23/04/2026
Hello Sarkar, आफ्नो कार्यक्षेत्रमा त पूर्ण रूपमा सुरक्षित महसुस गर्दै, आत्मविश्वास र सम्मानका साथ काम गर्न पाउने अधिकार सुनिश्चित हुनैपर्छ!
Tamang Doctors Society Nepal is community organisation for social cause .
We provide health and social services to in need people of rural community, provide educational support , financial support for poor children of low socioeconomic background.
23/04/2026
Hello Sarkar, आफ्नो कार्यक्षेत्रमा त पूर्ण रूपमा सुरक्षित महसुस गर्दै, आत्मविश्वास र सम्मानका साथ काम गर्न पाउने अधिकार सुनिश्चित हुनैपर्छ!
म एक महिला चिकित्सक र म जस्तै धेरै महिला स्वास्थ्यकर्मीहरू ३०–३२ वर्ष पुग्दासम्म निरन्तर पढाइ, प्रशिक्षण र प्रतिस्पर्धामै व्यस्त हुन्छौं। एमबीबीएसपछि स्नातकोत्तर (PG) मा नाम निकाल्न दिनरात खटिनुपर्छ। त्यो दौडमा व्यक्तिगत जीवन, विवाह, परिवार र मातृत्वबारे सोच्ने फुर्सद प्रायः हुँदैन। यही कारण धेरैको विवाह ढिलो हुन्छ, सन्तान जन्माउने योजना पनि पछि सर्छ।
झन् विडम्बना त के छ भने, यदि पीजीकै क्रममा गर्भवती भइयो भने धेरै ठाउँमा बिदा दिनुको सट्टा ‘सेसन ड्रप गर’ भन्ने दबाब आउँछ। वर्षौंको संघर्ष, पढाइ र जिम्मेवारी पार गर्दै जब बल्ल मातृत्वतर्फ पाइला चालिन्छ, तब धेरै महिला चिकित्सकहरू ३५ वर्ष नाघिसकेका हुन्छन्।
अस्पतालको ओपीडीमा बसेर हामी नै बिरामीलाई भन्छौं—३५ वर्षपछिको गर्भावस्था ‘हाइ रिस्क’ हो। उच्च रक्तचाप, प्रि–एक्लाम्प्सिया, एक्लाम्प्सिया जस्ता जटिलताको जोखिम बढ्छ। शिशुमा पनि विभिन्न स्वास्थ्य समस्या, जस्तै डाउन सिन्ड्रोमको सम्भावना बढ्न सक्छ।
तर हामीजस्तै महिला चिकित्सकहरूको जीवनमा यिनै जोखिम किन बाध्यता बन्छन्? हाम्रो पीडाको जिम्मा कसले लिने?
यति धेरै संघर्षपछि सन्तान जन्माउन सफल भए पनि अर्को चुनौती सुरु हुन्छ। सुत्केरी बिदा जम्मा ६० दिन तलबसहित, र एक महिना बेतलबी। त्योभन्दा बढी लिनुपरे जागिर नै छोड्नुपर्ने अवस्था।
तीन महिनाको काखे शिशु घरमा छोडेर अस्पताल फर्किनुपर्दा आमाको मन कति चुँडिन्छ, त्यो कसले नाप्ने? २४–३२ घण्टासम्मको ड्युटी सकेर घर पुग्दा, काख खोज्दै टुलुटुलु हेर्ने शिशुको आँखामा आफूलाई अपराधीझैँ महसुस हुन्छ।
भित्र कतै केही मरेजस्तो लाग्छ।
सबैभन्दा पीडादायी विडम्बना त यो हो—अस्पतालमा बसेर हामी नै आमाहरूलाई ‘६ महिनासम्म अनिवार्य स्तनपान गराउनुस्’ भनेर परामर्श दिन्छौं, तर आफूले भने त्यो अधिकार व्यवहारमा पाउन सक्दैनौं।
यदि समाजले आफ्ना सन्तानको स्वास्थ्य, मातृत्वको सम्मान र भविष्यको पुस्ताको गुणस्तरप्रति साँच्चै चासो राख्छ भने, महिला स्वास्थ्यकर्मीहरूको जीवन र संघर्षलाई पनि गम्भीरतापूर्वक बुझ्नुपर्छ।
21/04/2026
हार्दिक श्रद्धाञ्जली प्रो. डा. दिनेश नाथ गंगोल सर।
न्यूरोसर्जरी क्षेत्रमा तपाईंले देशलाई पुर्याउनुभएको अमूल्य योगदानका लागि हामी सधैं आभारी रहनेछौँ। सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ।
तपाईंको आत्माले बैकुण्ठवास पाओस्।💔
20/04/2026
!!! Help post !!!
