Gair Hanumaan Chowk

Call Directions

Gair Hanumaan Chowk Visit here to explore the article of the Village as the Market of this area.

The Place for humanity, integrity, cultural and social beliefs, traditional follows, educational institutions, unity in diversity, arts, excellence, talent and so on.

जय माता दी!  #दुर्गा_पूजा_समिति_द्वारा_सङ्कलन_तथा_खर्च_विवरण_सार्वजनिकउपरोक्तमा, आज मिती २०८३ कार्तिक ९ गते, सोमबारको दि...
26/10/2026

जय माता दी!
#दुर्गा_पूजा_समिति_द्वारा_सङ्कलन_तथा_खर्च_विवरण_सार्वजनिक
उपरोक्तमा, आज मिती २०८३ कार्तिक ९ गते, सोमबारको दिन "गैर दुर्गा पूजा तथा मेला समिति, गैर हनुमान चौक" ले भनेको दिनमा आफ्ना सम्पूर्ण सङ्कलन रकम तथा खर्च विवरण सार्वजनिक गरेको छ। उक्त सङ्कलन र खर्च विवरण पूर्ण रूपले शुद्ध रहेको जानकारी सम्पूर्ण समितिले बताउनु भएको छ। उक्त विवरणमा कुनै प्रकारको असन्तुष्टि देखाउनु हुने महानुभावले समितिसँग सम्पर्क गर्नुहुन् समितिले अनुरोधार्थ गर्नुभएको छ।

जम्मा सङ्कलन: रु. ४,२०,०२९ (चार लाख बीस हजार उनन्तीस मात्र)
जम्मा खर्च: रु. ३,९३,७१२ (तीन लाख तिरानब्बे हजार सात सय बाह्र मात्र)
पैसा उब्रेको (बढी भएको): रु. २६,३१७ (छविस हजार तीन सय सत्र मात्र)

(बढी भएर आएको पैसा अहिले समिति निर सुरक्षित रहेको छ। उक्त पैसा व्यवस्थित गर्ने र आगामी दिनमा प्रयोग गर्न सक्ने गरी व्यवस्थित गर्ने जानकारी मेला समितिले राख्नुभएको छ। हिसाब पुर्ण रुपले पारदर्शी गर्नुभएकोमा धन्यबाद व्यक्त गर्दछौँ।

सौजन्य: दुर्गा मेला समिति, गैर हनुमान चौक
अध्यक्ष: नागेन्द्र राउत कुर्मी
उपाध्यक्ष: शंकर साह
कोषाध्यक्ष: राधेश्याम साह
सचिव: सँजिप महतो
सह - सचिव: राहुल साह
एवम् समस्त मेला समिति परिवार
ंग_बली

26/10/2026



वि.सं. २०८३ कार्तिक ६ गते, शुक्रबार (दशैँ समाप्त पछिको दोस्रो दिन), गैर हनुमान चौक मेला समिति तथा गैरका युवाहरु द्वारा हनुमान चौक सरसफाई कार्यक्रम सम्पन्न गरियो। दशैँ मेला पछि हनुमान चौकमा भएको फोहोर सरसफाई गरी व्यवस्थापन गर्न हाम्रा युवाहरु एकजुट भई उक्त अभियानलाई थालनी गरेको साथै सबैले आफूमा एउटा असल व्यावहारिक युवाको परिचय दिनुभएका छ्न् ।
यस अभियानमा साथ दिनुभएका सम्पूर्ण महानुभावलाई हार्दिक नमन गर्दछौँ। धन्यबाद!

#सौजन्य:
गैर हनुमान चौक दुर्गा पूजा मेला समिति २०८३
अध्यक्ष: श्री नागेन्द्र राउत
उपाध्यक्ष: श्री शंकर साह
कोषाध्यक्ष: श्री राधेश्याम साह
सचिव: श्री सञ्जीप महतो
सह-सचिव: श्री राहुल साह
तथा सम्पूर्ण मेला समिति सदस्यहरु र सम्पूर्ण युवाहरु

21/10/2026

आउनु है, साथीहरू!!! सपरिवार मेला हेर्न आउनु है!!!
जय माता दी!!!
#मेला

चन्दा दाता श्री उपेन्द्र ठाकुर ज्यूलाई हार्दिक धन्यबाद !गैर हनुमान चौक मा लागेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्पन पार...
19/10/2026

चन्दा दाता श्री उपेन्द्र ठाकुर ज्यूलाई हार्दिक धन्यबाद !
गैर हनुमान चौक मा लागेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्पन पार्न का निमित नगद रु. ५०००० (पचास हजार मात्र) चन्दा स्वरूप सहयोग गर्नुभएकोमा कबिलासी -०७, गैर निवासी श्री उपेन्द्र ठाकुर ज्यूलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौँ। धन्यबाद !!!

