Bal Shiksha Sadan Pvt. Ltd.

Bal Shiksha Sadan Pvt. Ltd.

Share

Welcome to Bal Shiksha Sadan, where we nurture young minds with a blend of academic excellence and holistic development.

Our dedicated faculty fosters growth and innovation, shaping future leaders. Join us in creating a brighter tomorrow!

30/05/2026

कक्षाकोठाभन्दा पर, सिर्जनामा देशप्रेम

29/05/2026

देशको अर्थतन्त्र, विकास र अवसरहरूको दिशानिर्देश गर्ने बजेटप्रति चासो राख्नु प्रत्येक नागरिकको दायित्व हो। यही नागरिक चेतनाको अभ्यास गर्दै हाम्रा Grade 10 का विद्यार्थीहरू।

29/05/2026

सम्पूर्ण नेपालीहरूमा १९ औँ गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ । जनताको बलिदान, संघर्ष र योगदानबाट स्थापित गणतन्त्रले स्वतन्त्रता, समानता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउँदै
समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् । राष्ट्रप्रति सम्मान, एकता र जिम्मेवारीको भावनासहित
शान्त, समुन्नत र उज्ज्वल नेपालको कामना गर्दछौँ । जय नेपाल! 🇳🇵

28/05/2026

ईद–उल–अजहा अर्थात् बकरइद रमजानपछि करिब ७० दिनमा, हिजरी पात्रोअनुसार जुल–हिज्जाको १०औँ दिनमा मनाइने पवित्र पर्व हो । यस दिन मुस्लिम समुदायले नमाज अदा गरी एक–अर्कामा शुभकामना साटासाट गर्छन् तथा कुर्बानी दिएर त्याग, समर्पण र मानवताको सन्देश फैलाउँछन् । कुर्बानीको मासु आफन्त, साथीभाइ र गरिब–असहायबीच बाँड्ने परम्पराले सद्भाव र सहयोगको भावना झल्काउँछ । सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ईद–उल–अजहाको हार्दिक शुभकामना !

25/05/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना

24/05/2026

माध्यमिक तह संयोजक श्री राजेश चौधरी ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना

Photos from Bal Shiksha Sadan Pvt. Ltd.'s post 19/05/2026

कक्षा-१ देखि कक्षा-१० सम्म विविध वर्ग (section) का कप्तान तथा उप-कप्तान (Monitor & Ast. Monitor) लाई नेतृत्व र जिम्मेवारीको पहिचानस्वरूप ब्याज वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। तपाईंहरूको अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीपूर्ण भूमिकाले कक्षाको वातावरण अझ उत्कृष्ट बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

19/05/2026
Photos from Bal Shiksha Sadan Pvt. Ltd.'s post 18/05/2026

विद्यार्थीको सफलता व्यक्तिगत मेहनतसँगै अभिभावकको असल संस्कार र विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन तथा मार्गदर्शनको संयुक्त प्रतिफल हो ।

Photos from Bal Shiksha Sadan Pvt. Ltd.'s post 18/05/2026

साना पाइला, ठूला सपना — हाम्रो प्रि–स्कूलका प्रतिभाशाली विद्यार्थीहरूको सफलता हामी सबैको गर्व हो। हाम्रा साना तारा आज सम्मानित हुँदैछन्, भोलि यही चमकले राष्ट्रलाई उज्यालो बनाउनेछ।

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Karjanha-02 (Bandipur)
Siraha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00