म संगम पोख्रेल हो । मैले बंगलादेश BDS (Bachelor of Dental surgery) मा नेपाल सरकार द्वारा छात्रवृत्ति पाएको थिए । 15 April 2026 मा शिक्षा मन्त्रालयले MBBS का बंगलादेश जान लागेका 19 जनाको नाम सार्वजानिक गर्यो तर BDS को कुनै पनि खबर आएको थिएन । अनि त्यसैले दुई दिन पछि म आफै Bangladesh embassy मा गएर बुझ्दा बंगलादेश सरकार सम्म नामै गएको छैन भन्ने कुरा थाह भयो । पछि म आफै सिंहदरबार मा एक जना शिक्षा मन्त्रालयको कर्मचारीको सहयोग ले जाँदा परराष्ट्र बाट BDS तर्फको Document हरु embassy मा गएको तर embassy बाट बंगलादेश सरकार सम्म नगएको कुरा खुलाएको छ । मैले आफ्नो एक वर्षको career यसमा लगाएको छु , म संग मानषी चौधरी नाम को विद्यार्थी पनि यस छात्रवृत्तिमा छनोट भएकी हुन । कसको कमजोरीले र के कारणले यस्तो हुन गएको हो ? अब के गर्दा उचित होला ? मैले केहि निर्णय लिन सकिराको छैन ।
19/04/2026
उपत्यका बाहिर सम्पन्न भएको Nepal Medical Association (NMA) निर्वाचनमा सहभागी सम्पूर्ण आदरणीय चिकित्सकज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।
Team Mangal: Stronger Together बाट Tamang Doctors Society, Nepalका संस्थापक/अध्यक्षका उम्मेदवार, सबैभन्दा कान्छा उम्मेदवार तथा यस निर्वाचनमा होमिएको एकमात्र मेडिकल अधिकृत डा. निराजन तामाङलाई दिनुभएको साथ, समर्थन र विश्वासप्रति हामी हृदयदेखि नतमस्तक छौं। यहाँहरूले देखाउनुभएको विश्वास हाम्रो लागि अत्यन्त प्रेरणादायी, उत्साहवर्धक र जिम्मेवारीबोध गराउने छ।
युवा चिकित्सकहरू सधैंजसो सङ्घबाट टाढा रहँदै आएको सन्दर्भमा, अब सङ्घभित्र युवाको प्रतिनिधित्व र युवा नेतृत्व दुवै अपरिहार्य छ। यही आवश्यकता महसुस गर्दै डा. निराजन तामाङ अगाडि आउनुभएको हो।
उहाँका मुख्य एजेन्डाहरू स्पष्ट छन्;
• ४/७ वर्षदेखि चल्दै आएको समूहगत प्रभाव (सिन्डिकेट) अन्त्य गर्ने
• सङ्घलाई डिजिटल र आधुनिक बनाउने
उमेरले कान्छा भए तापनि काम, नेतृत्व क्षमता र समर्पणमा अत्यन्त परिपक्व
कोभिड–१९ को दोस्रो लहर, बाढी–पहिरो उद्धार कार्य तथा GenZ अभियान जस्ता पहलहरूमा उहाँले देखाउनुभएको सक्रियता र नेतृत्वले उहाँलाई सक्षम, प्रतिबद्ध र दूरदर्शी नेताका रूपमा स्थापित गरिसकेको छ।
चिकित्सक आन्दोलनमा होस् वा चिकित्सक बिरामी पर्दा—हरेक पल साथमा उभिने उहाँको प्रतिबद्धता र संवेदनशीलताले उहाँलाई अझ विश्वासिलो नेतृत्वका रूपमा चिनाउँछ।
अब समय आएको छ;
नयाँ ऊर्जा, नयाँ सोच र सक्षम नेतृत्वलाई अगाडि बढाउने।
अब उपत्यकामा पनि यही माया, विश्वास र साथ निरन्तर रहनेछ भन्ने अपेक्षासहित, वैशाख १८ र १९ गते हुने निर्वाचनमा सम्पूर्ण चिकित्सकज्यूहरूलाई विनम्र अनुरोध गर्दछौं यही किसिमको सहयोग र समर्थन प्रदान गर्नुहोस्।
आउनुहोस्,
Team Mangal लाई विजयी बनाऔं,
डा. Nirajan TamaNgलाई सफल बनाऔं!
