Area Police Office Gadhawa, Dang

Call Website Contact the organization

Area Police Office Gadhawa, Dang Welcome To Area Police Office Gadhawa, Dang Official page, For Emergencies, Dial 100 For Police Support.

महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।*************मिति २०८३।०७।१० गते इलाका प्रहरी कार्यालय गढवा द...
28/10/2026

महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
*************
मिति २०८३।०७।१० गते इलाका प्रहरी कार्यालय गढवा दाङको सभाहलमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीज्यूको उपस्थितिमा यस कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको गुनासो तथा पिरमर्काको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी आवश्यक निर्देशन प्रदान गर्नु भयो ।

26/10/2026

📢 हराएको पर्स (वालेट) फेला पार्न सहयोग गरी दिनहुन हार्दिक अनुरोध !
**********************************************
मिति २०८३ साल कार्तिक ०८ गते दिउँसो २:०० बजे देखि ३:०० बजेको बीचमा बुटवलबाट दाङतर्फ आउने क्रममा धानखोला देखि भालुवाङसम्मको सडक खण्डमा भुपेन्द्र सुनारको पर्स हराएको हुँदा सम्बन्धित सबैमा यो सूचना जानकारी गराइन्छ ।
हराएको पर्समा रहेका सामानहरू:
- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १ थान
- ATM कार्ड २ थान
- नगद रु. ८,०००।– देखि १०,०००।– सम्म
उक्त पर्स सोही सडक खण्डमा कतै फेला पार्नुभएको वा कसैले भेट्टाएर सुरक्षित राख्नुभएको भए नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

सम्पर्क: इलाका प्रहरी कार्यालय गढवा, दाङ
फोन नं.: ९८५७८९००८१ वा १००

"हराई संम्पर्क बिहिन भएका बालक फेला पारी आफन्तको जिम्मा लगाईएको " ******************************************************...
25/10/2026

"हराई संम्पर्क बिहिन भएका बालक फेला पारी आफन्तको जिम्मा लगाईएको "
****************************************************************
मिति २०८३।०७।०७ गते जिल्ला दाङ, गढवा गाउँपालिका–१, कालाकाटे स्थित महेन्द्र राजमार्गमा बेबारीसे अवस्थामा हिडिरहेको बालकलाई यस कार्यालय मातहत अस्थाई प्रहरी पोष्ट कालाकाटे, दाङबाट उद्दार गरी यस कार्यालयमा ल्याई उक्त बालकको आमा जिल्ला दाङ शान्तिनगर न.पा. १ कुमलगढि बस्ने लक्ष्मी रावतको
जिम्मा लगाइएको ।

22/10/2026

पटका सहित मानिस नियन्त्रणमा

बडादशैको टिका तथा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।===================================आज मिति २०८३।०७।०४ गते यस ...
21/10/2026

बडादशैको टिका तथा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
===================================
आज मिति २०८३।०७।०४ गते यस इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीज्यूबाट यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बडादशैको टिका, जमरा लगाई प्रहरी कर्मचारीहरुको व्यवसायिक, व्यक्तिगत तथा पारिवारिक जीवनको उत्तरोत्तर प्रगति एवमं सु-स्वास्थ्य र दिर्घायुको कामना सहित बडादशैको टिका तथा शुभ-कामना आदान-प्रदान कार्यक्रम सु-सम्पन्न गरीयो ।

19/10/2026

असोज महिनाको उत्कृष्ट प्रहरी
**************************
लुम्बिनी प्रदेश अन्तर्गत जिल्ला प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख दिपक श्रेष्ठलाई २०८३ असोज महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) छनोट गरी पुरस्कृत गरिएको छ ।

19/10/2026

बडा दसैँ, शुभ दीपावली, नेपाल सम्वत् ११४७ र छठ पर्वको हार्दिक मंगलमय शुभकामना !

18/10/2026

शुभकामना सहित हार्दिक अनुरोध ।

जन्मदिनको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न ।----------------------------------------------आज मिति २०८३।०६।३१ गते यस कार...
17/10/2026

जन्मदिनको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न ।
----------------------------------------------
आज मिति २०८३।०६।३१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि, कार्य उत्साह अभिवृद्धि तथा सकारात्मक कार्य वातावरण निर्माण गर्ने उद्देश्यले असोज महिनाभर जन्मदिन परेका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकी ज्यूको प्रमुख आतिथ्यतामा जन्मदिनको अवसरमा शुभकामना प्रदान कार्यक्रम गरिएको ।

Address

Gadhawa
Dang

Alerts

Be the first to know and let us send you an email when Area Police Office Gadhawa, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Gadhawa, Dang:

Shortcuts

Share