30/08/2026
हालै हिमताल फुटेर रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति नेपाल बुद्ध धर्म सेवा संघ गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस कठिन तथा दुःखद घडीमा प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा उपचार कार्यमा अहोरात्र खटिनुहुने नेपाल सरकार, स्थानीय सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति नेपाल बुद्ध धर्म सेवा संघ हार्दिक सम्मान, कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछ।
यस नेपाल बुद्ध धर्म सेवा संघको तर्फबाट १०८० ओटा(१ थोङजु) बत्ति मृतकहरुको नाममा बालि लामा गुरुहरुबाट नगवा मोंलन पश्चात सम्पूर्ण कार्यसमितिबाट १०८ मणि समेत गरि रु. १,०५,५५५/-(रु. एक लाख पांच हजार पांच सय पचपन्न मात्र) प्रधानमन्त्रि राहतकोषमा आर्थिक सहयोग गर्ने निर्णय यस संघबाट भएको जानकारी सबैमा गराउदछु ।
प्राकृतिक विपद्को यस घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध भई पीडितहरूको सहयोग र राहतमा हातेमालो गर्न समेत हार्दिक अपिल गर्दछौँ ।
नेपाल बुद्ध धर्म सेवा संघ परिवार
मिति: 2083/05/14