विशेष आभार;
श्री गैर दुर्गा पूजा तथा मेला समिति
कबिलासी -०७, गैर, हनुमान चौक

 #झिझिया झिझिया साँस्कृतिक कार्यक्रम एवं प्रतियोगिता भव्य रूपमा सम्पन्न। (गैर इतिहासमै प्रथम पटक आयोजित भव्य झिझिया कार्...
19/10/2026

#झिझिया
झिझिया साँस्कृतिक कार्यक्रम एवं प्रतियोगिता भव्य रूपमा सम्पन्न।
(गैर इतिहासमै प्रथम पटक आयोजित भव्य झिझिया कार्यक्रम जसमा करिब ४५ जना अतिथिहरु समानित गरिए ।
#रिजल्ट
यस गैर हनुमान चौकमा आयोजित झिझिया कार्यक्रमको फाइनल प्रतियोगिता मिति २०८३ असोज १ गते, आइतबारको रात भव्य रूपमा सम्पन्न भएको छ। उक्त झिझिया प्रतियोगितात्मक कार्यक्रममा जम्मा ३५ जना बहिनीहरू ५ फरक फरक टिम अनुसार सहभागिता जनाएका थिए। उक्त झिझिया प्रतियोगितामा निष्पक्ष रूपमा निर्णय गर्नका निमित्त ३ जना निर्णायक मण्डलहरू बाहिर बाट ल्याइएका थिए। निर्णायक मण्डलको रूपमा श्री बद्रीनारायण मिश्र, (हेम्पुर -०४ निवासी), श्रीमती अल्का देवी यादव (सिरसिया) र श्रीमती उषा कुमारी चौधरी (हरिपुर - ७, पछगछिया, चिताइन् टोल) का उपस्थिति जनाइएको थियो।

कार्यक्रममा प्रथम पुरस्कार, द्वितीय पुरस्कार, तृतीय पुरस्कार, चतुर्थ पुरस्कार तथा पञ्चम पुरस्कार गरी सबै टिमलाई पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारका साथ-साथै सम्पूर्ण प्रतियोगी बहिनीहरुलाई प्रमाणपत्र एवम् मेडल लगाएर सम्मानित गरियो।

1st: प्रथम आएको टिम: सात बहिनिया टिम (चौधरी टिम) - हरिपुर -४, फरहदवा
पुरस्कार: ७,५०० (समितिद्वारा) + ४००० (विभिन्न दाताहरुद्वारा) जमा रु. ११,५०० नगद साथमा प्रमाणपत्र एवम् मेडल द्वारा सम्मानित।
2nd: द्वितीय आएको टिम: हरिपुर - ०३, फरहदवा ब्रहमबाबा टोल
पुरस्कार: ५,००० (समितिद्वारा) + ३००० (विभिन्न दाताहरुद्वारा) जमा रु. ८,००० नगद साथमा प्रमाणपत्र एवम् मेडल द्वारा सम्मानित।
3rd: तृतीय आएको टिम: सदा ब्रान्ड टिम, गैर हनुमान चौक
पुरस्कार: ३,००० (समितिद्वारा) + २५०० (विभिन्न दाटाहरुद्वारा) जमा रु. ५५०० नगद साथमा प्रमाणपत्र एवम् मेडल द्वारा सम्मानित।
4th: चतुर्थ आएको टिम: गैर हनुमान चौक उतरबारी टोल टिम, गैर
पुरस्कार: २००० (एक दाताद्वारा सान्तवना पुरस्कार ) नगद साथमा प्रमाणपत्र एवम् मेडल द्वारा सम्मानित।
5th: पञ्चम आएको टिम: गैर बजार झिझिया समूह, गैर बजार
पुरस्कार: ३६०० (विभिन्न दाताहरुद्वारा) नगद साथमा प्रमाणपत्र एवम् मेडल द्वारा सम्मानित।

नोट: नृत्यको क्रममा सम्पूर्ण बहिनीहरुलाई उपहारस्वरूप करिब रु. ७०,००० (सतरी हजार मात्र) रकम दर्शक महानुभावहरु द्वारा वितरण गरियो। जुन रकम स्टेजमै दाताहरूको नाम उल्लेख गरिँदै टिम लाई हस्तान्तरण गरियो।

कार्यकम संयोजक: रुपेश साह
आयोजक: गैर दुर्गा मेला पूजा सेवा समिति, गैर हनुमान चौक

चन्दा दाता श्री डा. संजय झा ज्यूलाई हार्दिक धन्यबाद !गैर हनुमान चौक मा लाग्न गई रहेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्प...
18/10/2026

चन्दा दाता श्री डा. संजय झा ज्यूलाई हार्दिक धन्यबाद !
गैर हनुमान चौक मा लाग्न गई रहेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्पन पार्न का निमित नगद रु. ५,१०५ (पाँच हजार एक सय पाँच मात्र) चन्दा स्वरूप सहयोग गर्नुभएकोमा कबिलासी -०७, गैर निवासी श्री संजय झा ज्यूलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौँ। धन्यबाद !!!

विशेष आभार;
श्री गैर दुर्गा पूजा तथा मेला समिति
कबिलासी -०७, गैर, हनुमान चौक

चन्दा दाता श्री जयकरण यादव ज्यूलाई हार्दिक धन्यबाद !गैर हनुमान चौक मा लाग्न गई रहेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्पन...
18/10/2026

चन्दा दाता श्री जयकरण यादव ज्यूलाई हार्दिक धन्यबाद !
गैर हनुमान चौक मा लाग्न गई रहेको "मा दुर्गा पूजा तथा मेला" लाई सम्पन पार्न का निमित नगद रु. ५,१०० (पाँच हजार एक सय मात्र) चन्दा स्वरूप सहयोग गर्नुभएकोमा कबिलासी -०७, सिरसिया निवासी श्री जयकरण यादव ज्यूलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौँ। धन्यबाद !!!

विशेष आभार;
श्री गैर दुर्गा पूजा तथा मेला समिति
कबिलासी -०७, गैर, हनुमान चौक

Address

Malangwa
Malangwa

Telephone

9801651146

Website

Alerts

Be the first to know and let us send you an email when Gair Hanumaan Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share