02/11/2026
📢 होटलमा काम गर्न चाहनेहरूका लागि रोजगारीको अवसर!
जापानको होटल कम्पनी तोयोको इन (とうよこイン) मा काम गर्न इच्छुक व्यक्तिहरूका लागि प्रत्यक्ष रोजगार अन्तर्वार्ता कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रमको विवरण;
📅 मिति: सन् २०२६ नोभेम्बर १६ (सोमबार)
🕙 समय: बिहान १०:३० देखि साँझ ५ बजेसम्म
📍 स्थान: Fukuoka Foreign Employment Service Center को मिटिंङ रुम
रोजगार अन्तर्वार्ता कार्यक्रममा सहभागी हुनको लागि;
१. सुरुमा तल दिइएको फोन नम्बरमा सम्पर्क गरेर वा कार्यालयमा प्रत्यक्ष गएर आफ्नो नाम दर्ता गरी अन्तर्वार्ताको समय लिनुहोस्।
२. आफ्नो बायोडाटा (りれきしょ) नोभेम्बर १३ (शुक्रबार) भित्र Hello Work मा बुझाउनुहोस्।
⚠️ अन्तर्वार्तामा सहभागी हुन अग्रिम बुकिङ गर्न र तोकिएको समयभित्र बायोडाटा बुझाउन नबिर्सनुहोस्।
📞 बुकिङ तथा सम्पर्क: 092-716-8608
होटल क्षेत्रमा काम गर्न इच्छुक हुनुहुन्छ भने यो अवसरको सदुपयोग गर्नुहोस्!