29/10/2026
लाईन बन्द हुने बारेको सूचना ।।
नेपाल विद्युत प्राधिकरण, पोखरा ग्रिड महाशाखाको लेखनाथ सबस्टेशन, खरानेफाँट, कास्की मा ३० एम.भी.ए.को नयाँ पावर ट्रान्सफर्मर जडान कार्य गर्न १३२ के.भी.लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले मिति २०८३/०७/१४ गते शनिबार बिहान ८ बजे देखि १२ बजे सम्म त्यहाँ बाट वितरित सम्पूर्ण लाईन बन्द हुने जानकारी प्राप्त भएको हुँदा उक्त समय अवधिभर यस लेखनाथ वितरण केन्द्र अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नं २६ देखि ३३, रुपा र मादी गाउँपालिकाका क्षेत्रहरूमा लाईन बन्द हुने व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण महानुभावहरुमा जानकारी को लागी अनुरोध गरिन्छ । तोकिएको समय अगावै काम सम्पन्न भएमा वा मौसम प्रतिकूल हुन गएमा सो समय अगावै पनि लाईन सञ्चालन हुन सक्नेछ ।यस बाट पर्ने जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्राथी छ ।