उम्मेदवार नं. १०
15/04/2026
नेपाल चिकित्सक संघको निर्वाचन वैशाख ४ र ५ गते उपत्यका बाहिर तथा वैशाख १८ र १९ गते उपत्यका भित्र हुने तय भएको छ।
तामाङ डक्टर्स सोसाइटी नेपालको संस्थापक/अध्यक्ष Dr. Nirajan TamaNg ज्युलाई आगामी निर्वाचनका लागि हार्दिक शुभकामना। Candidate No. 10 (most iconic number) का रूपमा टिम मंगलबाट उत्रनु भएको तपाईंले उमेरभन्दा काम ठूलो हुन्छ भन्ने स्पष्ट देखाउनु भएको छ।
COVID-19 महामारी, बाढी-पहिरो जस्ता विपद् र Gen Z आन्दोलनमा Rescue Team का रूपमा तपाईंले खेलेको सक्रिय, जिम्मेवार र अग्रणी भूमिका अत्यन्त प्रेरणादायी छ। तपाईंको समर्पण, साहस र परिपक्व कार्यशैलीले तपाईंलाई एक सक्षम र विश्वासिलो नेतृत्वका रूपमा स्थापित गरेको छ।
निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त होस् र आगामी दिनमा चिकित्सक समुदायको हक-हितका लागि अझ शक्तिशाली आवाज बन्नुहोस् भन्ने हार्दिक शुभकामना।🙏
13/04/2026
Nepal Medical Association (NMA) polling centres
12/04/2026
Your Vote, Your Voice!
This election, choose energy, dedication, and a fresh vision for the future.
Support the *youngest candidate* who’s ready to make a difference!
Remember the *ICONIC NUMBER 10*your symbol of trust, commitment, and progress.
🗳️ Vote for **Team Mangal**
👨⚕️ Vote for **Dr. Nirajan Tamang**
🔟 Vote for **Candidate Number 10**
Let’s come together and build a stronger tomorrow.
Your one vote can create real change!
11/04/2026
सप्तरी छिन्नमस्ता–४ लालापट्टी निवासी तथा विराटनगर–१३ मा बसोबास गर्दै आउनुभएका डा. शशी कुमार यादवको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ।
उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्।
शोकाकुल परिवारजनमा यस दुःखद घडीमा धैर्य, शक्ति र सहनशीलता प्राप्त होस्। 💔
10/04/2026
👏
02/04/2026
We believe leadership should be defined by action not limited by barriers!
Dr. Nirajan Tamang, our founder/President has consistently led from the front serving communities during the COVID-19 pandemic, providing relief in flood and landslide-affected areas, and actively participating in rescue efforts during the Gen Z movement. Today, he stands as the youngest candidate in the Nepal Medical Association (NMA) election, carrying forward the same commitment to serve and deliver.
The 4/7-year tenure barrier has created a syndicate, restricting capable young doctors from participating and leading. It’s time to challenge this system and make space for inclusive, forward looking leadership.
This time, let’s break the syndicate.
Let’s empower youth.
Let’s choose action.
Vote for Dr. Nirajan Tamang
Youngest Member Candidate, NMA Election
https://share.google/K8zn4fGaRbJnBXQF3
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 15:00 |
| Sunday | 09:00 - 17:00 |