04/06/2026
जातिय विभेद तथा छूवाछुत उन्मुलन राष्ट्रिय दिवस
विभेदमुक्त समाज, नागरिकको अधिकार:
नेपाल प्रहरीको संकल्प, न्यायपूर्ण व्यवहार
Welcome to the Official page of District Police Office, Kaski. For emergencies, dial 100.
04/06/2026
जातिय विभेद तथा छूवाछुत उन्मुलन राष्ट्रिय दिवस
विभेदमुक्त समाज, नागरिकको अधिकार:
नेपाल प्रहरीको संकल्प, न्यायपूर्ण व्यवहार
03/06/2026
सेवा निवृत्त प्रहरी कर्मचारीको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न
===========================================
मिति २०५३।०२।२० गते प्रहरी जवान पदमा नियुक्त भई आज मिति २०८३।०२।२० गतेसम्म ३० वर्ष अनवरत रुपमा सेवा गरी प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १ (घ) बमोजिम सेवा अवधिको आधारमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका यस जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव निरीक्षक देव बहादुर थापाज्यूलाई एक कार्यक्रमका बीच प्रहरी सेवाबाट बिदाई गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीज्यूको प्रमुख उपस्थिति तथा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू, निज पूर्व प्र.ना.नि.का परिवारको उपस्थितिमा अवकाश प्राप्त प्र.ना.नि.लाई मायाको चिनो, फूलमाला तथा मायाको चिनो उपहार प्रदान गर्दै सुखद एवं समृद्ध सेवानिवृत जीवनको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक नवीन कार्कीज्यूले नेपाल प्रहरी जस्तो गरिमामय संगठनको जिम्मेवारीमा रही इमान्दार, निर्भिक तथा निष्ठापूर्वक दिइएको जिम्मेवारी पुरा गरी सम्मान पूर्वक अबकाश हुनु भएको र जीवनको उर्जाशील समय खर्च गर्नु भएकोमा नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की परिवार सधै आभारी रहने बताउँदै अवकाश पश्चात पनि अपराध अनुसन्धान गर्ने कार्यमा सधै सहयोग गर्नुहुने अपेक्षा राख्ने धारणा व्यक्त गर्नु भएको ।
03/06/2026
बालक हराएको सूचना
==============
02/06/2026
५ जना फरार प्रतिवादीहरु पक्राउ
===================
01/06/2026
२०८३ बैशाख महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) पुरस्कृत गरिएको
========================================
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गरेको कार्य मध्य जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार युवराज तिमिल्सिनाले सम्पादन गरेको कार्य उत्कृष्ट रहेको पाइएको हुँदा निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गरी २०८३ साल बैशाख महिनाको उत्कृष्ट प्रहरी (Best police of the month) द्वारा पुरस्कृत गरिएको ।
01/06/2026
ओभरटेक गर्दा सावधानी अपनाऔं
.........................................................
सुरक्षित दूरी कायम गरौं, सुरक्षतित ओभरटेक गरौँ ।
01/06/2026
30/05/2026
सचेतना मूलक कार्यक्रम सम्पन्न
===================
मिति २०८३।०२।१६ गते नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १२ स्थित श्री सितलादेवी सामुदायिक मा.वि.का विद्यार्थी तथा शिक्षकहरूलाई यस कार्यालयमा कार्यरत प्रहरी निरिक्षक शीवा थापा र प्रहरी सहायक निरिक्षक रवि अचार्यले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको ।