Ministry of Science, Technology and Innovation, Nepal

Website

Ministry of Science, Technology and Innovation, Nepal Official page of the Ministry of Science, Technology and Innovation,(MoSTI) Government of Nepal.

Advancing science, technology, research, and innovation for a prosperous, knowledge-based, and sustainable Nepal.

मिति २०८३ साल कात्तिक ११ गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितिमा नेपालमा जडि...
28/10/2026

मिति २०८३ साल कात्तिक ११ गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितिमा नेपालमा जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
उक्त छलफल कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा. सन्जीव कुमार राई र विभागका वरिष्ठ बैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना
26/10/2026

राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना

21/10/2026
मिति २०८३।०६।३० सम्मको DNA परीक्षणका विवरण
16/10/2026

मिति २०८३।०६।३० सम्मको DNA परीक्षणका विवरण

मिति २०८३।६।२३ सम्मको DNA परीक्षणको विवरण
09/10/2026

मिति २०८३।६।२३ सम्मको DNA परीक्षणको विवरण

JICA बाट NPCFSL लाई DNA extraction Kits हस्तान्तरण प्रयोगशाला अवलोकनमिति २०८३ असोज २२ गते बिहीबार नेपाल सम्बत ११४६ ञलगा ...
08/10/2026

JICA बाट NPCFSL लाई DNA extraction Kits हस्तान्तरण प्रयोगशाला अवलोकन

मिति २०८३ असोज २२ गते बिहीबार नेपाल सम्बत ११४६ ञलगा त्रयोदशीका दिन Japanese International Cooperation Agency (JICA) द्वारा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला (NPCFSL) लाई DNA extraction Kits हस्तान्तरण गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, महाराजगञ्जमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानी राजदूत महामहिम श्री माएदा तोरु (H.E. Mr. MAEDA Toru)ले माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनलाई DNA Kit हस्तान्तरण गर्नुभयो। सो अवसरमा JICA नेपाल कार्यालयका मुख्य प्रतिनिधि श्री मात्सुजाकी मिजुकी (Mr. MATSUZAKI Mizuki) र माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनबीच हस्तान्तरण तथा स्वीकार पत्र (Letter of Delivery and Acceptance) आदानप्रदान हुनुका साथै मानीय मन्त्री पुनले जापानी राजदुतमार्फत जापानी सरकार र JICA Nepal लाई सहयोगका लागि धन्यवाद दिनुभयो। उक्त कार्यक्रममा जापानी राजदूतावास तथा JICA Nepal का प्रतिनिधि तथा कर्मचारीहरु, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला महाराजगञ्जका प्रयोगशाला प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योग बहादुर पाल लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रम सम्पन्न भएपछि प्रयोगशालाका अधिकारीहरुको उपस्थितिमा प्रयोगशाला प्रमुख योग बहादुर पालले प्रयोगशालाको स्थापनादेखि हालसम्मको विकासक्रम, कार्यक्षेत्र तथा सम्पादित कार्यहरुको विवरण, समस्या तथा चुनौति र आगामी कार्यदिशा बारे माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीज्यूसमक्ष प्रस्तुतिकरणमार्फत ब्रिफिङ गर्नुभएको थियो । साथै, माननीय मन्त्रीज्यूले उक्त प्रयोगशालाका विभिन्न शाखाहरुको अवलोकन गर्दै विधि विज्ञान प्रयोगशाला सम्बन्धी कार्यलाई नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यमा दोहोरोपन नहुने गरी आपसी सहकार्यमा कार्यसम्पादन र संस्थागत क्षमता विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

DNA परीक्षणको सन्दर्भमा मिति २०८३/६/२० सम्मको विवरण
08/10/2026

DNA परीक्षणको सन्दर्भमा मिति २०८३/६/२० सम्मको विवरण

Address

Singhadurbar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Ministry of Science, Technology and Innovation, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share