07/11/2026
ड्रोन सहितको सुरक्षा निगरानी, बजार अनुगमन तथा सचेतना कार्यक्रम
**************************************
मिति २०८३।०७।२१ गते जिल्ला प्रहरी परिसर ललितपुरद्धारा चाडपर्वलाई लक्षित बजार अनुगमन, भीडभाड व्यवस्थापन, आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले मुख्य सहरी क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त ड्रोनको प्रयोग गरी चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट र अन्य आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्नका साथै सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न ड्रोनमार्फत आवश्यक सुरक्षा सन्देश प्रवाह गरेको ।