08/05/2026

वालिङ अस्पतालमा सेवाग्राहीको भिड ।

08/05/2026

बाजा लागेपछि ।

Photos from Hamro Syangja हाम्राे स्याङ्जा's post 08/05/2026

सिनेमा सम्वादका लागी ल्वाङ गाउँमा पुगे सेलिब्रेटी

पोखरा
सिनेमाका विविध बिषयमा सम्वाद गर्नका लागी सेलिब्रेटीहरु कास्कीको पर्यटकीय गाउँ ल्वाङमा पुगेका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा प्रत्येक बर्ष हुँदै आएको सिनेमा सम्वादको चौथो संस्करणका लागी चलचित्रसँग सम्बन्धित सेलिब्रेटीको साथमा कन्टेन्ट क्रिएटर पुगेका छन् । कार्यक्रममा आज शुक्रबार र भोली शनिबार दुईदिन चल्नेछ ।

ल्वाङमा अभिनेता निखिल उप्रेती, अभिनेत्री बेनिशा हमाल, सनिशा भट्टराई, कन्टेन्ट क्रिएटर ईष्टु कार्की लगायतका सेलिब्रेटी दिउँसो १ बजे पुगे । ल्वाङमा पुग्नासाथ त्यहास्थित आमा समुहले स्वागत गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालका अनुसार आज सम्वाद बाहेकका अन्य कार्यक्रम हुने र भोली (शनिबार) बिभिन्न बिषयमा सम्वाद सेसन चल्नेछ । बाँकी सेलिब्रेटी शािनबार बिहान ल्वाङ गाउँ पुग्नेछन् ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गरिने बस्यालले बताए । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला पनि भब्य रुपमा सम्पन्न गरिने बताइयो ।

यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुँदैछ । ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्। ‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन् ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।

‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।

कार्यक्रममा आज साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन् । आयोजकले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरेको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिव गोपिकृष्ण चापागाईंले संघले चलचित्र पत्रकार, पत्रकारिता र सिनेमासँग जोडिएका बिबिध कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि केन्द्रसँगै बिभिन्न शाखाले कार्यक्रम गर्ने तयारी गरेको बताए । उनका अनुसार संघका १४ वटै शाखाले आगामी जेठ ७ मा बार्षिकोत्सवको अवसरमा थुप्रै कार्यक्रमको आयोजना गर्दैछन् ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Syangja