Padma Chaitya Vihar

Directions

Padma Chaitya Vihar ऐतिहासिक पद्म चैत्य विहार म‍ोफसलमा एक सक्रिय रूपमा अघि बढिरहेको विहार हो ।

पद्म चैत्य विहार दिप प्रज्वलन कार्यक्रम एक झलकबर्षावास समापनपवारणा दिवसअभिधम्म दिवसदेवोरोहण दिवससम्पूर्णमा साधुवादpc :- ...
26/10/2026

पद्म चैत्य विहार
दिप प्रज्वलन कार्यक्रम एक झलक
बर्षावास समापन
पवारणा दिवस
अभिधम्म दिवस
देवोरोहण दिवस
सम्पूर्णमा साधुवाद
pc :- Anish Shakya, Anuj Shakya

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्सःअष्टपरिष्कार दानसम्बन्धी सूचनापद्म चैत्य विहार, बुटवल-१ मा पूज्य भिक्षु कबिन्द स्थ...
26/10/2026

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्सः

अष्टपरिष्कार दानसम्बन्धी सूचना

पद्म चैत्य विहार, बुटवल-१ मा पूज्य भिक्षु कबिन्द स्थविर ज्यूबाट वर्षावास पूर्ण गर्नुभएको सुखद उपलक्ष्यमा यही आउने कार्तिक २८ गते (Nov 14) कठिन चिवर दान महोत्सव आयोजना हुन गइरहेको छ।

यस कठिन चिवर दान महोत्सवका मुख्य कठिन चिवर दाताहरू:
- सुरेन्द्र रत्न शाक्य / सुनु शाक्य परिवार, काठमाडौं
- चन्द्रगुप्त रत्न शाक्य / गंगा देवी शाक्य परिवार, बुटवल-४
- सुजाता देवी शाक्य / रत्न शाक्य परिवार, काठमाडौं
- बिम्बी सागर रत्न शाक्य / मायादेवी शाक्य परिवार, बुटवल-२
- सविता शाक्य / दीपक घिमिरे परिवार, बुटवल-११
- सहित पद्म चैत्य विहार परिवार

उक्त अवसरमा पूजनीय भिक्षु महासंघलाई अष्टपरिष्कार दान दिन ईच्छुक सम्पूर्ण उपासक-उपासिकाहरूले सम्पर्क गरी यथाशीघ्र नाम टिपाउनु हुन सादर अनुरोध गर्दछौं।

सम्पर्क:-
- भिक्षु कविन्दो स्थविर
- दाता परिवार
- अनागारिका शान्तिवती गुरुमा
- पद्म चैत्य विहार अध्यक्ष

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्सःकठिन चिवर महोत्सव निमन्त्रणाश्रीमान् / श्रीमती / सुश्री .....आमन्त्रित महानुभावहरू...
26/10/2026

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्सः

कठिन चिवर महोत्सव निमन्त्रणा

श्रीमान् / श्रीमती / सुश्री .....आमन्त्रित महानुभावहरू.....ज्यू

पद्म चैत्य विहार, बुटवल-१, मा पूज्य भिक्षु कविन्दो स्थविर ज्यूबाट वर्षावास पूर्ण गर्नुभएको सुखद उपलक्ष्यमा पूजनीय भिक्षु महासंघलाई प्रदान गरिने कठिन चिवरदान महोत्सवमा यहाँको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं।

मिति: २०८३ कार्तिक २८ गते शनिबार (A.D. 2026 NOV 14, Saturday)
• बिहान ६ बजे - जलपान सबैलाई ठिक समयमा
• बिहान ६:३० बजे - कठिन चिवर नगर परिक्रमा
• बिहान ७:३० बजे - अध्यक्षबाट स्वागत मन्तव्य
• बिहान ७:४५ बजे - शीलप्रार्थना, बुद्ध पूजा
• बिहान ८:०० बजे - धर्म देशना
• बिहान ९:०० बजे - कठिन चिवर र अष्ट परिष्कार दान
• बिहान ९:३० बजे - पुस्तक विमोचन
• बिहान १०:१५ बजे - धन्यवाद ज्ञापन भाषण बाट
• बिहान १०:३० बजे - पुण्यानुमोदन पश्चात् दान प्रदान
• बिहान ११:०० बजे - पूज्य भिक्षु तथा गुरुमाज्यूहरूलाई भोजन दान
• बिहान ११:३० बजे - आमन्त्रित महानुभावहरूलाई भोजन
• भोजन पछि - कल्पवृक्षदान (भन्ते, गुरुमाज्यूहरूलाई मात्र)

प्रार्थी
(कठिन चिवर दाता)
• सुरेन्द्र रत्न शाक्य/सुनु शाक्य परिवार, काठमाडौं
• चन्द्रगुप्त रत्न शाक्य/गंगा देवी शाक्य परिवार, बुटवल-४
• सुजाता देवी शाक्य/रत्न शाक्य परिवार, काठमाडौं
• बिम्बी सागर रत्न शाक्य/मायादेवी शाक्य परिवार, बुटवल-२
• सविता शाक्य/दीपक घिमिरे परिवार, बुटवल-११
सहित
पद्म चैत्य विहार परिवार
बुटवल-१, रूपन्देही

सम्पूर्ण धर्म बन्धुमा निमन्त्रण
08/08/2026

सम्पूर्ण धर्म बन्धुमा निमन्त्रण

धम्महल निर्माण सम्पन्नदुई महिना अगाडि बुटवल उपमहानगरपालिका तथा श्रद्धालु दाताहरूको सहयोगमा पुन निर्माण गरिएको पद्म चैत्य...
28/06/2026

धम्महल निर्माण सम्पन्न
दुई महिना अगाडि बुटवल उपमहानगरपालिका तथा श्रद्धालु दाताहरूको सहयोगमा पुन निर्माण गरिएको पद्म चैत्य विहारको मुख्य हल पुन निर्माण पछिको अवस्था

पद्म चैत्य विहार, बुटवलमा आज जेठ २५ गते अष्टमी तिथिको पावन अवसरमा विशेष अष्टमी व्रत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको ...
08/06/2026

पद्म चैत्य विहार, बुटवलमा आज जेठ २५ गते अष्टमी तिथिको पावन अवसरमा विशेष अष्टमी व्रत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको प्रारम्भमा अष्टशील प्रार्थना र बुद्ध पूजा सम्पन्न गरियो। सोही विशेष अवसरमा अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष, परियत्ति शिक्षा केन्द्रीय नियन्त्रक एवं विश्व शान्ति विहार, काठमाडौंका विहार प्रमुख पूजनीय भन्ते बोधिज्ञान महास्थविरज्यूबाट उपस्थित उपासक-उपासिकाहरूलाई महत्त्वपूर्ण धर्म देशना प्रदान गरिएको थियो।

साथै, सोही समारोहका बीच बौद्ध धर्म, समाज र परियत्ति शिक्षाको विकासमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै पूजनीय भन्ते बोधिज्ञान महास्थविरज्यूलाई गरिमामय "भिक्षु चुन्दशास्त्री विद्वतवृत्ति सम्मान" द्वारा सम्मान गरिएको छ।

पद्म चैत्य विहार, बुटवल-१ को आयोजनामा यस वर्षको "भिक्षु चुन्द शास्त्री विद्वतवृत्ति सम्मान - २०८३" द्वारा पूजनीय भिक्षु ...
06/06/2026

पद्म चैत्य विहार, बुटवल-१ को आयोजनामा यस वर्षको "भिक्षु चुन्द शास्त्री विद्वतवृत्ति सम्मान - २०८३" द्वारा पूजनीय भिक्षु बोधिज्ञान महास्थवीरज्यूलाई उहाँको अतुलनीय योगदानको उच्च कदर गर्दै विभूषित गर्न लागिएको सहर्ष जानकारी गराउँदछौँ।

नयाँ भिडियो सार्वजनिक! 🙏✨बुटवलको देवीपथमा सम्पन्न भएको पावन 'महापरित्राण तथा बुद्ध मूर्ति पलिस्था' कार्यक्रमको विशेष भिड...
08/05/2026

नयाँ भिडियो सार्वजनिक! 🙏✨

बुटवलको देवीपथमा सम्पन्न भएको पावन 'महापरित्राण तथा बुद्ध मूर्ति पलिस्था' कार्यक्रमको विशेष भिडियो अब युट्युबमा उपलब्ध छ। यस भिडियोमा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर ज्यूबाट बुद्धका अमूल्य उपदेश र महापरित्राणको महिमाबारे अत्यन्तै फलदायी धर्मदेशना प्रस्तुत गरिएको छ।

श्रद्धालु दाताहरू श्री रामबहादुर शाक्य र श्रीमती शान्तीदेवी शाक्यको परिवारबाट गरिएको यो महान् पुण्य कार्यको भिडियो हेरेर तपाईं पनि आध्यात्मिक शान्ति र धर्म लाभ लिनुहोस्। 🌸

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला वा पहिलो कमेन्ट चेक गर्नुहोला।

👇👇👇

(भिडियोको लिंक Comment मा पनि दिइएको छ! 👇)

२५७०औं बुद्ध पूर्णिमा मूल समारोह
01/05/2026

२५७०औं बुद्ध पूर्णिमा मूल समारोह

२५७०औं बुद्ध पूर्णिमाको उपलक्ष्यमा यहाँहरूमा सुख, शान्ति, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना! 🌸
01/05/2026

२५७०औं बुद्ध पूर्णिमाको उपलक्ष्यमा यहाँहरूमा सुख, शान्ति, सु-स्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना! 🌸

Address

Pari Butwal
Rupandehi
32900

Website

Alerts

Be the first to know and let us send you an email when Padma Chaitya Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share